लायन्स क्लबको प्रि जोन मिटिङ सम्पन्न

बागलुङ, ४ साउन – हामी सेवा गर्छौ भन्ने भावना अनुसार खुलेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ३२५ बि १ नेपाल अन्तर्गतका ८ वटा लायन्स क्लबहरूको प्रि जोन मिटिङ बागलुङमा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ धौलागिरि बागलुङ लायन्स क्लब अफ बागलुङ कालीका लायन्स क्लब अफ बागलुङ सिटी लायन्स क्लब अफ बागलुङ लायन्स क्लब गलकोट सिटी लायन्स क्लब अफ बागलुङ कालीगण्डकी लायन्स क्लब अफ पन्चकोट लायन्स क्लब अफ पिस टाउनको संयुक्तरूपमा प्रि जोन मिटिङ गरेर एक बर्ष भित्र क्लबले गर्ने काम गतिविधि बारे छलफल गरिएको थियो । 

लायन्स क्लब जोन चेयपर्सन कबिता बस्नेत र जोन चेयर्पसन युक्त प्रसाद सुवेदीले लायन बर्ष २०१९ र २०२० लाई कसरी सफल पार्न सकिन्छ लायन्स क्लबले ल्याएको निति नियम अनुसार अगाडि बढ्ने खालको कार्यक्रम ल्याएर समाजमा जानुपर्ने धारणा  राखेका थिए ।

कार्यक्रममा सिनियर एडभाइजर काजीमान गुरूङ, लायन्स क्लबका डेपुटी डिपार्टमेन्ट चिप राजेशचन्द्र राजभण्डारी , रिजन चेयरपर्सन बसन्त कुमार श्रेष्ठ , पियारो दुर्गा कुबँर, पिआरओ रत्नादेबी भण्डारी, लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष राजन कुमार शाक्य, लायन्स क्लब अफ बागलुङ कालीकाका अध्यक्ष गोबिन्द सुवेदी, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष दिपा कुमारी जीसि , लायन्स क्लब अफ बागलुङका अध्यक्ष बिकास पौडेल , लायन्स क्लब अफ बागलुङ गलकोट सिटीका अध्यक्ष रामप्रसाद शर्मा , लायन्स क्लब अफ पन्चकोटका अध्यक्ष गणेश लम्साल , लायन्स क्लब पिस टाउनका अध्यक्ष मिना जिसी कडेल ,लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष दल बहादुर थापा लगायतले धारणा व्यक्त गरेका थिए ।
प्रि जोन मिटिङको अध्यक्षता जोन चयर्पसन युक्त प्रसाद सुवेदी को अध्यक्षता र जोन चेयर्पसन कबिता बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।