युरिक एसिड र रोकथाम

हाम्रो शरीरमा प्रोटिनको मेटाबोलिजम भएर निस्किने तत्वलाई युरिक एसिड भन्दछन् । न्युक्लिक एसिड र प्युरिन गु्रपको प्रोटिनबाट मात्र युरिक एसिड बन्दछ । जुन सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ । ७० प्रतिशत केसमा शरीरभित्रकै प्रोटिन र तीस प्रतिशत केसमा हामीले खाने प्रोटिनबाट युरिक एसिड बन्छ । शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनको लागि रगतको जाँच गर्नुपर्छ । रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्रामसम्म प्रतिडेसिलिटरलाई सामान्य मानिन्छ । जब युरिक एसिडको मात्रा सातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थालाई हाइपरयुरिसेमिया भन्छन् । हाइपरयुरिसेमिया हुने अवस्थामा पनि बिमारीलाई जोर्नी दुख्ने र सुन्निने नहुन सख्छ । युरिक एसिड रगतमा ओभर स्याचुरेसन भएर जोर्नीको वरिपरि मासुमा, टेन्डनमा, अथवा काटिर्लेजमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने अवस्थालाई गाउटी अर्थराइटिस् भन्छन् । युरिक एसिड बढ्ने धेरै मानिसमा भए पनि अर्थराइटिस् चाहिँ कमै मात्र मानिसलाई हुन्छ । यो समस्या हरेक सयमा १० जना पुरुषमा हुँदा एकजना महिलालाई मात्र हुन्छ । ९५ प्रतिशत बिमारीहरूमा युरिक एसिड बढ्ने कुनै कारणहरू देखिँदैन । यस्तो अवस्थालाई प्राइमरी गाउट भनिन्छ भने पाँच प्रतिशतमा कुनै अन्य कारणबाट युरिक एसिड बढेको पाइन्छ । यसलाई सेकेन्डरी गाउट भनिन्छ । लामो समयसम्म एस्पिरिन (रगत पातलो बनाउने औषधि), डाइयुरेटिक्स् (उच्च रक्तचापको औषधि), पाइराजिनामाइड (क्षयरोगको औषधि) सेवन गर्ने, ज्यादा जाँडरक्सी र प्रोटिन भएको खानेकुरा खाने, वंशानुगत रूपमा एक प्रकारको इन्जाइमको अभाव भएका मानिस, शरीरमा भएका कोषहरू बढी टर्नओभर हुने रोगहरू जस्तो हेमोलाइटिक डिजिज्, माइलोप्रोलिफेरेटिभ् डिजिज् भएका बिमारी, पुरुषहरूमा उमेर बढ्दै जाँदा रगतमा युरिक एसिड बढ्छ ।

