विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस

बागलुङ, ७ साउन – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस सोमबार बागलुङमा पनी मनाइँएको छ । नेपाली काग्रेस जिल्ला कार्यसमिति बागलुङले बागलुङ नगरपालिका १ मालढुङगा खुदुर्केमा रहेको विपि वाटिकामा वृक्षरोपण तथा पुराना विरुवा गोडमेल गरि स्मृती दिवस मनाएको हो । कार्यक्रममा विपि कोईरालाको योगदानको वारेमा चर्चा गर्दे संविधान सभा सदस्य तथा पुर्व पार्टी सभापती प्रकास शर्मा पौडेलले कोईरालाले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताए । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान उनले बताएका थिए ।
नेपाली काग्रेस बागलुङका सभापती दिपेन्द्र थापाले कोईरालाले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गर्न महत्वपुर्ण योगदान पु¥याएको बताए । सो कार्यक्रमको संचालन सचिव नवराज पौडेलले गरेका थियो ।
विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थियो ।
तर, जननिर्वाचित सरकारलार्ई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्त गरि निरंकुश शासन शुरु गरेपछि कोइरालासहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो ।