हाम्रो सोचमा भरिएको पलायनवाद

      यो देशमा रुप चन्द्र विष्ट र योगमाया जस्ता राष्ट्रप्रेमीले देशभक्ति देखाउँदा देखाउँदै मृत्य भयो भने कैयौ मान्छेहरू अझै गुमनाम मरिरहेका छन् । गत हप्ता एउटा तथ्याङकमा निस्कियो कि बिदेश नेपाली विद्यार्थी यसै बर्ष पढ्न जानेको सूची जसमा अष्ट्रेलिया मात्रै छत्तिस हजार गएको देखाईएकोछ । अन्य देशमा पनि गएका छन्। जसका कारण एकै बर्षमा अर्बौं रकम बाहिरिएको छ । केही दिए अगी अर्को एउटा समाचार आएको थियो जसमा विदेश पढ्न जानेले गरेको रेमिटान्सको योग्दान उच्च भनेर । संभवत यस्तो समाचार पहिलो पटक आयो नत्र बौद्धिक पलायनका रुपमा चित्रित बिदेश पुगेका नेपालीले नेपालमा पैसा पढाउँछन् भन्ने न्युन नै थियो । खासमा विद्यार्थीले आफ्नो त्यो देशको कागत नबनुनञ्जेल अलिअलि स्वादेश पठाउने गर्छ पछि उतै बस्ने भए पछि यता पठाउने होईन । बाबुले दिएको अंश पनि बेचेर उतै लैजान्छ । यो सबैमा लागु नहोला तर आवसिय सुविधा भएका देशमा गएका नेपाली बिधार्थीमा यो बढी नै छ । मान्छे स्वभाविकै रुपमा राम्रो ठाउँमा बस्न खोज्छ जसका लागी परिवारले सन्तानलाई पनि त्यही सिकाएका हुन्छन् र सानै देखि बच्चाले पनि त्यहि सिक्दै जान्छ ।
                     राम्रो सगँ पढ् नत्र गाउँमै हलो जोतेर बस्न पर्ला भनेर अभिभावकले हरेक दिन भन्ने गरेको बच्चाले हलो जोत्ने काम ठीक होईन भनेर बुझ्दै जान्छ भने अहिले खेत बाँझो भयो भनेर कसलाई सराप्ने । राम्रो सगँ पढ् नत्र फलानो जस्ता भारी बोकेर जीवन विताउनु पर्छ भनेर सिकाउँदै गएको बच्चाले अहिले शारिरिक श्रम गर्ने पेशलाई नपछ्याउँदा गाउँमा मल बोक्न कोही पाईनन् भनेर दुखेसो पोख्नु कति उचित होला । हामीले गाउँमा पढ्दा शहर खास गरी बजारमा बच्चा पढाउनेका छोराछोरी ठीक र त्यो गर्नु राम्रो भन्ने बुझाईयो । हुन त गाउँमा राजनैतिक भर्तिकेन्द्र बनेका सरकारी स्कुलमा शिक्षक पढाउने भन्दा बढी राजनितिमा चासो राख्छ तर कतिपय ठाउँमा पढाई भइराख्दा पनि शहर पुर्याउनु उपयुक्त भन्ने सोचे त्यहाँबाट पलायनको सोच रोपिन्छ । शहरमा बसेर पढाउने अहिलेको फेसन नै हो । बाबु वा आमा विदेशमा श्रम गर्ने सन्तानलाई सदरमुकाममा राखेर पढाउने काम उत्तम हो भनेर अहिले सदरमुकाममा बच्चा पढाउन बसेका अभिभावकको संख्या उल्लेख्य छ भने त्यसका कारण बैदेशिक रोजगारबाट कमाएको पैसा सदरमुकाम अझ भनौं निजि विद्यालयमा थुप्प्रिएको छ । गाउँमा पढाईराखेको शिक्षकलाई शहरमा बस्नेले शहर आए राम्रो कमाई हुने इज्जत हुने भनेर सुनाउँछ अनि गाउँमा शिक्षा दिईराखेको शिक्षक सदरमुकाम झर्छ । अनि त्यसैलाई हामी ठीक मान्छौं । यो पनि एक पलायनको बीउ हो ।
                  बाग्लुङ वलेवाको बलेवा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख ज्ञानेन्द्र पन्त राजनैतिक शास्त्रमा गोल्डमेडलिष्ट हुन । उनलाई बलेवाको एउटा गाउँमा पाउनु भाग्य नै हो भनेर सोच्नु निकै कम छन् बरु गोल्डमेडलिष्ट जस्तो मान्छे यो आङगिक क्याम्पसमा थन्किएर जीवन फाल्यो । सदरमुकाम वा राजधानी गएको भए कति प्रगति गर्ने थियो भनेर चिया पसलमा कुरा काट्ने बिषयबस्तु बनाउने धेरै छन् । हाम्रो पलायनको अर्को बीउ यो पनि हो । गाउँमा ठीक र असल शिक्षकले पढाउदाँ विद्यार्थीले राम्रो शिक्षा पाए भन्नु भन्दा पढाउने बिग्रेको देख्ने धेरै छन् । शहरमा झर्नु प्रगति हो । चाहे कमाईको शतप्रतिशत खर्च किन नहोस् भन्ने जनसोचले धेरैलाई पलायनको बीउमा मलजल गरेको छ । सदरमुकाम बसेर पढाई वा अन्य काम गरी राखेका मान्छेलाई केन्द्रका मान्छेहरूले यतै आए राम्रो प्रगति हुने बताउँछन् । एउटा रिपोरटले स्थानिय तहमा रिपोटिङ गरिराखेको हुन्छ यदि पत्रिका वा टेलिभिजनले राजधानी बोलायो भने उसले आफ्नो प्रगति देख्छ । जिल्लामा हुनेले फलानो माथि पुग्यो भन्छन् । कतिपय पत्रिकामा स्थानीय तहमै बसेर पनि केन्द्रको भन्दा राम्रो सम्बन्ध बनाएका र कमाएका पनि छन् तर ति अपबादका रुपमा छन् । पलायन बनाउने सामाजिक कारण पनि छन् । स्थानिय तहमा बसेर साधारण जीवन विताईरहेका मान्छेलाई घरको छानो र छोराछोरी बजारमा पढाएको छ कि छैन भन्ने आधारमा हेरिन्छ । जातिय छुवाछुत देख्ने गरी छ भने हुन्छ भने आर्थिक रुपमा वर्ग छुट्टाउने नदेख्ने गरी गरिन्छ जसका कारण समाजमा जवर्जस्ती पलायन बनाउन बाध्य छन् ।
                 घर छेउको मान्छेको प्रगति हेरेर दिईने मानसिक दबाबका कारण । गत हप्ता एक जना जो बिदेशमा पढेका अनुसन्धानकर्ता । जसले आधा जति शोधग्रन्थ निकालेका, अन्तराष्ट्रिय जर्नलमा आफ्ना लेखहरू छापेका र विदेशमा पिएचडी गरे पछि छ बर्ष राम्रो विश्वविद्यालयमा पढाएर व्यक्ति काठमाण्डौ विश्वविद्यालयमा अस्थाई रुपमा खुलेको एसिस्टेन्ट लेक्चररमा निवेदन दिएका रहेछन् तर उनलाई फालेर मास्टर गरेर एक बर्ष पढाएको अर्का व्यक्तिलाई छाने छन् । छानिएका व्यक्तिको नछानिएका व्यक्ति सगँ भन्दा ठूलो योग्यता थियो त्यो हो राजनैतिक पहुँच । हामीले कसैलाई पलायबादी त भन्छौं अझ बिदेश बसेकाले नेपाल बारे चासो राख्दा समेत किन चासो राख्छन् होला भन्ने सम्म सुनिन्छ तर हाम्रै कतिपय धरेलु पलायबादका कारण सृजना गरेका कतिपय