बुढो कल्कीको रुख– २

सुयोग प्रसाद पोखरेल र पूर्णिमा सार्कीको प्रेम कथा !

ढिलागरी त्यस वर्षको दशैंले घरघरमा उल्लास ल्याइपु¥याएको थियो । विशेष केटाकेटीहरु दशैंदेखि तिहारसम्म हुने लामो स्कुल विदा र नयाँ लुगा तथा मिठा–मिठा खानेकुराको सम्झना मात्रले पनि पुलकित बनिरहेका थिए । तिनका अगाडि दशैंको पिङ थप खुशीको कुरो थियो । गाउँमा उल्लेख्य संख्यामा रहेका विदेशी लाहुरेहरुको चहलपहल राम्रै देखिन्थ्यो । र, गृहिणीहरु घर सिँगार्नमा मस्त थिए । नवरात्रको तेस्रो साँझ पण्डित दामोदरप्रसाद पोखरेलको आँगनमा टुप्लुक्क देखा परे उनका दुई भाई छोराहरु भीष्म प्रसाद पोखरेल र सुयोग प्रसाद पोखरेल । उनीहरुको पछि–पछि आइपुग्यो गाउँको रैथाने बाबुकाजी । खासमा बाबुकाजी सुयोगको मिल्ने साथी थियो । एसएलसीमा असफल भएपछि गाउँमै ब्रोइलर कुखुरा पालेर उसले जीवनलाई विनाश हुनबाट जोगाइरहेको थियो । लामो समयपछि घरमा आएको सुयोगले बा–आमालाई खुट्टामा ढोक्ने बाहेक उनीहरुपट्टि ध्यान दिन सकेन त्यसदिन बरु उ बाबुकाजीसँग गाउँ घुम्ने योजना बनाउन मग्न देखियो ।

बीएस्सीको विद्यार्थी थियो भीष्म र बाह्र कक्षाको अन्तिम परीक्षा दिएर फुर्सदिलो बनेको सुयोग काठमाण्डौमा बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिईरहेका थिए । दामोदरप्रसाद छोराहरुको लगनशीलतादेखि बेहद खुशी थियो र कहिलेकाहिँ छरछिमेक र जजमानसँग उनीहरुको लगनशीलताको बढाई चढाई गफ लगाउने गथ्र्यो ।
साँच्चि बाबुकाजी गाउँमा सबै केटाहरु छन् के रमेश, विनोद, सन्तोष, हरिकृष्ण अनि प्याकुली पनि विदामा घर आइहोली है । सुयोगले बाबुकाजीलाई प्रश्न ग¥यो । प्याकुली अर्थात सुयोगकी मिल्ने सहपाठी सम्झना गौतम । सुयोग उसका बम पाउरोटी जस्ता पोक्चे गालालाई देखाएर सम्झना गौतमलाई प्याकुली भन्ने गथ्र्यो । सम्झना गौतम सदरमुकामको प्राविधिक शिक्षालयमा अनमीको कोर्ष गर्दै थिई । उसको नाम लिने बेला उ सर्तक देखिन्थ्यो ।

सब ठीक छन् तँ थाक्या होलास् आराम अर अँ भोली ओढारेमा चमच्चा हाल्या छन् सार्कीहोरले दिनभर रमाइलो अर्नुपर्च बुझिस् म हिँडे । बाबुकाजी यति भनिसकेर सुयोगको अनुहारमा हेर्दा पनि नहेरी फटाफट आँगनको डिलमुनी गायव भयो । जीवनका सुन्दर सपनाको मलामी बनिरहेको बस्ती थियो त्यो । विद्रुप दुःखले निलेको । सुयोग प्रसाद पोखरेल र बाबुकाजी सम्झना गौतमलाई लिएर बस्तीको छेउमै रहेको चमच्चामा पुग्दा दिनको करिब करिब चार बजेको थियो । चमच्चा वरीपरी केटाकेटीहरु र तन्नेरी तरुनीको राम्रै उपस्थिति र हा हा हु हु चलिरहेको थियो । चमच्चाको उत्तर पट्टिको कुनोमा बुढाबुढीहरु तिनको चर्तिकलाका दर्शक बनि बसिरहेका थिए । तिनै बुढाबुढीहरुको छेउमा उभिएर सुयोग, बाबुकाजी र सम्झनाले चमच्चा खेल्नेहरुलाई नियाली रहेका थिए । कति बुढाबुढीले सुयोगलाई चिने र नमस्कार गरे कतिलाई सुयोग आपैmले चिनेर नमस्कार ग¥यो । गाउँको नामूद पण्डितको कान्छो छोरो सुयोगको साकार उपस्थिति दलित बस्तीको लागि इश्वरको आगमन जस्तै थियो ।

