मिसावट घिउ वेच्ने महिला फन्दामा

बागलुङ, २२ साउन – गाई भैसीको भन्दै डाल्डा मिसायको घिउ वेच्ने महिलालाई पक्राउ गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्वर ३५ घर भई पोखराको प्रस्याङ वस्ने पार्वती अधिारीले बागलुङ नगरपालिका ४ उपल्लाचौरमा घिउ वेच्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । बागलुङको काठेखोला गाउपालिका ५ का कृष्ण वहादुर विश्वकर्मालाई केही समय पहिला वेचोको घिउ खादा परिवारका सवै सदस्य विरामी परेकोले वुधवार पुन घिउ वेच्न आएको अवस्थामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङ, जिल्ला प्रहरी कार्यलय उपभोक्त वञ्चको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी अधिकारीले घिउमा डाल्डा मिसाई प्रतिलिटर ६ सयमा विक्रि गरेको स्वीकार गरेकी छ् ।
पोखरामा आफु लगाएत केही व्यक्तिहरुले लामो समय देखी डाल्डा मिसाई घिउको व्यपार गर्ने गरेको स्वीकार गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङ निमित्त प्रमुख केदार पौडेलले वताउनु भयो । पक्राउ परेकी महिलाले कही कतैवाट अनुमती नलिईकन मिसावट रहित घिउ वेच्ने गरेको पाईको छ ।
पक्राउ परेकी महिलाई अनुसन्धानको क्रममा जिल्ला प्रसाशन कार्यलयमा उपस्थीत हुने गरी तारेका रिहा गरिएको उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले वताउनु भयो । अधिकारी वेच्दै गरेको घिउको नमुना परिक्षण पछी आवश्यक कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङ निमित्त प्रमुख केदार पौडेलले वताउनु भयो । वजारमा विना इजाजत शुद्ध घिउ भन्दै वेच्ने खिउ खरिद गर्दा ध्यान दीन उपभोक्तालाई आग्रह गरिएको छ ।