क्विक्स कप फुटबल प्रतियोगिता अन्र्तगत अमर, सिद्वार्थ र चिल्ड्रेन विजयी

बागलुङ, २७ जेठ – बागलुङ बजारमा जारी क्विस कप अन्तरस्कुल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन आईतबार साविक विजेता सिद्वार्थ शिक्षा सदन र उपविजेता चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले विजयी सुरुवात गरेका छन् । साविक विजेता सिद्वार्थ शिक्षा सदनले न्यू ओयसिस एकेडेमीलाई ३–० गोलअन्तले पराजित ग¥यो । सिद्वार्थको जितमा रिवन थापा मगर, प्रकाश पुनले गोल गरे । यस्तै तेस्रो खेलमा साविकको उपविजेता चिल्ड्रेन लाईफले जित हात पारेको छ । स्ट्राईकर अजय पुनको चार गोलको मद्धतमा चिल्ड्रेन लाईफले धौलागिरी आवासिय माध्यमिक विद्यालयलाई ६–० गोलअन्तरले पराजित ग¥यो ।

चिल्ड्रेन जितको लागि प्रनिश सुवेदीले १६ औं मिनेट र सलोन श्रीसले ३६ औं मिनेटमा गोल गरेका थिए । यस्तै आईतबार बिहान भएको छात्र तर्फको पहिलो खेलमा अमर आदर्श आवासिय माविले युएस एकेडेमीलाई १–० गोलअन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा अमर आदर्शको लागि एक मात्र गोल पहिलो हाफको २८ औं मिनेटमा आरोज सुनारले पेनाल्टीबाट गरेका थिए । युएस एकेडेमीका खेलाडीले डिबक्सभित्र फल गरेपछि अमर आदर्शले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै सुनारले टिमलाई विजयी गराए ।