चमच्चा खेल्नुहुन्च र साप धनवीरे सार्कीले जम्ला हात गरेर सुयोगको अगाडि उभिएर भनिरहेको थियो । खेलम्ला नी पर्ख न धनवीरे बुढा सुयोगको साटो बाबुकाजीले जवाफ फर्कायो । भर्खर त आ छम् । तर बाबुकाजीको जवाफको इतर सुयोगले चमम्चा खेल्ने अभिलाषा देखायो र बाबुकाजीलाई छोडेर चमच्चातिर लाग्यो । त्यसदिन साँझ झमक्क परुन्जेल दुनियाँ बिर्सेर चमम्चा खेले उनीहरुले । तिनले आप्mनो बालककाललाई सयौँ पटक स्मरण गरे र पुलकित बने । सम्झना गौतमसँगै । चमच्चाको सिटमा सँगै बसेकी सम्झना गौतमलाई सुयोगले लाज हुने गरी निकै वर्ष पहिलेको स्मृतिसँग जोडिदियो कानमा सुटुक्क ओए प्याकुली सानोमा तँ म बाहेक कसैसँग लिङ्गे पिङमा दोहोरो पिङ खेल्नी थिइनस नि याद छ तँलाई ? यसपाली अब हामी ठूला भइम लाज हुन्छ रातीमा लुकेर खेलम्ला नि हैन ?
सुयोगको कुरोले सम्झना गौतमको चेहेरा रातो पिरो देखियो उ लाजले शीर झुकाई मौन बसिरही । सुयोगले गिज्याउन छोडेन यसपाली त तँसँग दोहोरी पिङ्ग खेल्छु खेल्छु नाई नभन है प्याकुली ।

प्याकुली केही बोल्नै सकिन उसको चेहेरा हेरेर सुयोगले आनन्दको अनुभूति ग¥यो र सन्तुष्टिको स्वास फेर्न पुग्यो । साँझ फर्किंदा सम्झना गौतमसँगको भलाकुसारी भन्दा सुयोगको मनमा एउटा सुन्दर किशोरीको कोमल चेहेरा गहिरोसँग गाडिन आईपुगेको थियो । बाटोमा हिँडिरहँदा सम्झना गौतमलाई छलेर उसले सुटुक्क बाबुकाजीलाई सोध्न पुग्यो । ओए बाबुकाजी डाङ्ग्रा साला तो पँहेलो कुर्ता लगाएकी केटी को हो यार भन त ? किन चाहियो तँलाई तो । तँसँग त प्याकुली छँदै छनी यार । बाबुकाजीले जिस्क्याउँदै जवाफ फर्कायो । म पागल बनेँ ! सुयोग व्याकुल शब्दमा स्खलित भयो । ओह ! कति सुन्दरी हो यार । राम्री भर हुन्च साला चमार्नी हो । चन्द्रे सार्कीलाई चिन्चस् हो त्यसैकी छोरी हो । घर छुट्टिनी बाटोको सामुन्ने आइपुग्ने बेला बाबुकाजीले जानकारी गरायो र आप्mनो बाटो लाग्यो । सम्झना गौतम पनि उसँगै पछि लागि । त्यही रात सुयोगले पहेँलो कुर्ता लगाउने सुन्दरीलाई पटक पटक सपनामा देख्न पुग्यो ।

