दबाबको भाषा बुझ्ने सरकार

शासकहरू सानोतिनो आन्दोलन लाई मान्दैन जबजब आन्दोलन बढ्दै जान्छ अनिमात्र माग लाई सम्बोधन गर्ने गर्छन् ।
अहिले देशमा धेरै खालको आन्दोलन चलिरहेको छ ।सबै भन्दा चर्चित आन्दोलन भनेको मिडिया काउन्सिल बिधेयकको बिरोध नै हो । नेपाल पत्रकार महासंघ नेपाल प्रेस युनियन लगायतका संघसंस्थाले अगाडि बढाएको आन्दोलन नै सबैभन्दा चर्चित हो भन्दा कसैको पनि दुई मत हुदैन होला ।पत्रकार महासंघको आन्दोलन पहिलो चरण दोस्रो चरण पार गरि अहिले तेस्रो चरणमा प्रवेश गरिसकेको छ ।

मिडिया काउन्सिल बिधेयक भन्दापनि पछि आएको गुठी सम्बन्धि बिधेयक उपत्यकामा जनलहर निस्के पछि सरकारले फिर्ता गर्ने बाध्य भयो ।तर हामी मिडिया कर्मिले उठाउदै आएको आन्दोलन किन अहिले तेस्रो चरणमा प्रवेश गर्दासमेत किन सफल भएन बिचार गर्नुपर्ने बेला भइसक्यो ।साच्चै अहिले हामीले जुन मुद्दा उठाएर आन्दोलन गरिरहेका छौ त्यो किन सफल भएन भनेर प्रश्न गर्ने हो भने यसको जवाफ पनि सहजै आउन सक्छ ।किनभने अहिले हामीले गरिरहेको आन्दोलन प्रभावकारी भएन मात्रै कर्मकाण्डे भयो यसको राम्रोसंग समिक्षा गर्न जरुरी छ ।एकातिर नेपाल पत्रकार महासंघको नेतृत्व गर्ने टोली र सरकारको टोली नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कै भएको कारणले पनि प्रभावकारी आन्दोलनका कार्यक्रम ल्याउन नसकेको हो भन्ने कुरा धेरैलाई थाहा छ । अहिले भएको पनि यहीँ नै हो हैन भने किन आन्दोलन माथि उठ्न सकेको छैन त रु यो प्रश्नको जवाफ नेपालका कलमजीबि पत्रकारले मात्रै हैन नेपाली जनताले खोजिरहेका छन् ।

साच्चै गुठी बिधेयक जसरी हलुका रूपमा राष्ट्रिय सभामा पेस गरियो राजधानी बासि जुरुक्क उठे । काठमाण्डौमा २०६२र२०६३ को आन्दोलन कै झल्को दिने खालको जनसागर उर्लियो । सरकारले यसलाई थाम्ने केही उपाए भेटेन अनि रातारात बिधेयक फिर्ता लिएको घोषणा गर्न बाध्य बन्यो शक्तिशाली सरकार ।अहिलेको सरकारको कुन भर बिश्वास नदेखेर आन्दोलन जारी राख्दै माइतीघर मण्डलमा हजारौं हजार जन सागर उत्रिए पछि बल्ल थाहा भयो भाडाका मान्छे हुन कि साच्चिकै गुठीयार हुन् ।अनि सरकार बाध्य भएर आफुले ल्याएको बिधेयक फिर्ता लिएको घोषणा गर्न बाध्य बन्यो ।सरकारले राम्रो काम गर्ने मनसाय भए पनि अहिले उसले गर्दै आएको गतिविधि हेर्दा त्यसको ठिक बिपरित देखिन्छ ।कतिपय काम गतिविधि राम्रो भए पनि उसले मात्रै नियत राखेर काम गर्ने गरेको देखिन्छ । सधैं सधैं दुई तिहाइको दभ्म देखाएर जनतालाई त्रसित बनाउने खेलमा सरकार लागि परेको देखिन्छ ।सके पेलेर लैजाने नसकेको खण्डमा पछि हट्ने रणनीतिमा सरकार लागि रहेको छ ।अहिले भन्न त आफुलाई जनताको सरकार भनेर चिनाउन चाहन्छन् तर काम व्यवहार भने मात्रै केही दलाल वर्गको गर्ने भन्दा अरू केही गर्न सकेको देखिदैन ।हिजो देशमा सरकार ९र९ महिनामा परिवर्तन हुन्थ्यो अनि कुनै पनि काम गतिविधि अगाडि बढ्न नसकेको यहाँ बहुमतको सरकार बन्यो भने देशको बिकास छिटोछिटो हुने देश समृद्ध शाली हुने भनेर सपना देखाइयो ।

