गल्कोटका उप्रेती दम्पतीले दिए स्वास्थ्य चौकीलाई निशुल्क जग्गा

बागलुङ, १९ साउन – गलकोट नगरपालिका वडा नं ६ चरौदीका उप्रेती दम्पतीले स्वास्थ्य चौकीको लागि निशुल्क जग्गा प्रदान गरेका छन। वडा अध्यक्ष नर बहादुर खत्री नेतृत्वको पहलमा गलकोट नगरपालिका वडा नं ६ चरौदीका ८४ वर्षिय टेक बहादुर उप्रेती र उनकी श्रीमती मानकुमारी उप्रेतीले स्वास्थ्य चौकीको भवन निर्माणको लागि १ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन । चरौदी स्यानी चौतारामा रहेको सार्वजनिक जग्गाको आडैमा रहेको कित्ता नं ५ सय ४४ बाट ३ लाख ५० हजार मूल्य पर्ने १ रोपनी बराबरको जग्गा उप्रेतीले उपलब्ध गराएका हुन । गलकोट नगरपालिका वडा नं ६ मा कुनै पनि स्वास्थ्य चौकी नभएकोले गलकोट नगरपालिका वडा नं ६ का स्थानिय जनताले स्वास्थ्य चौकी मार्फत सेवा लिन सकुन भन्ने उदेश्यले जग्गा उपलब्ध गराएको उप्रेतीले बताए । गलकोट नगरपालिका वडा नं ६ मा सार्वजनिक जग्गा सँगै भएको जग्गा स्वास्थ्य चौकीको भवन निर्माणको लागि खोजिएको थियो । शनिवार गलकोट नगरपालिका वडा नं ६ का जनप्रतिनिधी लगायतको सहभागितमा १ रोपनी जग्गा स्वास्थ्य चौकीको लागि हस्तान्रण गरिएको थियो ।