इङलिस प्रिमियर लिगको नयाँ संस्करण शुक्रबार देखि शुरु

क्लब लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इङलिस प्रमियर लिग २०१९/२० को नयाँ संस्करण शुक्रबार राति देखि सुरु हुँदै छ । खेलाडि सरुवा बजारमा निकैनै व्यस्त रहने प्रिमियर लिगमा यस पटक पनि लिगमा नयाँ अनुहार देख्न पाइने छ । पहिलेको वर्षमा भन्दा यस वर्ष लिगमा केहि कम रकम खर्च भएको छ । खेलाडि किन बेचमा २०१८/१९ मा प्रिमियर लिगका क्लबहरुले ८ सय ६१ मिलियन यूरो खर्च गरेकामा २०१९/२० मा ७ सय ७७ मिलियन यूरो खर्च गरेका छन् । यो रकम पहिलेको वर्षमा भन्दा ८४ मिलियन यूरो कम हो । २० टिमको सहभागिता रहने प्रिमियर लिगमा विशेष गरी ६ टोली म्यानचेष्टर सिटि, म्यानचेष्टर यूनाईटड, लिभरपुल, आर्सनल, चेल्सी र टोटेनह्म विच उपाधिको लागि कडा प्रतिस्पर्धामा हुने छ ।
यि क्लव बाहेक अन्य क्लबलाई पनि कम अंकलन गर्न सकिँदैन । अन्य चिर्चित लिगहरु जस्तै स्पेनिस लिग, इटालियन लिग, जर्मन लिग र फ्रे्रन्च लिगमा विशेष गरेर २–३ टोलि विच मात्र उपाधिका लागि प्रतिर्पाधा हुने गरेकोमा प्रिमियर लिगमा ठूलो ६ क्लब बाहेक अन्यले पनि लिग जित्ने सामार्थ राख्छन् । यसको उदाहरण हो २०१५/०१६ को लिग विजेता लेष्टर सिटि ।
२० टिमको सहभागिता रहने लिगमा लिगको पहिलो खेल लिभरपुल र नरविच टिम विच हुँदै छ । अहिलेका लिगमा एष्टनभिल्ला, सेफ्ल्ड यूनाइटेड र नरविच सिटि गरी ३ नयाँ टोलीले सहभागिता रहने छ ।

साउन २४ गते शुक्रबार मध्यराति १२ः४५ मा हुने लिगको पहिलो खेलमा यूइ.एफ.ए च्याम्पियन्स लिग विजेता तथा साविककोे उपविजेता लिभरपुलले नरविच सिटि सँग खेल्ने छ । उपाधिको होडमा रहेको लिभरपुलले आफ्नो पहिले खेल जितको साथ सुरुवात गर्न तरखरमा रहने छ । यस पटकको प्रिमियर लिगको उपाधि दिलाउन लिभरपुलका मुख्य तिन खेलाडि मोहम्मद सल्लाह, रोवर्टे फिरिमिन्हो र सादियो मानेको प्रर्दशन महत्वपूर्ण हुने छ ।
प्रिमियर लिगमा २५ गते शनिबार हुने खेलहरु
बय्सटहाम यूनाईटेड – म्यानसिटि
ब्रोनमाउथ – सेफल्ड यूनाईटेड
ब्रनेली – साउथह्मपटन
क्रिसटल प्यालेस – इभरटन
बार्टफोर्ड – ब्राइनटन
टोटेनहम हट्सपर – एस्टनभिला
२६ गते आइतबार हुने खेलहरु
लेष्टर सिटि – व्लभ्स
न्यूकासल यूनाईटेड – आर्सनल
म्याचेष्टर यूनाईटेड – चेल्सी