ताराखोलामा जारी असारे मेलामा आयोजित भलिबलको उपाधि आँधिवेहरी र जलजलालाई

बागलुङ, ३१ असार – ताराखोलामा जारी असारे मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि आँधिबेहरी टीम गल्कोटले जितेको छ । फाईनल खेलमा आदर्श युवा क्लबलाई पराजीत गर्दै आँधिबेहरी टीम गल्कोट प्रथम हुन सफल भएको हो । विजेता टोलीले रु ८० हजार पुरस्कार राशी हात पारेको छ ।

महिला भलिबलको उपाधि भने बडिगाड गाउँपालिकाको जलजलाले जितेको छ । विजेता बन्ने क्रममा जलजलाले प्रगतिशील युवा क्लब म्याग्दीलाई पराजित गरेको थियो। जलजलाले उपाधिसंगै नगद २५ हजार रुपैयाँ हात पारेको छ । विजेता स्वरुप जलजलाले नगद २५ हजार पुरस्कार राशी  हाँसिल गरेका छ । प्रतियोगितामा पुरुप भलिबल तर्फ २५ टिम र महिला तर्फ ७ टिमले सहभागिता जनाएका थिए । यसैगरी, नृत्य प्रतियोगितामा सिलेको भदौरे मेला व्यवस्थापन समिति प्रथम र काठेखोला गाउँपालिकाको बिहानी युवा क्लब द्वितिय तथा जुल्फे नाट्य क्लब सान्त्वना भएका छन् ।