तुरतुरेताल फुट्यो,२ सय मिटर मध्यपहाडी लोकमार्ग बगायो (भिडियो सहित )

बागलुङ,२० साउन – अबिरल वर्षा पछी सोमबार विहान ४ बजे तुरतुरे ताल फुटेको छ । बडीगाड खोलामा पानीको सतह बढेपछी बडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेतालको फुटेको हो । तुरतुरेताल नजिकै करिव २ सय मिटर मध्यपहाडी लोकमार्ग बगेको छ । बिहान ७ बजेको समय सम्म तालको ९० प्रतिशत पानी बगेको बगेको बताइएको छ । ताल एक्कासी नफुटेको र बिस्तारै खोलेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए । ‘एकै पटक फुटेको भए ठुलो क्षेति हुन्थ्यो ,बिस्तारै बगेकाले असाधारण नोक्सान भएको छैन’ ,क्षेत्रीले भने । ताल तलको करिव २ सय मिटर सडक बगेको कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अबरोध भएको प्रजिअ क्षेत्रीले जनाए । सडकको अवस्था बुझ्न र सुचारूको विकल्पको लागि लोकमार्गका इन्जीनियरसंग सहकार्य भएको उनले जनाए । लोकमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले वैकल्पिक मार्गको प्रयोगका बिषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।

अहिले सो क्षेत्रमा रहेका बडीगाड गाँउपालिकाका अध्यक्ष मेयरसिह पाइजाले सडक अबरुद्द भएपनि अरु नोक्सान नभएको जानकारी दिए । रातीदेखि नै प्रहरीटोलीले तटीय बस्तिमा सावधानी अपनाउन का लागि अनुरोध गरेका थिए ।अहिले जोखिम कम भएपनि नदि नजिक नजान अध्यक्ष पाइजाले स्थानीयलाई अनुरोध गरेका छन ।

सडक बगाएपछि  मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। जिल्लाको पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिका लगायतका नागरिक सिधा सवारी आवागमनबाट बञ्चित भएका छन्।