बावुले चलाएको गाडीले कुलचिदा ७ वर्षीय छोराको मृत्यु

बागलुङ, ५ साउन – गाडी पछाडी गर्ने क्रममा कुलचिएर बागलुङमा एक बालकको मृत्यु भएको छ । काँठेखोला गाउँपालिका १, मानाङ डाँडामा ग १ ज ७१८१ नं को गाडी चालक शशीलाल थापाले गाडी पछाडी गर्ने क्रममा थापाका ७ वर्षीय छोरा सलीन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका नायव प्रहरी उपरीक्षक झविन्द्र प्रसाद भट्रराईले जानकारी दिए ।
गाडीको पछाडी झुण्डीएर बसेका सलीन थापालाई चालक (बाबु) ले देख्न नसक्दा गाडी पछाडी गर्ने क्रममा थापा खस्दा गाडीले कुलचिएको र मृत्यु भएको भट्रराईले जानकारी गराए ।