बुढो कल्कीको रुख– ३

चन्द्रे सार्कीको कथा

अँध्यारो औंसीको रात थियो । त्यसबेला सुर्केटारमा विजुली बत्ति पुगिसकेको थिएन । हुनेखाने र हुँदा खानेहरु ती एउटा कुरामा समान थिए भने त्यो विजुली नै थियो । पुषको कठाङ्ग्रिने जाडोमा मैती सर्किनी घर नाउँको खर र नलले ढाकिएको ओढारमा चिच्याईरहेकी थिई मरे बा ! मलाई बचाओ न ए साहिँली । पख पख नआत्तिओ दिदी अब हुन्च । साहिँलीले उसलाई सान्त्वना दिईरहेकी दिई । मैती सर्किनी कतिखेर बेहोस भइ कसैले पत्तै पाएनन् । चौबीस घण्टादेखि सुत्केरी हुने व्यथाले अँठ्याएर उ शिथिल बनेकी थिई । चन्द्रे सार्कीले वैद्य, धामी झाँक्री, सुढेनी सबैलाई गुहार्न पुग्यो । देशी ओखती र डाक्टरको सेवाबाट कोशौँ दुरमा एउटी आमा जीवनसँग संघर्ष गरिरहेकी थिई । आंैसीको अँध्यारो ओढेर समय कुदिरहेको थियो । समयको गतिसँगै हुचिल र लाटो कोशेरो हुँदै भालेले आप्mनो पहिलो डाँक बक्ने बेला एउटा बालकले चिरिरिरिर्र च्याँ गरेर धर्तीमा पहिलो पाइलो टेक्न पुगेको थियो । सुढेनीले पुछपाछ पारेर बच्चाको सालनाल गरेपछि बाहिर व्यग्र प्रतिक्षारत लोग्ने मान्छेलाई जानकारी दिए छोरी रैचे राँड । दुःख पाम्न जन्मेकी फुँडी ।

छोरी नै भएनी भो साहिँली मेरो कर्मको लेखा बाबै चन्द्रेले आफुभित्रको पीडाको पहाडलाई आँखाबाट खसेका दुई थोपा आँसुसँग लुकाउने प्रयास गर्दै भन्यो । त्यल्लाई तातो पानी तताचु देउ न साहिँली । धन्न बाँची । चन्द्रे सार्कीको जीवनमा ग्रहण लाग्न पुग्यो । मैती उठिन । उसले प्रेमले तताएको पानी मैतीले कहिल्यै नपिउने गरी चन्द्रेको काखमा छोरी दिएर उ संसारबाट बिदा भएर गइ । मैती मरेको कुराले चन्द्रे पागल बन्यो । कयौँ महिनासम्म पनि उ सम्हालिन सकेन । आमाले छोडेर गएकी छोरीको मायाले पनि उसलाई फर्काउन सकेन । उ धेरै दिनसम्म रोईबसिरह्यो । र केही दिनपछि रक्सीमा हराउन शुरु ग¥यो । चन्द्रे सार्कीको दैयन्दिनी फेरिए । बोली वचन, बस उठ र काम गर्ने जोश, जाँगर र नियमितताको क्रम भङ्गता भयो । उ बेथितिको शिकार बन्न पुग्यो ।

करिब करिब एकवर्षपछि एकसाँझ चन्द्रेको मनमा बबण्डर हुरी उठ्यो । उ सपनाबाट ब्युँझे जसरी झँल्यास्स भयो । उसको मनमा कताबाट मैती र उसले छोडेकी नासो छोरी एकसाथ प्रवेश गर्न पुगे । उसले आमालाई सोध्न पुग्यो । आमा मैतीकी नासो काँछे ? चन्द्रेको बेथितिले गलित उसकी बृद्ध आमा चन्द्रेको प्रश्नको उत्तर दिन नसकि उसको चेहेरामा एकटक नियालीरहेकी थिई । चन्द्रेको पागलपनबाट दिक्क उ पत्याउन सकिरहेकी थिईन चन्द्रेको प्रश्नलाई । चन्द्रेले फेरि प्रश्न ग¥यो तिमले सुनिनौ आमा मैतीकी नासो काँछे ? प्रतिउत्तरमा चन्द्रेकी आमाका आँखाबाट दुई गेडा आँसु गुडुल्की खेल्दै गालाबाट फाल हाने । उ हिक्क हिक्क गरी रुन थाली । चन्द्रे आमाको रोदन अघि अमिलो चेहेरा बनाएर उभिईरहेको थियो ।

