दुई संस्करणको विजेता चिलीलाई स्तब्ध पार्दै पेरु फाइनलमा

काठमाण्डौ, १९ असार – पछिल्लो दुई संस्करणको विजेता चिलीलाई स्तब्ध बनाउँदै पेरु कोपा अमेरिकाको फुटबलको फाइनलमा प्रवेश गरेका छ । बिहिबार बिहान भएको खेलमा चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै पेरु प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पहिलो हाफको २१ औ मिनेटमा एडिन फ्लोरेसले गोल गर्दै पेरुका लागि सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३८ औ मिनेटमा योशिमार यतुनले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । सुरुवाती दुवै गोल आन्द्रे कारिलोको पासमा सम्भव भएको थियो ।

पहिलो हाफमा २–० गोलको अग्रता लिएको पेरुले खेलको अन्तिम मिनेटमा जोस पाओलो गुरेरोले गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए ।  जित संगै पेरुले फाइनलमा आयोजक राष्ट्र ब्रजिलको सामना गर्न छ । ब्रजिल र पेरु विचको फाइनल खेल असार २२ गते ‘इस्टादियो दो माराकाना’ स्टुडियम रियो द जेनरियोमा हुने छ ।