रोटरी र रोट्रयाक्ट बागलुङको पदस्थापन कार्यक्रम सम्पन्न

बागलुङ, १३ साउन – समाजिक कार्यमा क्रियाशिल रोटरी क्लव अफ बागलुङको १४ औ र रोट्रयाक्ट क्लव अफ बागलुङको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव अफ बागलुङको बर्ष २०१९/०२० का अध्यक्ष ओमप्रकाश पौडेल र रोट्रयाक्ट क्लव अफ बागलुङको बर्ष २०१९/०२० का अध्यक्ष सुमितबहादुर शाहीले पदभार ग्रहण गरेका हुन । रोटरी क्लव अफ बागलुङको बर्ष २०१८/०१९ का अध्यक्ष बिना कार्कीले बर्तमान अध्यक्ष ओमप्रकाश पौडेल र रोट्रयाक्ट क्लव अफ बागलुङको बर्ष २०१८/०१९ का कार्यवहाक अध्यक्ष नविन पन्तले सुमित शाहीलाई पदभार हस्तान्तरण गरेका थिए । कार्यक्रममा रोटरी र रोट्रयाक्टको बर्ष २०१९/२०२० को कार्यसमिति घोषणा गरिएको थियो भने दुवै क्लवमा आवद्ध भएका नयाँ सदस्यहरुलाई पिन हस्तान्तरण गरिएको थियो । सो अवसरमा क्लवमा रहेर उत्कृष्ट काम गर्नेहरु र समाजमा रहेर उदाहरणिय कार्य गर्नेहरुलाई सम्मान गरिएको थियो । पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै रोटरी डिस्टीकका गभर्नर किरणलाल श्रेष्ठले समाज रुपान्तरणका लागि सवैले आफ्नो व्यक्तिगत स्वार्थलाई धाँती राखेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा रोट्रयाक्ट जोन फो का जेडआरआर सुदिप प्रसाई ढकुरीले पनि मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा रोटरी र रोट्रयाक्टद्धारा प्रकाशित अर्पणको बिमोचन पनि गरिएको थियो । सो अवसरमा रोटरी क्लव अफ बागलुङका अध्यक्ष ओमप्रकाश पौडेलको बालकृष्ण शर्मा र रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष सुमितबहादुर शाहीको ताराप्रसाद शर्माले परिचय गराएका थिए । रोटरी क्लव अफ बागलुङको बर्ष २०१९/०२० का अध्यक्ष ओमप्रकाश पौडेल र रोट्रयाक्ट क्लव अफ बागलुङको बर्ष २०१९/०२० का अध्यक्ष सुमितबहादुर शाहीले आफ्नो बार्षिक कार्ययोजना सहित प्रतिवद्धता मंतव्य व्यक्त गरे । रोटरी क्लव अफ बागलुङले बर्ष २०१८/०१९ मा गरेका कामको अध्यक्ष बिना कार्की र रोट्रयाक्ट क्लव अफ बागलुङले गरेका कामको कार्यवहाक अध्यक्ष नविन पन्तले जानकारी गराए । कार्यक्रम रोटरी क्लव अफ बागलुङको बर्ष २०१९/०२० का अध्यक्ष ओमप्रकाश पौडेलको अध्यक्षता, आगमी अध्यक्ष दयाराम पौडेलको स्वागत र सचिव दिपेन्द्र घिमिरेको संचालनमा सम्पन्न भएको थियो । रोट्रयाक्ट क्लव अफ बागलुङको कार्यक्रमको संचालन झोकेन्द्र थापा र साधना पन्तले गरेका थिए ।