तिन दिने कुसन बनाउने आधारभुत तालिम सम्पन्न

बागलुङ, २९ असार – बागलुङमा आइतबार ३ दिने कुसन बनाउने आधारभुत तालिम सम्पन्न भएको छ । छिमेकी लघुवित वित्तिय संस्था लि बागलुङ शाखाको आयोजनामा सम्पन्न तालिममा ३५ जना महिलाहरुलाई तालिम दिइएको थियो ।
समापन कार्यक्रममा बोल्दै बागलुङ शाखाका अनुगमन प्रमुख प्रेम नायाजुले यस प्रकारका व्यवसायिक सिपमूलक तालिमले व्यक्तिहरुमा आत्मनिर्भरता बढ्नुका साथै आर्थिक उर्पाजनको बाटो खोज्न समेत मद्दत पु¥याउने बताए । वैंकले कर्जामा मात्र नभई वित्तिय जागरण संगै व्यवसायिकता प्रदान गर्न सिपमुलक तालिममा समेत जोड दिएको नायाजुको भनाई थियो ।
समापन कार्यक्रम शाखामा उत्कृष्ट रहेका इकाइका विपन्न सदस्यका छोरीरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो । संस्थले वर्षेनी महिलाहरुलाई विभिन्न कृषी तथा पशुपालन सम्वन्धी तालिम प्रदान गर्दै आएको छ । संस्थाको बागलुङ शाखामा रहेका ६०८ जना सदस्यहरु मध्य विपन्न तथा मध्यम वर्गका गरी ३५ जना महिलाहरुलाई छनोट गरी कुसन बनाउने तालिम प्रदान गरेको थियो । ३ दिन सम्म सञ्चालन भएको तालिमको सहजिकरण ज्योती शाक्यले गरेका थिए ।