क्विक्स कप फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न

बागलुङ, २७ जेठ – क्विकस कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । तेस्रो दिनको खेलमा धवलागिरी विरेन्द्र माध्यमिक विद्यालय, अमृत आर्दश माध्यमिक विद्यालय , रुद्रपिपल माध्यमिक, आर्दश विद्यामन्दिर माध्यमिक विद्यालय र रेश नुनथला माध्यमिक विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्र्तगत तेस्रो दिनको पहिलो खेलमा धवलागिरी विरेन्द्र माध्यमिक विद्यालयले न्यू एभरेष्ट माध्यमिक विद्यालयलाई १-० गोल अन्तरले पराजित गर्दौ दोस्रो चरणको यात्रा तय गरेका हो । निधारित ५० मिनेटको खेलको दोस्रो हाफको ९ औं मिनेटमा न्यू एभरेष्ट माध्यमिक विद्यालयका संगम विकले विपक्षी खेलाडीमाथि फल गर्दा पाएको पेनाल्टीमा अंकित पौडेलले गोल गर्र्दौे धवलागिरी विरेन्द्र माविको जित पक्का गरेका हुन् ।

यसै गरी अमृत आर्दश माध्यमिक विद्यालयले गणेश माध्यमिक विद्यालय बलेवालाई २-० गोल अन्तरले पराजित गरेको छ । अमृत आर्दशलाई विजय बनाउन खेलको पहिलो हाफको १६ मिनेटमा दिपेश पुन र दोस्रो हाफको १५ मिनेटमा सन्जिव थापाले एक एक गोल गरेका थिए ।

यसैगरी तेस्रो खेलमा रुद्रपिपल माध्यमिक विद्यालयले गरिमा आवसिय माध्यमिक विद्यालयलाई ट्राइबेकरमा दूइ शून्यले पराजित गरेको छ । निर्धारिते समय सम्म दुवै टिम गोलरहित बराबरीमा रोकिँदा खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा रुद्रपिपल माध्यमिक विद्यालयका रोहन बोहोरा र सुविक थापाले गोल गर्दा रुद्रपिपल मावि विजय बनेको थियो । ट्राइबेकरमा गरिमा आवसिय माध्यमिक विद्यालयका खेलाडिले प्रहार गरेको ४ वटा सट मध्य कुनै पनि गोलमा परिणत हुन नसक्दा गरिमा आवसिय माध्यमिक विद्यालय पराजित भएको थियो ।

त्रिभुवन माध्यमिक विद्यालय बलेवाको टिम जिल्ला फुटबल संघ बागलुङको कारवाहीमा पर्दा त्रिभुवन माध्यमिक विद्यालय संग तय भएको अर्को टोली अमर आर्दश विद्यामन्दीर स्वत दास्रो चरणमा प्रवेश गरेका छ भने अमर मावि बिहुको टिम अनुपस्थित हुँदा रेश नुनथला मावि दोस्रो चरणमा प्रवेश गरेको छ ।
यस संगै अमर आर्दश माध्यमिक विद्यालय, सिदार्थ शिक्षा सदन, चिल्ड्रन लाईफ बोड्रिङ स्कुल, धवलागिरी विरेन्द्र मावि, अमृत आर्दश मावि, रुद्रपिपल मावि, आर्दश विद्यामन्दिर र रेश नुनथला मावि दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणको पहिलो खेल मंगलबारआमर आर्दश माध्यमिक विद्यालय र विद्यामन्दिर माध्यमिक विद्यालय विच हुने भएको छ ।