ताराखोला, बितेको आर्थिक बर्ष र भविष्य

विभिन्न राजनैतिक घटनाक्रम र उतार चढावको बीचबाट ढिलै भएपनि लामो समयसम्म रहेको राजनैतिक संक्रमणपछि राजनीतिक स्थायित्व सुशासन,विकास र सम्वृद्धिको अनुकूल वातावरण बन्नु आमनागरिक र राष्ट्रका लागि सकारात्मक पक्ष हो । नेपालको नयाँ सविधानद्धारा स्थापित गरिएको पद्धति, संघियता, यसको ढाँचा अनुसार संघ, प्रदेश र स्थानीय सरकार अनुसार जनताको दैनिक सरोकारका विषयहरुसँग प्रत्यक्ष सरोकार राख्ने हुँदा आम नागरिकको घरदैलोसम्म शासन र अधिकार पु¥याई सहज ढंगले सेवा प्रवाह गर्ने, तीव्र र सन्तुलित आर्थिक विकासको माध्यमबाट समाज सम्वृद्ध बनाउने, सुशासनको माध्यमबाट सुखको अनुभूति गराई संविधानको मुल मर्म÷ भावना अनुसार समाजवाद उन्मुख अर्थतन्त्रको विकासको आधार निर्माणमा प्रत्यक्ष ढंगले आम नागरिकलाई जागरुक गराउनु स्थानीय सरकारको प्रमुख जिम्मेवारी भित्र रहन्छ । यो जिम्मेवारी पूरा गर्न नेपाल सरकारको लक्ष्य र उद्देश्य प्राप्तिको लागि स्थानीय सरकार संचालनमा अभिन्न अंगले जोडिएका राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुन्छ । यस सन्दर्भमा ‘कृषि,वन,खनिज र पर्यटन उद्यमशिलताको लागि सवल पुर्वाधार ः सम्वृद्ध र आत्मनिर्भर ताराखोलाको मूल आधार’ भन्ने नारासहित योजनावद्ध विकासको मार्गदर्शनसहित यस ताराखोला गाउँपालिकाले आ.व. २०७६÷०७७ को निति तथा कार्यक्रम र बजेट निर्माण गरी आवधिक योजना र पन्चवर्षीय विकास योजना तर्जुमा गरी आवधिक योजनालाई मुख्य आधार बनाई बजेट बनाउने प्रयत्न गरेको छ । २०७७ साललाई ताराखोलाको भ्रमण वर्षको रुपमा मनाउनको लागि २०७६÷०७७ को बजेट नीति तथा कार्यक्रम परिचालन गरी पर्यटन पूर्वाधार विकासको लागि महत्वपूर्ण हुनेछ भन्ने अपेक्षा गरिएको छ , यसलाई सही ढंगले कार्यान्वयन गर्न प्रारम्भिक चरणबाट काम अगाडी बढाउन जरुरी देखिन्छ ।

२ वर्षको स्थानीय सराकरको संचालनको अनुभवलाई हेर्दा पहिलो वर्ष सिकाई र अनुभव संगाल्ने वर्ष रहयो । साथै, सरकार संचालनका लागि चाहिने विभिन्न ऐन, नियम तथा कार्यविधि निर्माणको वर्ष पनि त्यही बन्यो । दोस्रो वर्ष नीति तथा कार्यक्रमका सबै योजनाहरु कार्यान्वयनगर्दै वार्षिक बजेट सन्तोषजनक ढंगले कार्यान्वयन भएपनि यसैलाई नै सम्पूर्ण हो भन्न सकिँदैन । ताराखोला गाउँपालिकाले आ.व. २०७६÷०७७ योजनावद्ध र जनसहभागितामूलक विकास, प्रत्यक्ष परिणाममुखी नतिजाको लागि प्रतिवद्धतासहितको कार्यान्वयन लक्ष्य र प्रथम पञ्चवर्षीय आवधिक योजनाको माध्यमबाट बजेट निर्माण गर्ने प्रयत्न गरेको छ । सुशासन, जवाफदेहीता र पारदर्शिताको लागि सर्वदलीय, सर्वपक्षीय अन्तरक्रिया, जनतासँग जनप्रतिनिधि तथा सार्वजनिक सुनवाई कार्यक्रमहरुलाई संचालनमा ल्याएको छ । संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्य र समन्वयको माध्यमबाट महत्वपूर्ण सडकहरु रिजलचोक– अमरभूमी– अर्गल–तारा– म्याग्दी सडक, रिजलचोक– माझखर्क– भँैसे सडक, माझखर्क–खरिखोला–अर्गल भातखानेडाँडा सडक, हटिया– हरिचौर– घुस्मेली –तारा–दोगाडी–नावेली खोला सडक प्राथमिकरण भई कार्यन्वयन प्रक्रिया अगाडी बढेका छन् । खानेपानी, विद्युत मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि कार्यक्रम, गरिवी निवारणसम्बन्धि कार्यक्रम, स्वास्थ्यका पूर्वाधार निर्माण, औषधी र उपकरण व्यवस्थापनका कार्यक्रमहरु बहुउदेश्यीय सभाहल निर्माण, नमूना कृषि कार्यक्रम, होमस्टे संचालकका लागि तालिम, गाउँ शिक्षा समिति गठन, आवधिक शिक्षा योजना निमार्ण, कृषि र पशु विकास मार्फत गरीव किसानका लागि आयआर्जन कार्यक्रम, व्यावसायिक कृषक किसानका लागि स्वरोजगार कार्यक्रमहरु संचालनमा रहेर प्रधानमन्त्री कृषि आधुनिकीकरणका लगि एकिकृत सामुदायिक कृषी नमूना फार्म संचालन को लागि ताराखोला गाउँपालिका प्राथमिकतामा रहयो । यसैलाई गाउँपालिकाले शत्प्रतिशत प्रगति नै ग¥यो भन्न सकिँदैन । तर, विकासकाकेही आधारहरु निर्माण भने पक्कै पनि बनेका छन् ।