धेरैजसो मानिस युरिक एसिड बढेर देखिने लक्षणहरूसँग अनभिज्ञ छन् । सामान्यतया कुनै समस्या नभएको मानिसमा बिहान उठ्दा बुढीऔंलाको फेदमा अत्यधिक दुख्ने, सुन्निने र हिँड्न अप्ठ्यारो हुने, मानौं कि हड्डी भाँचिएको जस्तो महसुस भएमा युरिक एसिड बढेको संकेत गर्छ । यद्यपि धेरैजसो मानिसमा बुढीऔंलाको फेदमा समस्या देखिए पनि कुर्कुच्चा, घुँडा, कुहिना र औंलाका जोर्नीमा पनि युरिक एसिड बढेर दुखाइ हुन सक्छ । कहिलेकाहीं युरिक एसिडको दुखाइ जोर्नीमा संक्रमण भएर पिप जमेको जस्तो हुन्छ । तर बिमारीले भनेजस्तो ढाड दुख्ने, दुई वा दुईभन्दा बढी जोर्नीहरू सामान्य रूपमा दुख्ने, हातखुट्टा झमझम गर्ने र जोर्नी जाम भएको अवस्थालाई युरिक एसिड भएको हो भन्न मिल्दैन । हिजोआज यस्ता समस्या बोकेर हाडजोर्नी ओपीडीमा जाने बिमारीको संख्या बढ्दो छ । त्यसकारण सबै बिमारीलाई यसको लक्षणका बारेमा स्पष्ट ज्ञान भएर अनावश्यक रूपमा खानामा बन्देज लगाउने, बाराम्बार युरिक एसिडको जाँच गराउन अस्पताल धाउने, अनावश्यक रूपमा युरिक एसिड भएको चिन्ता लिने गर्नु हुँदैन । सुन्नेको जोर्नीबाट सुई हालेर निकालेको चिजलाई माइक्रोस्कोपमा जाँच्दा नेगेटिभ्ली वाइरेपिम्जेरेन्ट क्रिस्टल देखिएमा युरिक एसिडको अरू थप डाइग्नोसिस हुन्छ ।
युरिक एसिड बढेर अत्यधिक दुखेको बेलामा सबैभन्दा पहिला सुन्निन र दुख्न कम हुने औषधि जस्तै न्याप्रोसिन, भोवेरान लगायत औषधिको साथमा कोल्चिसिन भन्ने औषधि सेवन गर्नुपर्छ । सुरुमै धेरै दुखेको अवस्थामा युरिक एसिड घटाउने औषधि जस्तो एलो पुरिनोल, फेबोस्टाट खाएमा युरिक एसिडको मात्रा रगतमा अचानक घट्दा जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भएर झन् दुखाइ बढ्न जान्छ । त्यसकारण युरिक एसिड घटाउने औषधि जोर्नी दुख्ने र सुन्निने कम भएपछि मात्र खानुपर्छ । तर प्रत्येक बिमारीमा युरिक एसिड घटाउने औषधि खान अनिवार्य छैन । यदि एन्टिइन्फ्लामेट्री औषधि खाएर दुख्न र सुन्निन कम नभएमा, रगतमा युरिक एसिडको मात्रा अत्यधिक बढेको अवस्थामा, बारम्बार रोगका लक्षणहरू देखा परेमा, जोर्नीहरू नै बिग्रीएर असामान्य भएको अवस्थामा युरिक एसिड घटाउने औषधि लामो समयसम्म खानुपर्छ । माथिका यी अवस्थामा बाहेक एन्टिइन्फ्लामेट्री औषधिको सेवन र खानपानमा बन्देज गरेर लामो समयसम्म युरिक एसिडलाई रोगथाम गर्न सकिन्छ ।
जहाँसम्म खानपानको सबाल छ, युरिक एसिडको समस्या भइसकेपछि धेरैजसो बिमारीले अत्यधिक मात्रामा खानपानमा बन्देज गरेको पाइन्छ । लसुन, प्याज, चिल्लो, अमिलो, फलफूलदेखि दही लगायत धेरै पौष्टिक चीजहरू नखाने गर्छन् । यसरी सबैजसो खानेकुरा बन्देज गर्न जरुरी पनि छैन । बन्देज गर्दा शरीरलाई चाहिने पौष्टिक तत्वमा कमी भई थप समस्या उत्पन्न हुन सक्छ । विशेष गरी माछा, मासु (रातो मासु), कलेजो, खसीको आन्द्राभुँडी, गेडागुडी, रक्सी तथा रक्सीजन्य पदार्थहरू पूर्ण रूपमा खान हुँदैन । यस्ता खाने चीजहरूमा प्युरिन भन्ने प्रोटिन अत्यधिक बढी हुन्छ जुन युरिक एसिडको मुख्य स्रोत हो ।

युरिक एसिड मिर्गौलाबाट फिल्टर भएर पिसाबसँगै निस्कने हुँदा प्रशस्त पानी तथा झोल पदार्थ खानुपर्छ । यसो गर्दा पिसाबबाट बढीभन्दा बढी युरिक एसिड बाहिर निस्कन्छ । यसले रगतमा यसको मात्रा कम हुन्छ । युरिक एसिडको समस्या भएका बिमारीहरूले नियमित रूपमा रगतमा युरिक एसिडको जाँच गराउनुपर्छ । सामान्यतया युरिक एसिडको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा कम भएको राम्रो हन्छ । युरिक एसिड लगातार बढिरह्यो भने दीर्घकालीन रूपमै बिरामीले जटिलता खेप्नुपर्ने हुन्छ । लामो समयसम्म रगतमा युरिक एसिडको मात्रा बढेमा जोर्नीमा समस्या देखिन सक्छ । युरिक एसिडका क्रिस्टलहरू जोर्नीभित्र जम्मा भएमा यसले कार्टिलेजलाई बिस्तारै क्षति पु‍¥याउँदै जान्छ र अन्तमा जोर्नी पूर्ण रूपमा बिग्रिन सक्छ । मिर्गौलाको भित्री साना–साना कोषहरूमा युरिक एसिड जम्मा भएर यसले बिस्तारै मिर्गौलाका कोषहरूलाई क्षति पु‍¥याउन सक्छ । सुरुसुरुको अवस्थामा मिर्गौलामा नेपाइटिस्को समस्या देखा पर्छ र अन्तमा दुवै मिर्गौलाले काम नगर्ने स्थिति हुन सक्छ । अर्कोतर्फ युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर मिर्गौलामा पत्थरी पनि बन्न सक्छ । यसलाई युरेट स्टोन भनिन्छ । शरीरमा युरिक एसिड बढ्दै गएमा कोलेस्ट्रोलको मात्रा पनि बढ्दै जान्छ । यसले मुटुमा पनि केही असर देखाउन सक्छ । तर युरिक एसिडको मात्रा सामान्यमा राख्न सक्यौं भने यी सबै जटिलता नगन्य मात्रामा देखिन्छन् ।

जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ । यस्तो प्रायः युरिक एसिड बढेर हुन्छ । बियर पिउनेहरू धेरैले युरिक एसिडको पीडा ३० वर्षपछि नै अनुभव गरिसकेका हुन्छन् । किनभने बियरले युरिक एसिड बढी उत्पादन गराउनुका साथै मृगौला भएर शरीरबाट निस्कने युरिक एसिडको मात्रा घटाउँछ । युरिक एसिड जोर्नी तथा शरीरका विभिन्न भागमा थिग्रिएका खण्डमा ती ठाउँ दुख्ने वा मृगौलामा पत्थरीसमेत हुने गर्छ । युरिक एसिड भएका बिरामीमध्ये ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला हुन्छन् । तीमध्ये पनि प्रायः रजस्वला सुकेपछि मात्र यो रोगबाट पीडित हुने गर्छन् । जीर्ण अवस्थामा युरिक एसिडका मणिहरू छालामुनिको बोसो, जोर्नी, हाड, कुरकुरे हाड, मृगौला तथा विभिन्न तन्तुमा थुप्रिने गर्छ र सबै ठाउँमा दुख्छ । रगतमा हुने श्वेत कोषको सहभागितामा युरिक एसिडका मणिहरू थुप्रिएका ठाउँमा सुन्निने र पीडा हुने गर्छ ।
शरीरमा उत्पादन हुने युरिक एसिड र मृगौला भएर विसर्जन हुने युरिक एसिडको मात्रामा सन्तुलन नभएपछि शरीरका विभिन्न भागमा त्यसको कुप्रभाव पर्छ ।

यो रोग लागेपछि खुट्टाको बुढीऔँलाको जोर्नी सुन्निएर दुख्छ । यो दुखाइ यति पीडादायी हुन्छ कि बिरामीले जुत्ता लगाएर हिँड्दा मात्र होइन ओढ्नेले छुँदा र खुट्टा खुम्च्याउँदासमेत असहज हुन्छ । यो अवस्थामा ज्वरो पनि आउन सक्छ । यसले पिँडौला पनि दुख्छ । युरिक एसिडको लवण कानको छालामा, कुमतिर, घुँडाको अगाडि, हात र खुट्टातिर पनि एकत्रित भएर खस्रो र फुस्रो रूपमा देखा पर्न सक्छ । यस्ता बिरामीको रगत जाँच गर्दा युरिक एसिडको स्तर बढेको पाइन्छ । यूएसजी र हड्डीको एक्सरेबाट सुरुको अवस्थामा खासै रोगको पहिचान गर्न केही पनि जानकारी प्राप्त नभए पनि लामो समय यो रोग भएकाहरूको हड्डीमा क्षय भएको देख्न सकिन्छ । समय लाग्ने जाँच भए पनि २४ घन्टाको पिसाब थुपारेर र त्यसमा कति युरिक एसिड मृगौलाले निकाल्यो र त्यो दिन रगतमा युरिक एसिडको स्तर कति थियो त्यो तुलना गरेर हेर्दा के कारणले बिरामीको रगतमा युरिक एसिडको मात्रा उच्च हुने गरेको छ र त्यसका निम्ति कुन प्रकारको उपचार सबैभन्दा बढी उपयुक्त होला भनी छुट्याउन वैज्ञानिक आधार मिल्छ । यस्तो जाँच गर्न चौबीस घन्टाको पिसाब थुपार्दा सामान्य अवस्थामा जस्तै बिरामीले तरल पदार्थ सेवन गर्न र एकपल्ट पनि नबिराएर सबै पिसाब प्रयोगाशालाबाट उपलब्ध गराइएको भाँडामा संकलन गर्नुपर्छ ।

सबै जोर्नीको दुखाइ युरिक एसिडसम्बन्धी नहुन पनि सक्छ । त्यसैले चिकित्सकको जाँच र सल्लाहबिना बिरामीले औषधि सेवन गर्नु पनि हुँदैन । उच्च रक्तचाप वा मधुमेह भनेजस्तै युरिक एसिडबाट उत्पन्न स्थिति पनि बिरामीले लामो समय सामना गर्नैपर्ने यथार्थ हो तर पनि युरिक एसिडको स्तर केही उच्च छ वा त्यस्तै त्यो रोगका लक्षणबाट शरीरमा केही सानोतिनो फरक देखिएको छ भन्दैमा औषधि सेवन गर्नैपर्छ भन्ने छैन । बिरामीले खानपानमा संयम अपनाउँदा पनि हुन्छ तर बिरामीले जथाभावी खाने, पथपरहेजमा नबस्ने गरेमा रोग झन् बढ्न सक्छ । रक्सीपान, बढी प्रोटिनयुक्त खाना (माछा, मासु, गेडागुडी) पानीको मात्रा कम, शरीरको तौल उचाइको अनुपातमा धेरै, व्यायाम कम भएमा युरिक एसिड ज्यादै उच्च हुन्छ । यस्तो अवस्थामा औषधोपचारका निम्ति चिकित्सकसँग परामर्श गर्नुपर्ने हुन्छ । पीडा कम गर्ने औषधि एक दुई मात्रा सेवन गर्दा दुखाइ निकै कम हुने वा पूरै हराउने भए पनि यस्था औषधि खानुपर्ने अवस्था भरसक नआओस् भन्ने प्रत्येक बिरामीले हरसम्भव आफूलाई संयम राख्नु उत्तम हुन्छ किनकि यी औषधिहरू निकै फलदायी भए पनि मृगौला तथा पेट र आन्द्राका निम्ति अति हानिकारक हुन सक्छन् ।

