पहिरोका कारण गल्कोटमा १ जनाको मृत्यु

बागलुङ,७ साउन – गत रातिदेखी निरन्तर रुपमा परेको अबिरल बर्षा सगैंको पहिरोको कारण गलकोट नगरपालिका बडा नम्बर ८ ज्यामिरेमा पुरीएर एक जनाको ज्यान गएको छ । वडा नम्बर ८ ज्यामिरे मा मंगलबार बिहान घर तथा गोठ माथिबाट पहिरो झरेपछि गोठ भित्र काम गदैं गरेकी १७ बर्षकी सिता गौतमको पुरीएर ज्यान गएको हो । स्थानिय पिताम्बर गौतमको घर तथा गोठ माथिबाट बिहान करिब साढे ५ बजेको समयमा पहिरो गएको थियो । अन्य परिबारका सदस्य भने घरमा रहेकोले सुरक्षित रहेको गलकोट नगरपालिका वडानम्बर ८ का वडा सदस्य पुर्ण बहादुर बिकले जनाकारि दिए । पहिरोमा पुरीएकी गौतमकोे करिब १ घण्टा पछि पहिरोबाट शब निकालीएको बिकले बताए ।

अहिले पनि गलकोटमा भारि बर्षा भैरहेको छ । स्थानियबासि जनप्रतिनिधी लगाएतले उद्धारमा खटिएका छन् । गोठदेखी करिब २० मिटर माथिबाट झरेको पहिरोले गोठमा रहेको एउटा लैनो भैसि एउटा पाडो र २ ओटा बाख्रा पुरीएका छन् । अहिले घटना स्थलमा प्रहरी जनप्रतिनिधी राजनैतिक दलका प्रतिनिधी तथा स्थायिबासि सहभागि रहेको स्थानिय ढालेन्द्रप्रसाद गौतमले जानकारि दिए । निरन्तर भारि बर्षा भरहेको हुदा घर समेत उच्च जोखिममा रहेको छ । गौतम शिब माध्यमिक बिद्यालय राजबगरमा कक्षा १२ मा अध्ययनरत थिइन ।