‘ट्यालेन्ट हन्ट’ प्रतियोगिता सम्पन्न

बागलुङ, २५ साउन – विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको पहिचान तथा प्रष्फुटन गर्ने उद्देश्यले शुक्रबार ‘ट्यालेन्ट हन्ट’ प्रतियोगिता सम्पन्न भएको छ । अमर आर्दश माध्यमिक विद्यालय बागलुङको प्रङगणमा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्यनरत ७० जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागि जनाएका थिए । आन्तरिक रुपमा लिइएको छनौट प्रतियोगितामा ३०० जना मध्य ७० जना विद्यार्थीहरुले आफुमा भएको गायन , हाँस्यअभिनय, नृत्य र क्यारिकेचर लगायताका प्रतियोगितामा सहभागिता जनाएका थिए ।  प्रतियोगितामा सिन्गिङ तर्फ समृद्धिको ग्रुप प्रथम, समिक्षा हमाल द्धितिय र करन सापकोटा तृतीय भएका छन् । इसपिच तर्फ सुलभ के.सी प्रथम कविता बाचन तर्फ पुजा सापकोटा प्रथम र क्यारिकेचर तर्फ पवन कँडेल प्रथम भएका छन् ।
नृत्य तर्फ कक्षा १ देखि ३ सम्मको प्रतियोगितामा आयु बोहोरा प्रथम, आरध्या खत्री द्धितीय र निशा –ग्रुप तृतीय भएका छन् । कक्षा ४ देखि ६ सम्मको नृत्य प्रतियोगितामा उनिशा ग्रुप प्रथम, खुशी कार्की र एलिशा रोका द्धितीय र दिवश थापा, आशिष रोका र खुसी थापा तृतीय भएका छन् ।
त्यसैगरी कक्षा ७ देखि १० सम्मको प्रतियोगितामा दिनेश थापा प्रथम, रन्जिता खड्का द्धितीय र मोहन जि.सी तृतीय भएका छन् । ड्रामा तर्फ अन्जना ग्रुप प्रथम, सुजिता ग्रुप द्धितीय र अन्जल ग्रुप तृतीय भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानध्यापक हेमन्त थापा मगरले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विद्यार्थीको हरेक क्षेत्रको क्षेमता पहिचान र प्रष्फुटन हुनुपर्ने जनाँउदै यसप्रकार कार्यक्रमलाई सधैं निरन्तरता दिने प्रतिव्द्धता जनाएका थिए । साथै कार्यक्रममा सहभागि अभिभावकहरुले यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने धारण राखेका थिए । कार्यक्रमलाई स्कुलले प्रत्येक वर्ष निरन्तरता दिँदै आइरहेको छ ।  कार्यक्रममा विद्यायलका शिक्षक विष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।