बागलुङ नगर र बडिगाडको नीति तथा कार्यक्रम

२०७७ लाई बागलुङ भ्रमण बर्ष

बागलुङ, ८ असार – आइतवार बागलुङ नगरपालिकाको पाँचौ नगरसभा र बडिगाड गाउँपालिकाको पाँचौ गाउँसभा सुरु भएका छन् । सभामा नगरप्रमुख जनकराज पौडेल र अध्यक्ष मेहरसिंह पाइजाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

बागलुङ नगरपालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने गरी नीति ल्याएको हो । पौडेलले प्रस्तुत गरेको नीतिमा आगामी बर्ष नगरपालिकाको भवन, सबै वडामा वडा कार्यालय निर्माण तथा बहुउद्धेश्यीय सभाहल बनाउने उल्लेख छ । डिपिआर निर्माण भएकोले ढल निकासको काम अगाडि बढाउने उल्लेख छ । सबै वडामा बाह्रै महिना सवारी चल्ने सडकको स्तरउन्नती गर्ने, बलेवामा औद्योगिक ग्राम निर्माण तथा नगर भित्रै कृषि क्याम्पस संचालन जस्ता बिषयलाई नीतिमा समावेश गरिएको हो । धौलागिरी अञ्चल अस्पतालमा स्वर्गिय सभासद हरि खड्काको स्मृतिमा हरि खड्का ट्रमा सेन्टर स्थापना, आमा बच्चा प्रोत्साहन कार्यक्रम संचालन गर्ने नीति लिइएको छ । गत बर्ष संचालनमा रहेको गरिबसँग ऋषिराम कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ । अमलाचौरमा कृषि उपज संकलन तथा आधुनिक शित भण्डार निर्माण गर्ने, कर्मचारी अभावले बन्द जस्तै भएको कृषि र पशुसेवा केन्द्रहरु संचालनमा ल्याउने, सुन्तला, कागती, चिया र किवी खेती प्रवद्र्धन गर्ने र नगरपालिका लाई घाँसको बीउमा आत्मनिर्भर बनाउने नीति लिइनेछ ।

नगरपालिकाले समपुरक कोष निर्माण गर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्ने, भगतसर्वजित बिश्वकर्माको स्मृतिमा नगरपालिकामा दिवश मनाउने समेत नीति लिइएको छ । मुस्लिम समुदायलाई निशुल्क स्वास्थ्य बिमा, पैयुपाटामा नगरस्तरीय अस्पता र नारायणस्थान र अमलाचौरमा १५ शैयाको अस्पताल बनाउने लक्ष छ । अनलाईन मार्फत सबै वडाको तथ्यांक संकलन गर्ने र पूर्ण सरसफाई भएका नगरभित्रका १ सय घरलाई पुरस्कृत गर्ने योजना पनि नीतिमा समावेश छ । आगामी २०७७ लाई बागलुङ भ्रमणबर्ष मनाउने नीति लिइएको छ । त्यसका लागि नगरभित्रका धार्मिक, पर्यटकीय र सास्कृतिक महत्वका क्षेत्रको पूर्वाधार निर्माण र प्रचार प्रसारमा कार्यक्रम संचालन गर्ने नीति लिइएको छ ।

यसैबीच बडिगाड गाउँपालिकाको नीति तथा कार्यक्रमले सामाजिक र समानुपातिक बिकास सहित गण्डकी प्रदेशकै नमूना गाउँपालिका बनाउने लक्ष राखेको छ । त्यस्तै योजनाबद्द बिकासका लागि दिर्घकालिन योजना बनाउने पाईजाले बताए ।

समाजमा विद्यमान कुरिती, बिसंगती तथा विकृतिको न्युनिकरण गर्ने, बिकासका पूर्वाधारको बिस्तार र पहुँच बढाउने तथा अवसरहरुको उपयोग गर्ने उद्देश्य सहित काममा लागेको पनि बताए । आगामी बर्ष सबै वडामा पूर्वाधार बिकास लैजाने भन्दै समृत बडिगाडका गौरवशाली नागरिक बन्ने अनुभूति दिलाउने कार्यक्रममा उल्लेख छ । सुशासनको प्रत्याभूति जनतासम्म लैजानका लागि भ्रष्टाचार ःहामीलाई थाहा छैन भन्ने नारा तय गरिएको छ । कृषिको व्यवसायिकीकरणमा जोड दिएको गाउँपालिकाले नीतिमा पनि रोजगारी सिर्जना गर्ने तथा कृषि, पशुपालन र फलफूल खेतीको व्यवसायिकीकरण गर्नेलाई टेवा पु¥याउने लक्ष राखिएको छ । सामाजिक न्याय ः गाउँपालिकाको पर्याय भन्ने नारा लिएर गाउँपालिकाले लैंगिक समानता र सामाजिक समावेशीकरण कार्यक्रम संचालन गर्ने भनिएको छ ।

संघिय सरकारले राखेको लक्ष झै गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी भन्ने नारालाई गाउँपालिकाले पनि आत्मसाथ गरेको छ । पर्यटन तर्फ सबै क्षेत्रको संभाव्यता अध्ययन गर्ने, चमेरे गुफा, शिवधुरी, थामाचौर, ठूलाचौर, केशव पोखरी, थानापति मन्दिर, अन्धाअन्धी ताल, लगायतको प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा लगानी गर्ने,, एउटा क्षेत्रमा कम्तिमा एउटा उद्योग ग्राम बनाउने लक्ष राखिएको छ । त्यस्तै शिक्षाको बिकास गर्न हरेक बिद्यालयमा अनिवार्य बालबिकासको नीति ल्याएको छ । आधारभूत स्वास्थ्यलाई आम नागरिकको पहुँचमा लैजाने, भाषा र संस्कृतिको प्रवद्र्धनमा जोड, लैगिक समानता र समावेशीकरण तथा खेलकुँदको बिकासमा पनि युवालाई जागरुक बनाउने नीति छ । ९० बर्ष नाघेका जेष्ठ नागरिकलाई बार्षिक ५ हजार रुपैयाँका दरले चाडपर्व खर्च दिने योजना पनि छ । गाउँपालिकाको प्रवद्र्धनमा कलम चालाउने पत्रकारलाई थानापति पत्रकारिता पुरस्कार दिने नीति समेत ल्याइएको छ । सडक, उर्जा, साना विद्युत, बिपद व्यवस्थापन लगायतको क्षेत्रमा पनि गाउँपालिकाको ध्यान जाने भन्दै नीतिले जोखिमका क्षेत्र पहिचान गर्ने समेत योजना छ ।