ढोरपाटनमा च्याउ खाँदा ७ जना विरामी

बागलुङ, २८ असार – बागलुङमा जङगली च्याउ खाँदा सातजाना विरामी परेका छन् । ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीय सुजाता थापा, ५ वर्षीय उनका छोरा आयुष थापा, बडिगाड गाउँपालिका–३ शिसाखानी घर भइ हाल ढोरपाटन–२ सेरामा डेरा गरी बस्दैआएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीय श्रीमती प्रेमकुमारी पुन, ५ वर्षीय छोरा सन्दिप पुन, १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारिखेतका ५८ वर्षीय मनिकला महत विरामी परेका हुन् ।
च्याउ खाएपछि बिरामी परेका सातैजना अचेत अवस्थामा रहेको पाइएको र उनीहरु बिरामी परेको सूचनापछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताए । उनीहरु सबैलाई सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको केन्द्रका डाक्टर कृष्ण श्रेष्ठले जानकारी दिए ।