जैमिनी नगरपालिकामा परामर्श बैठक सम्पन्न

बागलुङ, ५ असार – जैमिनी नगरपालिका बागलुङले आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेटका लागि परामर्श बैठक सम्पन्न गरेको छ । जैमिनी नगरपालिकाको आयोजनामा कुश्मिसेरामा सञ्चालन भएको वैठकमा सम्पुर्ण राजनीतिक दलका प्रमुख, युवा विद्यार्थीहरुका प्रतिनिधि, नगरमा अबस्थित विभिन्न संघ सस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै नेकपा जैमिनी नगर कमिटीका अध्यक्ष तथा युवा नेता इन्द्र थापाले जनप्रतिनिधिहरु जनता बाट प्रत्यक्ष चुनिएर आएकोले भष्टचारलाइ शुन्य सहनसिलतामा पुराइ जनताका आधारभूत कुरालाइ तत्काल हल गर्दै दीर्घकालीन बिकासका योजनाहरु तर्जुमा गर्नु पर्ने बताएका थिए । अध्यक्ष थापाले लामो समय सम्म खाल्टा र खुल्टी रहेको कुस्मिसेरा बाट जिल्लाको सदरमुकाम जोड्ने बाटो केन्द्रिय सरकार र जैमिनी नगरपालिकाको सहकार्यमा कुस्मिसेरा देखि नगरको टुनिबोट सम्मको बाटो कालोपत्रे हुन लागिरहेकोमा धन्यवाद दिदै आगामी बर्षको बजेट तर्जुमा गर्दा यस्लाइ पुणता दिन सम्बन्धित पक्षलाइ आह्वान समत गरेका थिए ।

बैठकमा नेपाली काङ्ग्रेसका जिल्ला सचिब नबराज पौडेल , नेपाली काङ्ग्रेस नगर सभापति कासिराम शर्मा , राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिल बहादुर श्रीस , नेबि संघका सह महामन्त्री हरिहर शर्मा , अनेरास्ववियु बागलुङका सचिब शिव शर्माले सुझाव सहितका मनतब्य व्यक्त गरको थियो । बैठकमा सहभागीहरु बिच सुझाव सहित सम्भाबित योजनाका बारेमा परामर्श तथा छलफल गरिएको थियो । बैठकमा नगर प्रमुख इन्द्रराज पौडेलले बैठकको उदेश्य प्रष्ट पार्दै आगामी कार्ययोजनाका बारेमा आफ्नो भनाइ व्यक्त गरेका थिए भने उपप्रमुख लिला रानाले वैठकमा उठेका कुराको जिज्ञासा मेटाएका थिए । कार्यक्रम नगर प्रमुख इन्द्रराज पौडेलको अध्यक्षता, उपप्रमुख लिला रानाको स्वागत र योजना अधिकृत प्रेम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।