युरिक एसिड कसरी नियन्त्रण गर्ने ?
आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ । शरीरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुप्रिएर बस्दछ र रगतमा प्रसार हुन्छ । मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् । किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ । क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ । अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट ड्रिँकको सेवन घटाउनु पर्दछ । तेलमा तारेको खानेकुरा कम खानु पर्दछ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ । रेनसिडको उपभोगले शरिरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ । शारीरिक व्यायाम र मानसिक तन्दुरुस्ती नियमित राख्नुपर्दछ । १ चम्चा मह १ चम्चा अश्वगन्धा पाउडर संग मनतातो दूधको मिसायर पिउनुहोस । रातमा सुत्नु भन्दा पहिला ओखर खानुहोस । घिउकुमारी र अमलाको रस पिउनाले पनि राहत दिन्छ । नरिवलको पानी हरेक दिन पिउनुहोस । खाना खाएर आधे घण्टा पछि, १ चम्मचको आलसको बीउ (दाना) चपायर खानाले फाइदा हुन्छ । खाली पेटमा बथुवाको रस खाना खानुभन्दा दुई घण्टा अगाडी पिउनुहोस् । ज्वानोले शरीरमा उच्च यूरिक एसिड कम गर्ने राम्रो औषधि हो । यसकारण खाना पकाउदा ज्वानोको प्रयोग गर्नुहोस् । दैनिक १ ग्लास पानीमा २ चम्मच स्याऊको सिरफ दिनमा ३ पटक पिऊनुहोस् फाइदा हुनेछ । स्याउ, गाजर र चुकन्दरको जुस दैनिक पिउनाले उज लेभल बढ्न गइ यूरिक एसिड घट्छ ।

एक मध्यम आकारको काचो मेवा लिनुहोस, यसलाई साना टुक्राहरूमा काट्नुहोस् । बीउ हटाउनुहोस् । ५ मिनेटको लागि २ लीटर पानीमा ५ उमाल्नुहोस । यो उमालियको पानीलाई चिसो पार्नुहोस् र यसलाई फिल्टर गर्नुहोस् र २–३ पल्ट चियाको रुपमा पिउनुहोस । कागती पानी पिउनुहोस । यसले शरीर मभतयहषष्भम गरि क्रिस्टल फालीदिन्छ घोलेर बाहिर फालीदिन्छ । खाना पकाउन तिल, सर्सिउ र जैतुनको तेल प्रयोग गर्नुहोस् । उच्च फाइबर आहार लिनुहोस् । खाली पेट लौकाको १ ग्लास जुसमा तुलसी र पुदिनाको पात ५–५ पात राखेर बिहान सिधे नुनको साथमा कम्तिमा ३० देखि ९० दिनमा नियमित रूपमा लिनुहोस् । सुत्ने समयमा डेढ ग्लास पनिमा १ चम्चा अर्जुनको धुलो र आधा चम्चा दल्चिनिको धुलो पकाएर छानुस अनी सुत्ने समयमा चियाको रुपमा प्रयोग गर्नुस ३० देखि ९० दिनसम्म पिउनुपर्छ । रेवंचिनीको (च्जगदबचद) धुलो आधा आधा चम्चा बिहान खाली पेटमा र बेलुका सुत्ने समयमा पानीसंग ३० दिन जति लिनुहोस् । कम्तीमा ३–३ लिटर पानी लिनुहोस् । शरीरको यूरिक एसिड पर्याप्त मात्रामा पानीले मूत्रबाट निकाल्नेछ । त्यसैले, समय समयमा पानी पिउने बानी बसाली राख्नुहोस् । यूरिक एसिडबाट बच्न दही, चावल, पुरानो अचार, ड्राई फ्रूट्स,, दाल र पालक बन्द गर्नुहोस् । ओमेगा ३ फैटी एसिडको सेवन नगर्नुहोला । राती सुत्ने बेला दूध वा दालहरूको सेवन अत्यन्त हानिकारक छ ।