ट्याक्सी दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते

बागलुङ, ३२ जेठ – बागलुङको हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी दुर्घटना भएको छ । नुवाकोट जाँदै गरेको ध १ ज ५१३ नम्बरको ट्याक्सी भेडीखोलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोटका मन बहादुर खत्रीको उपचारका क्रममा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा शनिबार विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुम बहादुर कुँवर र आयुष कार्की रहेका छन् ।

घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए । रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडकदेखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।