प्रि–क्वाटरका खेलहरुमा अमर आर्दश बोर्डिङ, अमूत आदर्श बोर्डिङ र सिद्धार्थ शिक्षा सदन विजय

बागलुङ, २९ जेठ – बागलुङ बजारमा जारी क्विक्स कप अन्तरविद्यालय छात्रछात्रा स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार प्रि–क्वाटर फाईनलका तीन खेल सकिएका छन् । मंगलबार भएका तीन खेलमा अमर आदर्श, अमृत आदर्श र सिद्धार्थ शिक्षा सदन क्वाटरफाईनल प्रवेश गरेका छन् । मंगलबारको पहिलो खेलमा विद्यामन्दिर माध्यमिक विद्यालयलाई ४–० गोलअन्तरले पराजित गर्दै अमर आदर्श क्वाटर फाईनलमा प्रवेश गरेको हो । अमर आदर्शका लागि आरोश सुनुवारले ४ गोल गरे । खेलको पहिलो तीन मिनेटमानै गोल गरेका आरोशले १४ औं मिनेटमा दोस्रो, १९ औं मिनेटमा तेस्रो र पहिलो हाफको अन्तिम २४ औं मिनेटमा चौथो गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा रक्षात्मक खेल खेलेको अमरले थप गोलको प्रयास गरेन भने विद्यामन्दिरले गोल फर्काउन सकेन् । दोस्रो खेलमा अमृत्त आदर्श बोर्डिङ स्कुलले सनराईज आवासिय माध्यमिक विद्यालयलाई २–० को गोलान्तरले पराजित गरेको छ । अमृतका लागि खेलको ९ औं मिनेटमा हानसोन किसान र दोस्रो हाफको अन्तिम समयमा बिबेक घर्तिले गोल गरे । मंगलबार नै भएको तेस्रो खेलमा सिदार्थ शिक्षा सदनले फ्युचर ब्राईटर बोर्डिङ स्कुललाई २–० को गोलान्तरले पराजित गरेको छ । खेलको पहिलो ८ औं मिनेटमा फ्युचरका रवी खत्रिले गरेको आत्मघाती गोलले शिद्धार्थको खाता खुलेको थियो ।

खेलको २१ औं मिनेटमा निश्चल श्रीषले अर्को गोल गरे । बुधबार प्रि–क्वाटर फाइनल चरणका बाँकी खेल हुनेछन् । बुधबार पहिलो खेल रुद्रेपिपल र न्यू एभरेष्ट एकेडेमीका बिचमा हुने छ । त्यस्तै दोस्रो खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र कालिगण्डकी बोर्डिङ स्कुल प्रतिस्पर्धामा उत्रिने छन भने मंगलवारको तेस्रो खेल रेश नुन्थला माध्यमिक विद्यालय र आदर्श विद्यामन्दिरका बिच हुने जनाईएको छ ।