अहिले मुलुकमा राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेका छन् ।हरेक दिन एउटा न एउटा कार्यक्रममा साच्चै देश र जनतालाई फाइदा हुने कुरा बोल्दैनन् बेढंग बेढंगका कुरा बोलेर समय कटाइ रहेकाछन् ।अहिले हास्य ब्यग्य कार्यक्रम हेर्न टेलिसिरियल नै हेर्न पर्दैन प्रधानमन्त्री र संचार मन्त्रीको भाषण सुने पुग्छ ।यतिबेला कलाकारले राजनीतिदलको नेताको भुमिका निभाइरहेका छन् भने राजनीतिदलका नेताले कलाकारको भुमिका निभाइ रहेका छन् ।अहिले सरकार भएको महसुस जनताले गर्न पाएका छैनन् ।सरकार अहिले कुहिरोको काग जस्तो भएको छ । सर्वोच्च अदालत ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै निकाय निकम्मा बनाउन सफल भए पछि अहिले बाकी रहेको निकाय भनेको संचार जगत नै हो ।अहिले सरकारले गर्ने हरेक गलत क्रियाकलाप लाई भण्डाफोर मिडियाले गर्ने गरेको कारणले पनि सरकारले मिडिया काउन्सिल बिधेयक ल्याएर मिडिया माथि नियन्त्रण गर्न चाहन्छ भन्ने कुरा दिनको घाम झै छर्लङ्ग छ । यति कुरापनी बुझ्न नसक्ने भए पछि कसरी हाम्रो माग पूरा हुन्छ  ? साच्चै शासक प्रशासकले बुझ्न भाषा भनेको कित दबाब कै हो कित प्रभाव कै हो यो भन्दा अर्को होला जस्तो लाग्दैन ।

अहिले मिडिया काउन्सिल बिधेयकको बिरोधमा ल्याइएको आन्दोलन मात्रै कर्मकाण्डे भएको हुनाले खासै गति लिन सकेको छैन ।यसलाई ससंक्त ढंगले अगाडि लग्न नसकेसम्म हाम्रो आन्दोलन सफल हुदैन भन्ने कुरा जबसम्म नेतृत्वले बुझ्न सक्दैन तबसम्म हामी २५ औ चरणको आन्दोलन गरेपनि केही हुने वाला छैन ।
सरकारले मिडिया काउन्सिल बिधेयक ल्याएको हुबहु पारित गरेको खण्डमा नेपालमा पत्रकारिता गर्न प्रत्येक दिन जोखिम मोल्नु पर्ने छ पत्रकार जरिवाना तिर्न र जेल जान तयार भएर बस्नुपर्ने निश्चित छ ।साच्चै आन्दोलन नै गर्ने हो भने सरकारलाई झुकाउने खालको आन्दोलन गर्न जरुरी छ । जबसम्म बिधेयक फिर्ता लिदैन तबसम्म सरकारका सबै कार्यक्रम बहिष्कार गर्ने कुनै पनि खबर लाई मिडियामा प्रकाशन प्रशारण नगर्ने प्रधानमन्त्री देखि मन्त्रीको कुनै पनि खबर र फोटो नदिने जस्तो कार्यक्रम ल्याउन जरुरी छ ।केही दिन अघि नेपाली कांग्रेसले संसद अबरोध गरेर प्रधानमन्त्री लाई बोल्न नदिदा पछि पत्रकार सम्मेलन गरेर मिडिया कै साहरा लिन बाध्य भए तर त्यहीँ आएर फेरि मिडिया लाई नै गाली गर्न भ्याए साच्चै भन्ने हो भने त्यो दिनको कार्यक्रम पत्रकारले पुर्ण रूपमा बहिष्कार गर्ने हिम्मत गरेको भए बल्ल ठेगानमा आउने थियो सरकार ।