सुत्केरीलाई बरदान बन्दै गाउँका ‘बर्थिङ सेन्टर’

बागलुङ, २० असार – ‘व्यथा लागेपछि आत्तिँदै डोको काटेर बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’ तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमायाँ रसायीलले बिगत कोट्याउँदै प्रश्रव पिडा सम्झीईन् । गाउँमा दक्ष जनशहक्ती र स्वास्थय संस्था नभएको समय थियो आश मायाँले दुखा पाएको त्यो पल । ‘अहिले बाटो आएको छ, गाडी पनि आउँछन्’ रसायलीले भनिन् ‘एक दुइघण्टामा अस्पताल पु¥याँछ, आश गर्ने ठाउँ बनेको छ ।’ उ वेलाको जस्तो सिटामोलनै नपाउने अवस्था त अहिले छैन् तर पनि खुंखानीका महिलाहरुलाई अझैपनि बच्चा जन्माउने सुरक्षित ठाउँको भने अभावनै थियो । गर्भवती, नवजात शिशु र सुत्केरीहरुले सामान्य स्वास्थ्य सल्लाह सम्म नपाएका कारण जिल्लाको तमानखोला, निसीखोला र ढोरपाटनका कयौं महिला तथा वालवालिकाहरुले ज्यान गुमाएको तितो याथार्थ गाउँलेहरु सुनाउँछन् ।

एक दुई महिना पहिला सम्मपनि खुंखानीका गर्भवती महिलाहरुका लागि सामान्य समस्या पहिचान गर्न सक्ने स्वास्थ्य संस्था थिएन् । गर्भवतीको चेक जाँच गर्नका लागि आवश्यक सामान्य प्रयोगशाला, बच्चा गर्भवतीको लागि सहयोग गर्ने आवश्यक जनशक्ति ‘बर्थिङ सेन्टर’को अभाव लगायतका समस्या त्यहाँको महिलाहरुले भोग्दै आएका निसीखोलाकी स्थानिय ज्ञानकुमारी बुढाले बताईन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ९१ किलोमिटरको दुरीमा रहेको बुर्तिबाङ स्वास्थ्य चौकीले मात्रै समान्य अवस्थामा गर्भवती महिलालाई बच्चा जन्माउन सघाउँथ्यो । धेरै गाह्रो भयो भने त्यहाँबाट बागलुङ बजार र बागलुङ बजारबाट पोखरा पुग्नुपर्ने बाध्यात्मक परिस्थिती थियो ।
अहिले भने निसीखोलाको निसी सामुदायीक स्वास्थय क्लिनिक, तमानखोलाको खुंखानी स्वास्थ्य चौकी र ढोरपाटन सामुदायीक स्वास्थ्य क्लिनिकमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् । बर्थिङ गराउन सक्ने जनशक्ति उपलव्ध हुँदा हुँदै प्राविधिक समाग्रीका कारण सेवा उपलव्ध गराउन नसकेका ३ वटा स्वास्थ्य केन्द्रहरुमा प्रयोगशाला स्थापना भएका छन भने २ वटा प्रयोगशालाको स्तरोन्नती गरिएको छ ।

निसी, तमान र ढोरपाटनमा अहिले मातृशिशु मृत्युदर घटाउने अभियान चलेको छ । अभियानमा स्थानिय सरकार सहभागी भएका छन् उनिहरुलाई फेयरमेड फाउण्डेसन नेपाल नामक गैह्रसरकारी संस्थाले सघाएको छ । स्थानिय साझेदार संस्था भिमापोखरा युवा क्लव बागलुङले जिल्लाकै दुर्गम मानिने निसी, तमान र ढोरपाटनमा अभियानको सहजीकरण गरीरहेको छ ।‘अहिले धेरै सहज भएको छ, गाउँमै सुत्केरी गराउन पाउँदा गाउँलेहरु खुसीछन्’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने ‘हामी स्वास्थ्य सेवालाई अझै सहज बनाउन सहकार्यमा काम गछौं ।’ बागलुङको सबैभन्दा दुर्गम मानिने निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरु परिवर्तन हुन थालेपछी सर्वसाधारणले राहत महशुस गर्न थालेका छन् । ‘हामी त कम्ता दुःख पाईएन’ खुंखानीकी आशकुमारी रयसाइलीले भनिन् ‘अहिले यतै बच्चा पाउँने ठाउँ बनाएका छन्, अव पाउनेलाई मर्नु पर्दैन ।’

गाउँमा खुलेका ‘बर्थिङ सेन्टर’ले स्वास्थ्य कर्मिलाई पनि खुसी बनाएको छ । ‘यहाँ आउने गर्भवतीलाई सामान्य चेक जाँच गरेर बुर्तिङ जानुस भन्नु पर्दथ्र्यो, अव त्यो समस्या रहेन’ बोङ्गादोभान स्वास्थ्य स्वास्थ्य चौकीका अहेव राजनकुमार थापाले भने ‘तीन चार घण्टाको बाटो हिँडर जानु भन्दा आँफैलाई अफ्ठेरो लाग्थ्यो ।’प्रसुति गराउनका लागि आवश्यक सामग्री, प्रसुतिका चरणमा देखिने खतराको पहिचान गर्न प्रयोगशाला नभएका कारण पहिले पहिले सिधै बुर्तिबाङ पठाउने गरेको उनले सुनाए । फेयरमेडले ‘बर्थिङ सेन्टर’का लागि आवश्यक सामग्री, यन्त्र उपकरण, औषधिका साथै स्वास्थ्य स्वयंसेवीकालाई तालिम, बच्चा जन्मेपछि हुने हुने संक्रमणबाट बचाउन स्वास्थ्य कर्मीलाई तालिम र नर्स नभएका ठाउँहरुमा प्यारामेडिक्र्सहरुलाई सुरक्षित प्रसुतीको बिषयमा तालिम, बच्चायालर्् सिताङ्ग हुनबाट जोगाउन ‘बेबी वार्मर’ मेसिन दिएको छ । स्वास्थ्य संस्थामा उपलव्ध रहेको जशक्तिलाई परिचालन गरेर सेवा दिन स्थानिय तहहरुले व्यवस्था मिलाएका छन् ।

‘बर्थिङ सेन्टर’ स्थापना भइसकेपछि गाउँका अधिकांश गर्भवति महिलाहरु प्रसुति हुन स्वास्थ्य चौकी आउने गरेको उनले बताए बताए । ‘पहिलेको तुलनामा अहिले धेरै सुधार भएको छ, पहिले धेरै महिलाहरु घर मै सुत्केरी हुनुहुन्थ्यो,’ थापाले भने ‘अहिले धेरै महिला दिदीबहिनीहरु प्रसुति हुन स्वास्थ्य संस्थामा आउनुहुन्छ, गाउँमा यदाकदा अझै पनि घर मै सुत्केरी हुने चलन छ ।’ तमानखोलामा बोङ्गादोभान स्वास्थ्य चौकी, खुङ्खानी स्वास्थ्य चौकी र तमान स्वास्थ्य चौकी गरी ३ वटा बर्थिङ सेन्टर रहेका छन् । निसीखोलामा बोहरागाउँ स्वास्थ्य चौकी, देविस्थान स्वास्थ्य चौकी, निसी स्वास्थ्य चौकी र राजकुट स्वास्थ्य चौकीमा गरि ४ वटा बर्थिङ सेन्टर रहेका छन् । ढोरपाटनमा बुर्तिबाङ र ढोरपाटनमा बर्थिङ सेन्टर स्थापनमा हुँदा गर्भवती महिलाहरुलाई सहज भएको हो ।