बागलु्ङमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फको खेल सम्पन्न

बागलुङ, २४ असार – बागलुङमा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिती बागलुङले जिल्लाका दुई पालिका सँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सहकार्य गरेका छन् । बागलुङ, गल्कोट र बडिगाड गाउँपालिकाका बिद्यालयहरुबाट खेलाडि प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगिता अन्र्तगत सोमबार एथलेटिक्स तर्फको सबै खेल सम्पन्न भएकाछन् । एथलेटिक्सअन्र्तगत छात्रा सटफुटतर्फ धवलागिरी बहिरा माविकी तिलदेवी खर्वुजा प्रथम, सिगाना माविकी सोविना जि.सी द्वितीय र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलकी आशिका खड्का तृतीय भएका छन् । छात्रतर्फ सिगाना माविका बलबहादुर चर्मकार प्रथम, धवलागिरी वहीरा आवसिय माविका नवराज गुरु द्वितीय र चिल्ड्रेन लाइफका मनोज थापा तृतिय भएका छन् । १५०० मिटर छात्रको दौडतर्फ धवलागिरी विरेन्द्र माविका मन बहादुर बुढा मगर प्रथम, सिगाना माविका सोदिप सुवेदी द्वितीय र मिन बहादुर किसान तृतीय भएका छन् । ज्याभलिङथ्रो छात्रतर्फ विद्यामन्दिर माविका समिर खड्का प्रथम, सिगाना माविका बलबहादुर चर्मकार द्वितीय र न्यू एभरेष्ट बोर्डिङ स्कुलका सिजन थापा तृतीय भएका छन् । छात्रा ज्याभलिङथ्रोतर्फ भने चिल्ड्रेन लाइफकी आशिका खडका प्रथम, विद्यामन्दिर माविकी पुष्पा राना द्वितीय र धवलागिरी बहिरा आवसिय माविकी मिना चोखाल तृतीय भएकी छन्् । ८०० मिटर छात्र दौडतर्फ चिल्ड्रेन लाइफका सुनिल नेपाली प्रथम, सिगाना माविका मनोज खड्का द्वितीय र न्यू एभरेष्टका सनराम विक तृतीय भएका छन् । छात्रा तर्फ भने सिगाना माविकी सोविना जि.सी प्रथम, चिल्ड्रेन लाइफकी सवनव चोखाल द्धितीय र न्यू एभरेष्टकी निशा खड्का तृतीय भएकी छिन् ।

४०० मिटर छात्र दौडतर्फ सिगाना माविका साजन खत्री प्रथम, एरा मदरल्याण्डका जनक छन्त्याल द्वितीय र धवलागिरी वहिरा आवासियका देवेन्द्र साउ तृतीय भएका छन् । छात्रा दौडतर्फ चिल्ड्रेन लाइफकी समिक्षा खडका प्रथम, न्यू एभरेष्टकी सोनिया परियार द्वितीय र विद्यामन्दिर माविकी पुष्पा राना तृतीय भएकी छन् । छात्र लङ्जम्पतर्फ जनताधन माविका रविन्द्र सुवेदि प्रथम, धवलागिरी वहिरा माविका वैद्यानाथ चौधरी द्वितीय र चिल्ड्रेन लाइफका आषिक थापा तृतीय भएका छन् । छात्रा तर्फ सिगाना माविकी रक्षा जि.सी प्रथम, न्यू एभरेष्ट माविकी एलिना थापा मगर द्वितीय र धवलागिरी बहिरा आवसियकी जमुना आचार्य तृतीय भएकी छन्् ।