त्यहीँ साँझ उसकी बुढी आमाले बडो दुःखसाथ चन्द्रेलाई मैतीकी नासो मावल रहेको जानकारी गराई । चन्द्रे हरायो एकाएक गाउँबाट । उसकी बूढी आमाले जानकारी गराई । बेलुकी सुतेको मुन्छे भ्यान हेर्दा ओछ्याना छैन बाबै । भोली पल्ट साँझसम्म पनि घर नफर्केपछि उसको खोजी भयो । चन्द्रे हरायो । काँ गको होलातो । गाउँका मान्छेले गम खाए । तिनको एउटै निचोड थियो उसोभे चन्द्रे छोरी खोज्न ससुराली गको हुनुपर्च लौ । सम्पतिको नाममा चारआनामा बनेको खरको झुपडी र एकहल गोरु लाग्ने बारीको पाटो बाहेक बलभद्र सार्कीको नाउँमा अरु केही थिएन । बाउ बराजुको सम्पतिको किस्सा सुन्दै बलभद्रे हुकिैयो । उसको बा हुर्कियो र उसका छोराहरु चन्द्रे, आइते र गम्भिरे हुर्किए । जमानामा ती गाउँका मुखिया भन्दा कम थिएनन् । जालीहरुले तिनका बाजेलाई फसाएर भएको सम्पति खाइदिए । तिनले सुन्दै आएको पुराण थियो यो । नत्र यो दुःख भोग्नु पर्थेन बाबै । भलभद्रेले जाँडको नशा शरिरमा पैmलिन शुरु गरेपछि यही पुराण भट्याएरै मर्न पुगेको थियो । बलभद्र सार्कीका तीन भाई छोरा मध्ये चन्द्रे सार्की जेठो सन्तान थियो । पुख्र्यौली घरको झुपडी उसको नाउँमा परेको थियो । एकप्रकार उ भाग्यमानी थियो जसले बाउबाजेले जन्म लिएको र प्राण त्याग गरेको घर अंशमा प्राप्त ग¥यो । त्यही झुपडीमा एकसाँझ चन्द्रेले कालीपारबाट मैतीलाई भगाएर स्वास्नी बनाई भित्र्याउन पुगेको थियो । मैती सर्किनी रुपमा पुराणको स्वर्गकी अप्सरा जस्ति थिई । उसको रुप देखेर मनमा खोट हुने लोग्ने मान्छेहरु हुरुक्कै थिए । कति पटक त मेला जाँदा मैतीले गाउँका उपल्ला जातका हौँ भन्ने विष्ट बराजुका कामवासनाका झण्डै सिकार बनेकी थिई ।

