पहिरोमा पुरिएर ३ जनाको मृत्यु

बागलुङ,२० साउन – बागलुङको तमानखोलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका ४ लाम्मेलामा आइतबार राती करिब राति १:३० बजे  पहिरोले पुर्दा चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।  पहिरोले ५  घर पुरेको प्रहरी नायब उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले जानकारी दिए । घटनास्थलमा बोङगादोभान प्रहरी चौकीको टोलिले उद्दार गरिरहेको र  इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलि पनि पुगिसकेको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परेका ६ जना घाइतेको उद्धार गरिएको र उपचारको लागि पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
थप विवरण आउन बाँकी ।