त्रिपलजम्प छात्र तर्फ जनताधन माविका सुरज कार्की प्रथम, सिगाना माविका सागर सर्की द्वितीय र चिल्ड्रेन लाइफका प्रमोद महत तृतीय भएका छन् भने छात्रा तर्फ चिल्ड्रेन लाइफकी रिमा महत प्रथम र सिगान माविकी सुस्मिरा जि.सी द्वितीय भएकी छन्् । २०० मिटर छात्रा दौडतर्फ चिल्ड्रेन लाइफकी रिमा महत प्रथम, धवलागिरी बहिरा आवसियकी अनिता बुढा मगर द्वितीय र न्यू एभरेष्ट बोड्र्रिङ स्कुलकी निशा खड्का तृतीय भएकी छिन्भने छात्रतर्फ चिल्ड्रेन लाइफका लोकेन्द्र पुन प्रथम, सिगाना माविका सागर सार्की द्धितीय र धवलागिरी वहिरा आवसियका सरोज थापा तृतीय भएका छन् । १०० मिटर छात्रतर्फ चिल्ड्रेन लाइफका मनोज थापा प्रथम, धवलागिरी बहिरा आवासियका देवेन्द्र सारु द्धितीय र सरोज थापा तृतीय भएका छन्भने छात्रातर्फ धवलागिरी बहिरा आवासियकी लिलादेवी खर्वुजा प्रथम, न्यू एभरेष्ट एकेडेमीकी सोलिना परियार द्धितीय र चिल्ड्रेन लाइफकी समिक्षा खड्का तृतीय भएका छन् । हाइजम्पमा छात्रतर्फ धवलागिरी बहिरा आवसियका वैधानाथ चौधरी प्रथम, रुद्रेपिपल माविका सुमन वि.क द्धितीय र एरा मदरल्याण्डका सरोज थापा तृतीय भएका छन् । त्यसैगरी, हाईजम्प छात्रातर्फ सिगाना माविकी पुजन खड्का प्रथम, न्यू एभरेष्टकी लक्ष्मी पौडेल द्धितीय र धवलागिरी बहिरा आवसियकी जमुना आचार्य तृतीय भएका छन् । ३००० मिटर लामो दौड छात्रातर्फ सिगाना माविकी आसी जि.सी प्रथम, न्यू एभरेष्ट बोर्डिङकी सशुन छेत्री द्धितीय र चिल्ड्रे लाइफका आशिका खड्का तृतीय भएका छन । छात्रतर्फको दौडमा सिगाना माविका सोदिप सुवेदी प्रथम, धवलागिरी बहिराका निराजन सुवेदी द्धितीय र चिल्ड्रेन लाइफका दिवस सापकोटा तृतीय भएका छन् । ४०० गुणा ४ रिले दौड छात्रातर्फ भने सिगाना माविकी रक्षा जि.सी, आरती जि.स र सोविना जि.सी प्रथम भएका छन् भने चिल्ड्र लाइफका सुस्मिता जि.सी, रिमा मल्ल, र सवनम चोखाल द्धितीय र न्यू एभरेष्टका सोनिया परियार प्रथम, निशा खड्का द्धितीय र एलिना थापा तृतीय हुन सफल भएका छन्भने छात्रतर्फ सिगाना माविकै साजन खत्री, सागर सार्की र सुदिप सुवेदी प्रथम हुन सफल भएका छन्भने चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका लोकेन्द्र पुन, पवन पुन र संजिव श्रृष द्धितीय हुन सफल भएका छन् ।

१०० गुण ४ मिटर रिले दौड प्रतियोगितामा सिद्वार्थ शिक्षा सदनका शुसित चौधरी, श्रृजन श्रेष्ठ, पवन पुन र सुमित पुन प्रथम हुन सफल भएका छनभने छात्रातर्फ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका समिक्षा खड्का, सन्धरा कार्की, समिक्षा पन्त र सवनाम चोखाल प्रथम हुन सफल भएका छन् । प्रतियोगिताको पहिलो दिन एथलेटिक्स खेल सम्पन्न हुँदा छात्रतर्फ सिगाना मावि र चिल्ड्रन लाइफले समान ४–४ जित हात पारेका छन्भने छात्रा तर्फ पनि समान ५–५ जित हात पारेका छन् । प्रतियोगिताको दोस्रो दिन भलिबल र कवड्डी तर्फको खेल सम्पन्न हुने छ । २ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा बागलुङ नगरपालिका, गल्कोट नगरपालिका र बडिगाड गाँउपालिकाका गरी ११ विद्यालयको सहभागिता रहेका छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजारसहित असार २६ गते पोखरामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड सहभागिता जनाउने छन् ।