प्रहरीसंग एक दिन

बागलुङ, ८ असार – लागू औषध बिरुद्धको सचेतना अभियानको सप्ताहव्यापी कार्यक्रम संचालन गरेको जिल्ला प्रशासन र प्रहरीले बिद्यार्थी तहमा पनि सचेतनाका कार्यक्रम लगेको छ । यो अभियानकै लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएका धौलागिरी बिरेन्द्र माबिका बिद्यार्थीलाई फुल अभिरले स्वागत गरेर प्रहरीले आफ्नो काम कारवाही र दुव्र्यसन बिरुद्ध सचेतना गराएको छ । यो अभियानमा अन्य धेरै बिद्यालय र विद्यार्थीलाई पनि समावेश गर्ने प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले बताए । सामान्यतया प्रहरी कार्यालय छिर्नुपर्दा आफ्नो नाम ठेगाना, कसलाई भेट्ने, किन भेट्ने लगायतका बिवरण खुलाउनु पर्नेमा प्रहरीले स्वागत गरेर बिद्यार्थी, सामाजिक अगुवा र संचारकर्मीलाई समेत लगेर कार्यालयमा प्रस्तुती गराएको हो ।

स्वागतका लागि गेटमा बसेका प्रमुख जिल्ला अधिकारीले अभिर लगाएर समाजको शान्ति सुरक्षा बढाउन किसोर अवस्थामा बालबालिकालाई दुव्र्यसनबाट बचाउने काम महत्वपूर्ण भएको बताए । उनले समाजमा बढ्ने हिंसा न्युनिकरणका लागि पनि किसोर अवस्थाबाटै बालबालिकाले लागू औषध बारे जानकारी राख्ने र दुव्र्यसनबाट टाढै रहने अवस्था सिर्जना गर्नुपर्ने बताए । प्रहरी कार्यालय प्रवेश गर्ने बित्तिकै सोधपुछ गर्ने सहायता कक्ष देखि हिरासत कक्ष र मुद्दामामिला बारे जानकारी गराएपछि बालबालिका लाई प्रहरी प्रमुखको कक्ष, हातहतियार, मुद्दा शाखा समेत घुमाईयो । त्यसपछि महिला तथा बालबालिका सेलकी प्रमुख अनु राईले महिला सेलको काम बारे बताईन् । दर्ता भएका मुद्दा तथा तिनको प्रकृति बारे जानकारी गराईन् । सेलले घरेलु हिंसाका सधै घटनामा सहजीकरण र न्यायका लागि काम गर्छ ।
‘जिल्लामा भएका सबै फौजदारी मुद्दाहरु पहिलो पटक प्रहरीमा आउँछन्, त्यसपछि अदालतमा पुग्छन्’ भट्टराईले भने, ‘अनुसन्धान गर्ने प्रहरी भएकोले चौबिसै घण्टा काम गरेर अपराध नियन्त्रण र अनुसन्धान गरेका हुन्छौं ।’ प्रहरीले बिद्यालय तहमा प्रहरीको काम कर्तव्य र अधिकार बारे प्रष्ट पार्न सक्दा समाजमा अपराधका घटना धेरै नियन्त्रणमा आउने भन्दै यो कार्यक्रम गरेको बतायो ।

प्रहरीले सबैलाई हिरासतको पनि अवलोकन गराए । ‘पहिला पहिला प्रहरीले हिरासतमा राखेर यातना दिन्छ भनिन्थ्यो, अहिले त्यो छैन भन्ने अनुभूति दिन खोजेका हौं’ भट्टराईले भने, ‘ट्राफिक नियम पालना गराउने, अन्य दुर्घटना र अपराधबाट बचाउने बिषयमा तयार गरिएका डकुमेन्ट्रीहरु पनि बिद्यार्थी र शिक्षकलाई देखायौं ।’
ती डकुमेन्ट्रीबाट बालबालिकाले अभिभावकलाई समेत सम्झाउन सक्ने भएको प्रतिक्रिया दिए । प्रहरीले तयार पारेको दुव्र्यसन बिरुद्धको डकुमेन्ट्री र ट्राफिक नियम पालना सम्बन्धी डकुमेन्ट्री पनि प्रर्दशन गरेको थियो । ती प्रद्र्धशनपछि बालबालिकामा हौसला बढेको प्रअ बिमला गुरुङले बताईन् । ‘प्रहरी भनेको डर देखाउने संस्था नभई शान्ति सुरक्षाका लागि खटिने हो भन्ने बुझेका छन्’ गुरुङले भनिन्, ‘साथीसंगतले बिग्रने बालबालिका लाई दुव्र्यसन बाट टाढा बस्न पनि सिकाइयो ।’ प्रहरी समुदाय साझेदारी, मुस्कान सहितको सेवा, सामुदायिक प्रहरी र शान्ति सुरक्षा तथा दैविप्रकोप उद्दारमा प्रहरीको क्रियाशिलता बारे बुझाउन पनि यस्ता कार्यक्रम आवस्यक पर्ने उनले बताइन् ।