बडिगाड गाँउपालिकाको बजेट ५५ करोड

बजेटमा पूर्वाधार बिकास, शिक्षा, कृषि र स्वास्थ्यमा प्राथमिकता

बागलुङ, १२ असार – बडिगाड गाउँपालिकाले बुधबार आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि ५५ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीषले प्रस्तुत गरेको बजेटमा पूर्वाधार बिकास, शिक्षा, कृषि र स्वास्थ्यमा प्राथमिकता दिएको छ । आगामी बर्षका लागि कुल बजेट मध्ये चालु खर्च तर्फ ३४ करोड ५ लाख बिनियोजन गरिएको छ । पूँजिगत तर्फ १९ करोड रुपैयाँ बजेट बिनियोजन गरीएको छ । गाउँपालिकाले आगामी बर्ष कर दस्तुरबाट २ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष बनाएको छ । ‘‘कृषी, शिक्षा, स्वास्थ्य, पयर्टन र पवूाधारः सुन्दर, सक्षम र समृद्ध बडिगाडको आधार’’ नारा तय गरीएको बजेटमा सोही अनुसारको प्राथमीकता कायम गरिएको प्रमुख प्रशाशकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले जानकारी दिदए ।

बजेटले बिभिन्न सात वटा बुँदामा आधारीत रहेर बडिगाडको विकास र समृद्धिको लागि काम गर्ने गरी बजेट बिनियोजन भएको छ । बिकासका पूर्वाधारहरुको विस्तार र पहुँच वस्तीस्तरसम्म बृद्धि गरी विकासका अवसरहरुलाई प्रयाप्त उपयोग गर्ने वातावरणको सिर्जन ागर्ने व्यवस्था बजेटमा मिलाईएको छ । गाउँपालिका भित्र समाबेशी समन्यायीक सार्वजनिक श्रोत सधानमा पहुँच अभिबृद्धि गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानि तथा उद्यमशिलताको विकास, विकासमा पछि परेका वडाहरुकमा प्राथमीकता, विकासका कार्यक्रम सञ्चालन गर्दा सरोरवाला सँग समन्वय, सामाजिक कुरीति बिसंगतीको न्युनिकरण, संगठनात्मक अभिबृद्धि र सुशासनमा बजेटले जोड दिएको छ । गाउँपालिकाले आधारभुत विकासका पूर्वाधार न्यून रहेका वडाहरुमा विकासका विशेष कार्यक्रमहरु सञ्चाmन गर्दै सवै वडाहरुलाई समानस्तरमा पु¥याउँदै बिकासमा बिषेश कार्यक्रम ल्याउने गरी बजेटको व्यवस्था गरिएको उपाध्यक्ष श्रीषले बताए । बडिगाडको बजेटले पूर्वाधार विकास, सामाजिक विकास, वन तथा वातावरणका क्षेत्रमा बजेटको व्यवस्थापन गरीएको श्रीषले बताए । कृषिलाई प्राथमीता र समाजिक परिवर्तनलाई मुल मर्म बनाएर बजेटको व्यवस्थापन गरीएको छ ।