आँखा शिविरमा ३ सयको उपचार

बागलुङ, १७ साउन – नेपाल नेत्रज्योती संघको गल्कोट नगरपालिका वडा नं. १० पाण्डवखानीमा १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा नं. १० पाण्डवखानीको आर्थिक सहयोग र नेपाल नेत्रज्योती संघ बागलुङको आयोजनामा सम्पन्न शिविरमा १सय ५० जना जेष्ठ नागरिक र १ सय ५० जना विद्यार्थीहरुले निशुल्क आँखाको उपाचार पाएको संघका अध्यक्ष भरत पुरीले बताए । शिविर उद्घाटन गर्दै पुरीले आखा उपचारमा संघले बर्षौदेखि सेवा गरेको बताए । साथै उनले संघ मार्फत ग्रामीण क्षेत्रका बासिन्दाको उपचारमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा गल्कोट नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायणध्वज मल्ल, समजसेवी मानसिंह छन्त्याल, संघका कोषाध्यक्ष लक्ष्मण शर्मा, पत्रकार सुरेश छन्त्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३ सय जना व्यक्तिहरुको आँखको उपचारको क्रममा ११ जनाको अपरेशन गर्नुपर्ने भेटिएका हुन् । कार्यक्रम वडा अध्यक्ष तिलक घर्ति मगरको अध्यक्षता, वडा नं. ५ का अध्यक्ष नरायणध्वज मल्लको स्वागत र वडा सचिव भिम बहादुर घर्ति मगरको सञ्चालनमा सम्पन्न भएका थियो ।