करिब महिनादिनपछि मैति सर्किनीकै सक्कलकी दुधे बच्ची काँधमा बोकेर चन्द्रे साँझमा घर फर्कियो । उ चिताई नसक्नु गरी पुरै बदलिएको थियो । चेहेरामा उज्यालो चमक थपिएको थियो भने ओंठमा खुशी । चन्द्रे नशादेखि पुरै मुक्त भएको थियो । पाँच पाँचवर्षसम्म उ पुरै पूर्णिमासँगै हराउन पुग्यो । घरपरिवार, इष्टमित्र, नाताकुटुम्बले बिेहे गर्न दिएको सल्लाह र दबावलाई पुरै वेवास्ता गरेर उसले पूर्णिमालाई पाठशाला जाने उमेरसम्म आमाको माया समेत दिएर हुर्कायो । पूर्णिमा पाठशालाबाट घर फर्किदा सदाझैं चन्द्रे आगनको डिलमा देखिएन । पूर्णिमा बाउको काखमा लुटपुटिन आतुर थिइ उ हतार हतार बा भन्दै उकालो चढिरहेकी थिई । त्यसदिन पूर्णिमाले जीवनमा पहिलोपटक एक्लो महशुस गरी । उ कालो अनुहार पारेर बुढीआमासँग सुती मध्ये रातमा उसलाई बाबुको खुब याद आयो । र उ सुँक्क सुँक्क गरी रोई । चारचारवर्षसम्म एकरात पनि एक्लो छोडेको थिएन उसलाई बाबुले । उसले रोएर रातको अन्तिम प्रहर बिताउन पुगी । कतिखेर उ निदाई ब्यूँझदा झलमल घाम लागेका थिए । उ हतार हतार हग्ने मनसायले बारीको कान्लातिर ओर्ली । गाउँका केटाकेटीहरु लहरै बारीको कान्लामुनि अघिनै उपस्थित भएर दुर्गन्ध फैलाई सकेका थिए । नित्यकर्मले तिनका चेहेरामा लज्जाका शेष अवशेष गायव थिए । तिनै लज्जाहिन समूहमा मिसिएर पूर्णिमाले पनि पेटको भारी बिसाई र कान्लाको झार उखेलेर चाकमा शेष गुहुलाई पुछ्न पुगी र केटाकेटीको हुलमा मिसिएर चौरमा खेल्न दगुरी । चौरमा ती भर्खर खेल्न शुरु गरेका थिए पँधेराबाट पानी बोकेर घर फर्किरहेकी खुइली र सुन्दरीले पूर्णिमालाई भनेका थिए ए पूर्णमा तेरा बाले भरे कान्छि आमा ल्याम्चन जति खेल्नी हो आजै खेल है बाबै भोलीबाट सौतेनी आमाले जगल्टा गोड्दा थाह पाउलिस ।

पूर्णिमाको चेहेराबाट खुशी हराउन पुग्यो उ अँध्यारो चेहेरा लिएर उभिईरहेकी थिई । उसका साथीसँगातीहरु उसलाई घेरेर गिज्याईरहेका थिए आज त पूर्णिमाका बाको बिहे खाने हो । साँझ निन्याउरो अनुहार बनाएर चन्द्रेले नयाँ दुलही घरमा भित्र्याउन पुग्यो । उ पूर्णिमाका अगाडी निकै महिनासम्म अपराधी जसरी शिर झुकाएर लुकामारी खेली रह्यो । पूर्णिमा उसले पनि खासै चासो राखिन बाबुप्रति उसले आप्mनो डेरा बज्यैसँग सारी र उत्साहसाथ दुःखमा बाँच्ने उपक्रम लागि । उत्तराद्र्धमा सुयोग प्रसाद पोखरेल र पूर्णिमा सार्कीको प्रेम कथा ! निकै दिनदेखि चमम्चा खेल्ने निहुँमा ओढारे पुगेको सुयोगप्रसाद पोखरेलका आँखा पूर्णिमा सार्कीसँग बारम्बार जुधिरहेका थिए । संयोग त्यसदिन सुयोग र पूर्णिमा चमच्चाको सिटमा सँगै परेका थिए । तिम्रो नाम के हो नि ? सुयोगको पहिलो प्रश्न थियो । पूर्णिमा सार्की । पूर्णिमाले झट्ट उत्तर दिई तर शिर झुकाएर । उसको चेहेरामा लज्जाबोध प्रष्ट देखिन्थ्यो । कतिमा पढ्छौ ? सुयोगले दोस्रो प्रश्न ग¥यो । बाह्र कक्षामा पढ्छु । पूर्णिमाले जवाफ दिई । फनीफनी नाचिरहेको चमम्चाको सिटमा पूर्णिमा सुयोगको शरिरको तातो स्पर्शमा हराउन पुगी, उसको चेहेरा त्यसघरी लज्जाले रातो देखिन्थ्यो ।