योजना कार्यन्वयन गर्नकालागि यसवर्ष पनि कर्मचारी समायोजनको विषय ले कर्मचारीहरुको मनोबलमा पारेको असरले समस्या प¥यो । जसको कारण जिम्मेवारी र दायित्वबोध गर्ने र गराउने विषयमा समस्या सृजना भयो । स–सानादेखि ठूला योजनाहरु कार्यान्वयनमा ढिलाई हुने र अनियमित रुपले भुक्तानी लिने मानसिकता यो वर्ष पनि यथावत रहेको देखियो । जसका कारण गाउँपालिकाले सोचे अनुसारको परिणाममा ल्याउन चुनौति देखियो । जनशक्तिको अभाव यस वर्ष पनि रह्यो । जनता र जनप्रतिनिधिहरुमा पनि आत्मविश्वासको कमी, कहिलेकाहिँ निराशावाद, अर्कमण्यतावाद भोलिवाद जस्ता कुरा पनि देखियो । यसले हामीलाई के शिक्षा दियो भने,‘ समस्याहरु समाधानको पाटोमा नलाग्ने हो भन्ने न गाउँपालिकाको विकासले गति नै लिन सक्छ न त परिणाममुखि नतिजा नै आउन सक्छ ।’
ताराखोला गाउँपालिकाले २०७७ साललाई भ्रमण वर्षको घोषणा गरेको छ छ । नेपाल सरकारको लक्ष्य र उद्देश्य भनेको २०७९ सालभित्र अल्पविकासित राष्ट्रबाट विकासित राष्ट्रमा लैजाने, २०८७ साल भित्र दीगो विकासका लक्ष्यहरु पूरा गरी मध्यम आय भएको मुलूकमा स्तरोन्नति गर्ने, वि.सं. २१०० मा उच्च आय भएको मुलूकमा लैजाने रहेको छ । जसमा प्रति व्यक्ति आय १०४७ अमेरिका डलरबाट २५ वर्ष पछि प्रति व्यक्ति आय १२,००० आसपास पुराउने लक्ष्य रहेको छ । यी माथिका लक्ष्यहरु पूरा गर्नु तीनवटै तहका सरकारका लागि सजिलो विषय छैन । यसका लागि योजनावद्ध विकासको माध्यमबाट धेरैभन्दाधेरै जनसहभागीतामूलक कार्य थाल्नु पर्नु देखिन्छ । कडा परिश्रम, परनिर्भरताको मानसिकता एवं‘राजाको काम कहिले जाला घाम’ भन्ने हिजोको सामाजिक मनोविज्ञान त्याग्नु पर्छ । हरेक योजना निर्माणमा थोरै पैसाले धेरै काम गर्नु पर्छ भन्ने सोचको विकास गर्नुपर्छ । स्थानीय सरकार प्रत्यक्ष जनतासँग जोडिएको सरकार भएकोले यसलाई बलियो बनाउन जरुरी छ । जरा बलियो नभइर्, यसलाई मलजल नगरि बलियो रुख बन्न सक्दैन ।कर्मचारी साथीहरुबाट जागिरे मानसिकतामा मात्रै आफ्नो भूमिकालाई सीमित राख्न खोजेमा भविष्यमा पछुताउने बाहेक अरु केही हुन सक्दैन। जनप्रतिनिधिहरुले राम्रो÷नराम्रो दुवै कुराको जस र अपजस लिन सक्नुपर्छ । नेतृत्व भनेको आफ्नो मूल्य,मान्यता सिद्धान्त र दृष्टिकोणमा प्रष्ट हुन सक्नुपर्छ ।

राजनीतिक दलहरुले राजनितिक कार्यकर्ता वा आम नागरिकलाई परिर्वतनका लागि आलोचना गर्न, विपक्षमा उभिन, नारा लगाउन, जागरुक र परिचालन गरिए पनि परिर्वतनपछि आम नागरिकले गर्ने कर्तव्यको बारेमा कहिले पनि सिकाउन वा विकासको अभियानमा लाग्नको लागि अभिप्रेरित गर्न नसकेको गर्न प्रयत्न गर्न राजनितिक दलहरु सक्षम हुन नसकेकोले विषयमा समीक्षा गर्न जरुरी छ । जति पनि देशहरु विकसित भएका छन्, राजनितिक परिवर्तनपछि मात्रै विकासित भएका हुन् । आजको समाजको मनोविज्ञान कस्तो छ भने, व्यक्तिगत स्वार्थअनुकूल भयो भने सबै कुरा ठीक, व्यक्तिगत स्वार्थमा थोरै धक्का लाग्ने बित्तिकै सबै बेठीक भन्ने छ । यो प्रवित्तिको विरुद्धमा लड्न सक्नुपर्छ । राज्यले पनि आमनागरिकहरुबाट धेरै कुराको अपेक्षा गरेको हुन्छ । तर आज सरकार वा राज्यमा आम नागरिकले अधिकारको मात्रै कुरा गर्दा हाम्रो अपेक्षा र लक्ष्य अनि उद्देश्य पूरा गर्न कठिन हुने सम्भावना देखिन्छ । ताराखोला गाउँपालिकाको विकासको लागि समय अत्यन्तै छोटो, भूगोल अत्यन्तै पीडादायक छ तर भविष्य उज्ज्वल छ । यस अभियानमा सबै एकतावद्ध तरिकाले लाग्न जरुरी छ । (घर्ती ताराखोला
गाउँपालिकाका अध्यक्ष हुन् )