भोलीपल्ट हतार–हतार खाना खाएर सुयोग एक्लै चमच्चा खेल्ने निहुँ पारेर दलित बस्तितिर गयो । उ पुग्नु भन्दा पहिल्यै त्यहाँ हिजोका सबै उमेरका मान्छेहरु जम्मा भईसकेका थिए । उसले भीडमा आँखा डुलायो र पितवस्त्रधारी किशोरीलाई खोज्यो अँहँ उ कतै देखिइन । सुयोगले यो क्रम धेरैपटक जारी राख्यो तर उ थिइन त्यहाँ । यसबीचमा निकैपटक चमच्चाका रमितेहरुबाट जोगिएर उसले सूर्य चुरोट सल्कायो र मनभित्रको छटपटिलाई शान्त पार्ने यत्न गरिरह्यो । तर साँझ अबेरसम्म पनि किशोरी देखा परिन । उ निराश मन लिएर घर फर्कियो । लगातार तीनदिन सम्म सुयोग प्रसाद पोखरेल व्याकुल बनेर सूर्य चुरोटले डामियो । तर पीतवस्त्रवाली किशोरी देखा परिन । यसबीचमा सम्झना गौतमको छटपटि अर्को उल्लेख्य विषय बन्यो । तर सुयोग सम्झनाको छटपटिदेखि बेखवर थियो ।

चमच्चाको सिटमा सँगै बसेर दर्जनौँ पटक फेरी मारिरहँदा सुयोगको ज्यानको तातो स्पर्शले सम्झना गौतमभित्र जिन्दगीमा पहिलो पटक वासनाको मिठो भोक जाग्न पुगेको थियो । अझ सुयोगले सानोमा लिङ्गे पिङमा दोहोरी पिङ खेलेको स्मृतिलाई जगाइदिँदा र यसपाली रातीमा लुकेर दोहोरी पिङ खेल्ने कुरा गर्दा झण्डै सम्झना गौतम बेहोस बनेकी थिई । उ सम्पूर्ण रुपमा सुयोगमा लीन भईसकेकी थिई । जीवनमा पहिलो पटक पुरुषको छेउ लागेर त्यतिधेरै सन्निकट भएकी थिई उ । ज्यानमा वैंश भरिएपछि । सम्झना गौतमले रातभर सपनामा सुयोगलाई देखि । सुयोगले उसलाई अँगालो हालेर छातीमा टाँस्न पुग्यो । स्नेहवत् चुम्वन ग¥यो र ती दुई जीवन सँगसँगै बाँच्ने मर्ने वाचा गरेर एकअर्कामा लीन भए । हो त्यसरातको सपनापछि सम्झना गौतम सुयोगकी पागल प्रेमिका बनि र उसको पछि पछि दगुरी रही तर सुयोग उसलाई उपेक्षा गरि अरु कसैको खोजीमा भौँतारिईरहेको थियो । सम्झना गौतमले पटक पटक सुयोगलाई भन्न खोजेको एउटै कुरो थियो सुयोग म तिमीसँग बाँच्न र मर्न चाहन्छु । मलाई तिम्रो जीवनको आधाभागको हक देउ । तर उसले मनको तृष्णालाई पोख्न सकिरहेकी थिइन । उ आपैm सोच्न सकिरहेकी थिइन तीन दिन पहिलेको सुयोगको खुशी र उमङ्ग किन यसरी हरायो र उ वेचैन देखिन्छ ? सम्झना गौतमले निकै पटक जान्न चाहि तर सुयोगले उसलाई उपेक्षा गरिरह्यो ।

