दिउँसो कक्षा चलाउन दोहो¥याएर पत्रचार

बागलुङ, १० साउन – शिक्षा बिभागको निर्णय अनुसार बागलुङ नगरपालिकाले सबै बिद्यालयलाई दिउसोमा कक्षा संचालन गर्न दोश्रो पटक पत्राचार गरेको छ । दोहोरो सुबिधा खाने र भौतिक संरचना नबनेको बाहना देखाएर बिद्यालयहरुले अटेर गरेपछि नगरपालिकाले दोहो¥याएर पत्र पठाएको हो । गत जेठ १५ गते पठाएको पत्रको कार्यान्वयन नभएपछि असार २९ गते दोश्रो पत्र पठाएको थियो । साथै नगरपालिकाले पटक पटक टेलिफोन र भेटेर पनि बिद्यालयहरु दिउसो संचालन गर्न आग्रह गरेको हो । बिद्यालयहरुले भने पत्राचारको अटेर गरिरहेका छन् । अटेर गर्नेमा बिद्यामन्दिर माबि र कालीका कन्या माबि छन् । ती बाहेक सदरमुकाममा चलेका निजी बिद्यालयहरु छन् । नेपाल सरकारले कक्षा १ देखि १२ सम्मलाई माध्यामिक बिद्यालयमा राखेपछि अनिवार्य दिउसोमा चलाउनुपर्ने प्रावधान राखेको हो । उक्त प्रावधान पटक पटक उलंघन भएको छ ।
अघिल्लो बर्षपनि पत्र पठाएकोमा भवन निर्माणाधिन भएको भन्दै समय मागेका बिद्यालयले अझै बिहानै कक्षा चलाएका हुन् । बिद्यामन्दिर माबिको कारण देखाएर अन्य बिद्यालयले पनि बिहान कक्षा चलाएका छन् । ‘अघिल्लो बर्षपनि समय मागिएकोले दोहो¥याएर पत्राचार गर्नु परेको हो’ नगरशिक्षा अधिकारी दण्डपाणी शर्माले भने, ‘दिउसो कक्षा चलाएमा बालबालिकाले पूर्ण समय पढ्न पाउँछन् ।’ नगरपालिकाले तीन महिना अघि देखि सबै बिद्यालयमा एउटै खाता चलाउन पनि निर्देशन दिएको छ । परिमार्जित नियमाबली अनुसार बाल बिकास केन्द्रको समेत फरक खाता राख्न नपाउने नियम छ । उक्त नियम बिपरित सदरमुकाममको बिद्यामन्दिर माबिमा अझै ७ खाता संचालनमा ल्याइएको छ । ती मध्ये ३ खाता प्रअ र अध्यक्ष बिनाका शिक्षकको हस्ताक्षरमा चल्छ । ‘म प्रअ भएर आएको तीन महिना भयो, मेरै हस्ताक्षरले नचल्ने खाता पनि रहेछ, किन यस्तो भयो कुरा बुझ्दैछु’ ढकालले भने, ‘उच्च माबि खारेज भैसक्यो, शिक्षकहरु अझै उमाविको खाता चलाउन खोज्दैछन् ।’ तलब, मसलन्द र अन्य रकम पठाउन कठिनाई भएको भन्दै नगरपालिकाले एउटै खाता चलाउन निर्देशन दिएको थियो । ती खाता बन्द गर्ने काम भएको छैन । ‘प्रअ भएपछि हामीले अरु चिन्ने कुरा भएन, खाता प्रअकै हस्ताक्षरमा चलनुपर्छ’ शर्माले भने, ‘स्थानीय तहबाटै निकासा हुने बजेट जुनपायो त्यही खातामा पठाउने कुरै भएन ।’ शिक्षा बिभागले पनि एउटै खाता बनाउन भनेको छ । बिद्यामन्दिर माबिको राष्ट्रिय बाणिज्य बैंक, ग्रीन डेभलपमेन्ट बैंक र प्रगती सहकारीमा रहेका तीनवटा खातामा उच्च माबि संयोजक रहेका मनोज रोकाको हस्ताक्षर चलिरहेको छ । नेपाल सरकारले तीनबर्ष अघि उच्च माबि खारेज गरिसकेको छ । स्थानीय तह गठनपछि कक्षा १ देखि १२ सम्म पढाई हुने माध्यामिक बिद्यालय बनेका छन् । तर उक्त खाता रोकाको हस्ताक्षरमा चलेको अध्यक्ष सुवास कुमार राजभण्डारीले बताए । यस अघि माबि तहको प्रअ स्नातकोत्तर नभएका बिद्यालयमा उमाबि संयोजकको राख्ने चलन थियो । बिगत तीन बर्षदेखि बिद्यामन्दिरमा स्नातकोत्तर उत्तीर्ण शिक्षक प्रअ छन् । ‘स्नातकोत्तर भएका प्रअ आएपछि उमाबि हेर्ने छुट्टै संयोजक चाहिंदैन’ ढकालले भने, ‘बरु सहसंयोजक राखेर संकायहरु हेर्ने बनाउन सकिन्छ ।’ खारेज भएको उमाबि संयोजक भएकै कारण रोकाले मासिक १७ हजार १ सय रुपैयाँ शिक्षण भत्ता खान्छन् । उनी उमावि तह अध्यापन गराउने भएकोले माबि द्वितिय श्रेणी सरहको तलब पाउँछन् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीका अनुसार गत महिना बिद्यालयले बिज्ञान संकायका रोका सहित बिष्णु काफ्ले, यामबहादुर पोखरेल र प्रकाशप्रसाद सापकोटालई ओभरटाइम भत्ता दिंदा १ लाख ६ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको थियो । जेठमा अधिकांस दिन कक्षा ११ र १२ को पढाई थिएन । चारैजना शिक्षकहरुले बिज्ञान भत्ता २ हजार ४ सय, अन्य भत्ता १ हजार ८ सय, अतिरिक्त भत्ता २ हजार ९ सय र ल्याबव्वाई भत्ता ३ हजार खाने गरेका छन् । अध्यक्ष राजभण्डारीले एउटै शिक्षकलाई फरक फरक खाताबाट फरक फरक शिर्षकमा तलब नदिने अडान लिएका छन् । ‘सरकारले तोकेको तलब खानेहो, फक बैंकखाता बनाएर एउटै शिक्षकले ४ थरी तलब खाएका छन्’ राजभण्डारीले भने, ‘अब मैले कुनै हालतमा दोहोरो तलब दिन सक्दीन ।’ ‘शिक्षामा पनि यस्तो बेथिती हुने रहेछ बल्ल थाहा पाएँ’ उनले भने । संयोजक रहेका रोकाले भने मेहेनत गरे अनुसार समितिले निर्णय गरेर भत्ता र थप तलब खुवाएको दावी गरे ।