कुराले समाजमा अन्तराष्ट्रिय पलायनबादलाई मलजल गर्दछ । जुन माथीको एक उदाहरण हो । पत्रकारिता, पढाईमा मात्र होईन सामान्य जागीर र हातमुख जोर्ने कामका लागी हुन पलायनले समेत नेपालमा कामदारको अभाव छ । गाउँमा अहिले चाहे ईट्टा पार्ने काम होस् वा हलो जोत्ने काम किन नहोस् । त्यहाँ स्थानीय पाउन गाह्रो छ । केही बर्ष अघि सम्म तराई मुलमा बस्ने नेपालीहरू कामको लागी पहाड पुग्थे तर अहिले तराईमुलका नेपालीको गन्तव्य खाडीमा अधिक छ भने पहाडका गाउँमा ईट्टा बनाउने अधिक मात्रामा भारतीय नागरिक भेटिन्छन् ।
                हामीलाई सामान्य लाग्ने कामका कारण पनि विदेशकाले काम पाउने स्वदेशका बिदेशिएका छन् । यसमा हामीले कहिलै काम सानो ठूलो हुँदैन पनि सिकाएनौं केवल सिकायौं जसरी हुन्छ फलानोको भन्दा कम नहोस् । फलानाका छोरीलाई दिएको दाईजो भन्दा हाम्रो कम नहोस् । हामी जब छिमेकीको भन्दा कम भव्यमा विवाह गर्न चाहन्नौ अनि पैसाका लागी स्वदेशमा काम गर्ने सरकारी कर्मचारी हो भने भष्ट्रचार गर्न सिक्नु पर्यो होईन भने अन्य साधारण किसान बिदेश जान बाध्य हुन्छ । जुन हाम्रो दिमाखले सृजना गरेको पलायन हो जसका कारण आज अधिकांश पलायन भएका छन् । स्थानिय स्कुलमा सरकारी जागीर खाईराखेका शिक्षक राजिनामा दिएर जापान पुग्छ भने त्यो पलायन आफ्नै सोचबाट उत्पन्न हो त्यसमा देशको कुनै दोष छैन । समाजमा बौद्धिक पलायन मात्र होईन गैर बौद्धिक पलायल पनि अति नै छ । सानैमा परिवारमा छोराले फलानो फलानो गर्नु पर्छ भन्ने ट्याग लागेका कारण उमेर पुगे पनि नपुगे पनि पलायनका लागी तयार पारिन्छ । गरीबीका कारण पलायन हुने कति छन् । गरीबी सोचका कारण कति पलायन भएका छन् यसमा धेरै फरक छ । बाबुको किरिया खर्चका लागी साहुसँग ऋण लिएको छोराले पासपोर्टमा उमेर बढाएर खाडी पुग्छ भने हाम्रो खर्चिलो किरिया बारे पनि सोच्न जरुरी छ । हाम्रा रितिरिवाजका कारण भएका पलायनलाई हामी सुधार गर्न सक्छौं पनि ।
              पलायन हामी किन भयौं भनेर आज कसैलाई प्रश्न गर्यो भने गरीबीका कारण भन्ने अधिकांशको उत्तर आउँछ भने पलायनका पछाडी हरेक बर्ष विदेशमा मृत्यु हुनेको संख्या बारे हामीलाई चासो छैन र पलायन हुनु भन्दा जे काम उपलब्ध छ त्यो गरौं भनेर सिकाईदैन । राजनैतिक पहुँच नहुनुका कारण बिदेशीनेहरूलाई हामी जति सुकै राम्रो उपदेश दिए पनि फर्कने छैनन् तर सक्षमले काम गर्न पाउने र साधारण जीवन शैलीलाई सबैले अबलम्बन गरे मात्र हामीले यो पलायनलाई रोक्न सक्छौं । नत्र पलायत देशले होईन हाम्रो सोचले गराएको हो ।