मिस एण्ड मिस्टर धौलागिरी हुने

बागलुङ, ४ असार – बागलुुङमा मिस एण्ड मिस्टर धौलागिरी प्रतियोगीता हुने भएको छ । किङ स्टार क्रियसनले बागलुङले प्रतियोगीताको आयोजना गरेको छ । प्रतियोगीताको लागि असार ५ गते बागलुुङ बजार, ७ गते म्याग्दी, ९ गते कुुस्मा र ११ गते बागलुुङको गलकोटमा छनौट प्रतियोगीता (पहिलो अडिसन) हुने किङ स्टार क्रियसनका सिईओ प्रदिप बोहोराले जानकारी दिए । चार स्थानबाट छनौट भएका प्रतिस्पर्धीलाई असार १५ गतेदेखि एक महिनासम्म तालिममा सहभागी गराईने छ । तालिममा उत्कृष्टबाट मिस्टर एण्ड मिस धौलागिरी छनौट हुने सिईओ बोहोराको भनाई छ ।

प्रतियोगीता संचालनको लागि सात लाख खर्च हुने अनुमान गरिएको छ । उत्कृष्टलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सहयोगी संस्थाका संचालक यामबहादुर नेपालीले बताए । यस अघि २०१८ को धौलागिरी मिस नेपालमा बागलुङ सिगानाकी शिल्पा कार्की विजय भएकी थिईन् । विजेतालाई मिस नेपाल तथा मिस्टर नेपालको प्रतियोगीतामा सहभागी गराउनुका साथै विभिन्न म्युजिक मिडियोमा काम गर्ने अवसर प्राप्त गर्ने छन् ।