क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियागिता अन्र्तगत प्रि–क्वाटरफाइनलका खेल सम्पन्न

बागलुङ, २९ जेठ – क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्र्तगत प्रि–क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । बागलुङ नगरपालिका वडा नं १ रामरेखा स्थित बाङगेचौर खेलमैदानमा सम्पन्न खेलहरुमा रुद्रपिपल माध्यमिक विद्यालय, चिल्र्डेन लाइफ बोर्डिङ स्कुल, रेश नुनथला माध्यमिक विद्यालय विजय हुदैँ क्वाटरफाइनलको यात्रा तय गरेको छन् ।

प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न भएको पहिलो खेलमा रुद्रपिपल माध्यमिक विद्यालयले न्यू एभरेष्ट बोर्डिङ स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । निर्धारित ५० मिनेटको खेलमा रमेश कामिले खेलको १० औं मिनेटमा गोल गर्दै रुद्रपिपललाई अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा हरी थापाले गोल गर्दै रुद्रपिपल माध्यमिक विद्यालय विजय भएको थियो ।

यसैगरी दोस्रो खेलमा चिल्र्डेन लाइफ बोर्डिङ स्कुलले कालिगण्डकी बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ। चिल्र्डेन लाइफलाई जित दिलाउन खेलको १० औं, १३ औं र २८ औं मिनेटमा क्रमश निशचल महत, प्रमिश सुवेदी र पवन छन्त्यालले गोल गरेका थिए । दिनको अन्तिम खेलमा रेश नुनथला माविले आर्दश विद्यामन्दिरलाई २ शून्य गोल अन्तरले पराजित गरेको हो । रेश नुन्थलालाई विजय गराउन टिमका कप्टान लविश थापा नायक भए । उनले खेलको ७ औं र ३३ औं मिनेटमा गरी २ गोल गरेका थिए ।

क्वाटरफाइनलका खेल विहिबार अमर आर्दश मावि र अमृत आर्दश मावि त्यसैगरी सिद्धार्थ शिक्षा सदन र रुद्रेपिपल मावि र चिल्र्डेन लाइफ बोर्डिङ स्कुल र रेश नुनथला मावि विच हुने भएको छ ।