बाग्लुङका पहिरोपिडितलाई गण्डकी प्रदेशको तीन लाख सहयोग

बागलुङ,२९ साउन – बाग्लुङका पहिरोपिडितको परिवारलाई गण्डकी प्रदेश सरकारले तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गत आईतबारको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले पहिरोमा पनि निधन हुनेका परिवारलाई प्रतिव्यक्ति 1/1 लाखका दरले सहयोग उपलब्ध गराईने बताए । यसअघि प्रदेश सरकारले प्राकृतिक विपतमा परि निधन हुनेका परिवारलाई ५० हजार सहयोग उपलब्ध गराउँदै आएको थियो । गएको २० गते बागलुङको तमानखोलामा पहिरोमा पुरिए ७० वर्षीया अनसरी श्रीपाली, उनका १२ वर्षीय नाति प्रविण श्रीपाली र ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको निधन भएको थियो ।