चिल्ड्रेन लाइफ र न्यू एभरेष्ट प्रदेश स्तरियय प्रतिस्पर्धामा

बागलुङ, १ असार – प्रदेश स्तरीय क्विक्स कप खेल्ने बागलुङका टिमको टुङगो क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्र्तगत छात्रत र्फको खेल चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जितेको छ । फाइनलमा रत्नलक्ष्मी माध्यमिक विद्यालयलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि चिल्ड्र्रेन लाइफले उचालेको हो । निर्धारित ६) मिनेटको खेलमा पहिलो हाफको २८ औं मिनेटमा रत्नलक्ष्मीका सोहम घर्तीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समयमा ५८ औं मिनेटमा कर्नरबाट आएको बललाई चिल्ड्रेन लाईफका टिम कप्तान अविशेक सिरपालीले गोल गर्दा खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकर मा दुवै टिमका खेलाडीले ४–४ गोल गर्दा खेल सडन डेथमा प’गेको थियो । सडन डेथमा रत्नलक्ष्मीका खेलाडी विवेक विकले प्रहार गरेको बल चिल्ड्रेन लाइफका गोलकिपर विविध थापाले रोकिदिँदा चिल्ड्रेन लाइफ प्रतियोगितामा विजय हुन सफल भएको थियो । प्रतियोगितामा छात्रातर्फ भने न्यू एभरेष्ट बोर्डिङ स्कुल विजय भएको छ । प्रतियोगितामा विजय हुने न्यू एभरेष्टले सिदार्थ शिक्षा सदनलाई ट्राइबेकरमा ३–१ गोलअन्तरले हराउँदै विजेता बनेको थियो । निर्धारित समयसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिँदा खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा न्यू एभरेष्टका लागि रेजिना जिसी, सगुन क्षेत्री र सोनिया परियाले गोल गरेका थिए भने सिदार्थका लागि एक मात्रगोल दिया थापाले गोल गरेकी थिइन ।

प्रतियोगितामा छात्रतर्फको विजेता टोलीले मेडल, प्रमाण पत्र र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने छात्रातर्फको विजेता टोलीलेमेडल, प्रमाणपत्र र १५ हजार नगद पुरस्कार पुरस्कार प्राप्त गरेकाछन् । प्रतियोगितामा विजय टोली साउन २१गते हुने प्रदेश स्तरीय क्विक्स कप प्रतियोगितामा सहभागिता जनाउने छन् ।