नेपाल राष्ट्रिय उद्योग व्यावसायी महासंघ बागलुङको सपथ ग्रहण

बागलुङ, १ असार – गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले व्यवसायीलाई उपभोक्ताको हित अनुकुल व्यवासाय गर्दै राष्ट्रिय व्यपारीको पहिचान बनाउन आग्रह गरेका छन् । कालो बजारी र व्यापारमा दलालिकरणका कारण व्यवसायीको छविमा आँच आएको भन्दै सापकोटाले आफ्नो पेशा व्यवसाय प्रति प्रतिवद्ध र निष्ठाबान बन्न व्यवसायीहरुलाई आग्रह गरे ।

नेपाल राष्ट्रिय उद्योग व्यावसायी महासंघ बागलुङको नव गठित कार्यसमितिको शनिवार आयोजित घोषणा सभामा बोल्दै सापकोटाले सम्पूर्ण व्यवसायीलाई दलालले जस्तो व्यपार नगरी राष्ट्रिय व्यपारीको पहिचान बन्नेगरी व्यापार गर्न आग्रह गरे । नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनबीच एकता भई बनेकोे महासंघले नमूना काम गरेर देखाउनु पर्ने उनको धारणा थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय उद्योग व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक प्रेम पौडेलले उद्योग वाणिज्य संघले आफ्नो पार्टीले गरेको प्रतिवद्धता तथा सपनाहरु पूरा गर्न नसकेकोले नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ स्थापाना भएको बताए । यो महासंघले उद्योग स्थापना, औधोगिक कामका योजना, आत्मनिर्भर बन्ने उपायका बिषयमा राज्य सँग सहकार्य गरेर अघिबढ्ने उनको दावी थियो ।

बागलुङमा रहेका साना देखि ठूला व्यवसायिहरुलाई समन्वय गरेर नैतिक र चरित्रको रक्षा हुनेगरी व्यवसाय गर्नु पर्नेमा उनको जोड थियो । कार्यक्रममा नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे,नगर प्रमुख जनकराज पौडेल, नेपाल राष्ट्रिय व्यवसायी महासंघ उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, रत्नादेवी भण्डारी लगाएतले बोलेका थिए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष राज थापाको अध्यक्षता, नेपाल राष्ट्रिय वाणिज्य संघका महासचिव प्रकाश चालिसेको सञ्चालन र नेपाल वाणिज्य संघका कार्यवाहक अध्यक्ष भवानिराज बरालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

सभामा नेपाल राष्ट्रिय उद्योग व्यवसायि महासंघ जिल्ला शाखा बागलुङले नयाँ नेतृत्वको घोषणा गरेको छ । महासंघको अध्यक्षमा रतन प्रसाद मलेपति चयन भएका छन् । उनी सहित कार्यसमितिमा ४५ सदस्य रहेका छन् । २६ सदस्य रहेको सल्लाकार समिति समेत गठन भएको छ । नव निर्वाचित समितिलाई नेपाल राष्ट्रिय उद्योग व्यवसायि महासंघ गण्डकी प्रदेश संयोेजक प्रेम पौडेलले सपथ ग्रहण गराएका थिए ।