चौँथो दिन बिहानै उठ्यो सुयोग र नित्य कर्म गरेर बाबुकाजीको घरतिर लाग्यो । उ पुग्दा बाबुकाजी तराजुमा ब्रोइलर कुखुरा तौलिदै थियो । ब्रोइलर कुखुराको सुलीले वातावरण असाध्यै दुर्घन्धित थियो । सुयोगले नमिठो गरी नाक उचाल्न पुग्यो र बाबुकाजीलाई घुम्न निस्कने प्रस्ताव ग¥यो । आधा घण्टा कुर म यी कुखुरा बेच्चु र बाँकीलाई दाना पानी दिन्चु । जा उता घराँ गएर आमासँ बस्दै अर म आम्चु । बाबुकाजीले कुखुरा तौलिदै जवाफ फकार्यो । बाबुकाजीको आधा घण्टाको समयसीमाले पन्ध्र मिनेट अगाडि बढेपछि उनीहरु बल्ल बाबुकाजीको घरबाट निस्के । यसबीचमा सुयोगले बाबुकाजीकी आमाले दिएको चिया पियो र बारीको कान्लोको छेल परेर एकखिल्ली सूर्य चुरोटले मनको अत्तेसलाई मेट्ने यत्न ग¥यो । दोबाटोमा उभिएर सुयोगले भनिरहेको थियो । बाबुकाजी म जीवनमा पहिलो पटक केटीको कारण पागल बन्न पुगेँ यार तीन दिन भो तो पहेँलो कुर्तावालीलाई खोजेको भेटाउनै सकिन तँ मलाई त्यसको घरसम्म पु¥याई देन यार प्लिज !

धत् ! ओए साला बाहुन सार्कीकी छोरीसँ पागल भएँ रे ! एई मैले त हाँसो गरे होला भन्ठानेको थेँ । अब्बुई के भन्छ यो मुजी बाहुन । सुयोगको कुरोले बाबुकाजी छाँगाबाट खसेजस्तो भयो । बाबुकाजी सुयोगलाई सम्झाईरहेको थियो । हेर मुजी बाहुन दुई चार दिनको कुखुरे लप हो भने केही छैन तर बिहे गर्ने गरी लपमा नपर तेरो लागि प्याकुली नै ठिक छे त यार । मन लागे प्याकुलीलाई मना न यार । साला डाङ्ग्रा चुपचाप तँ मसँग जान्छस् की म जाउँ म तेरो बकवास सुन्न हैन सहयोग माग्न उभिएको छु बाँकी कुरा पछि हुन्छ । म हिँडे । सुयोग बाबुकाजीसँग रिसाउँदै उकालो लाग्यो । र निरिह बाबुकाजी उसको पछि पछि हिँडिरहेको थियो । दुवै मौन थिए ।

त्यही दिन चमच्चाको छेउ भएर जाँदै गर्दा पीतवस्त्रधारी किशोरी दोस्रो पटक उही स्वरुप र भावभङ्गिमा सुयोगको आँखामा ठोक्किन आइपुगी ।साँझ अबेरसम्म सुयोग प्रसाद पोखरेलले दर्जन पटक सूर्य चुरोट सल्कायो । चमच्चाको सिटमा बसेर फनफनि घुमिरहेकी पीतवस्त्रवालीलाई नियाल्यो । उसँग जीवनका रङ्गीन सपना बुन्यो त्यसभित्र आफुलाई कैद गरिदियो । र साँझ आँखाको लेन्समा उसको गोल गोल सुन्दर चेहेरालाई कैद गरेर घर फर्कियो । नवरात्रको भेडो काट्ने दिन शाकाहारी दामोदर प्रसाद पोखरेलले सुयोगलाई भीष्मप्रसाद पोखरेल र उसको लागि दुई शेर भेडाको मासु खोजेर बाहिर आँगनमा पकाएर खाने रुखो आदेश गरे र ती जजमानीमा निस्के । बाबुको आदेशको पालक बनेर भेडाको मासु खोज्न घरबाट निस्केको सुयोग पीतवस्त्रवालीको माया जालमा बाँधिन पुग्यो । क्रमश…