नदिले बगाएका युवाको शव भेटीयो

बागलुङ, १७ साउन – गत साउन ८ गते उत्तरगंगा नदिले बगाएर बेपत्ता भएका युवाको शव शुक्रबार बिहान फेला परेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ का २२ बर्षिय सेते बिकको शव हराएको ९ दिन पछि फेला परेको हो । शुक्रबार बिहान उत्तरगंगा नदिको बिचभागमा बिकको शव देखेका स्थानियले प्रहरीलाई खवर गरेका थिए । बगाएको ठाउँभन्दा झण्डै ६ किलोमिटर तल उनको शव फेला परेको ढोरपाटन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक शिवराज सुवेदीले जानकारी दिए । नदिको बिचमा फेला परेको शव सडेगलेको अवस्थामा रहेकाले शुक्रबारनै दाहसंकार गरीएको छ । पोष्टमार्टम गर्ने अवस्थामा शव नरहेकाले परिवारको रोहबरमा मुचुल्का गरेर शव दाहसंस्कारका लागि बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडेको अवस्थामा रहेको शवलाई उनका बुबा पाण्डे बिकले पहिचान गरेका थिए । गत साउन ८ गते दिउँसो उत्तरगंगा नदि तर्ने क्रममा बगाएर ढोरपाटन नगरपालिका– ९ बस्ने ५४ बर्षियो नरबहादुर बिकको मृत्यु भएको थियो भने सोही ठाउँका २२ बर्षिया सेते विक बेपत्ता भएका थिए । नरबहादुरको बगाएको स्थानभन्दा केही तल उसैदिन शव फेला परेको थियो ।