यौन दुर्वलता र समाधान

यौन इच्छामा कमी हुनुलाई नै यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमी हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्वलताको संकेत गर्दछ । यौन इच्छा वा सम्पर्कका बेला लिंगमा कडापन नआउनु, मोटो वा ठूलो नहुनु शारीरिक रुपमा देखिने यौन दुर्वलताको संकेत हो । यो या त्यो जुनसुकै कारणले पनि महिला या पुरूष दुबैमा यौनको भोक नलाग्नु वा यौनको प्यास मेटन नसक्नु यौन दुर्वलता हो ।
यौन दुर्वलता गम्भीर विषय भएपनि यो प्राय गोप्य राखिन्छ । नेपाली संस्कारमा यौन र यौनसमस्यालाई संकुचित रुपमा हेर्ने गरिन्छ । तर बिकसित राष्ट्रहरूमा यौन, यौनसमस्या र समाधानका वारेमा खुलेर बहस गरिन्छ । समस्यालाई जति कुन्ठित गरियो, उतिनै बढदै जान्छ । पछि गएर यसले ठूलो समस्याको रुपमा सताउन सुरू गर्छ । यौन दुर्वलता देखिनुको प्रमुख कारण मनोविज्ञान, तनाव, हर्मोनमा कमी र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु हो । व्यक्तिको खानपान, रहनसहन तथा जीवनशैलीले पनि यौन दुर्वलतामा सघाउ छ ।यौन दुर्बलता एक दुईवटा कारणले मात्रै हुने होइन । केही यस्ता कारण छन् त्यसले अन्य स्वास्थ्य समस्यासंगै यौन दुर्बलतामा धकेल्छ । धूमपान, मध्यपन, मानसिक तनाव र कुनै दिर्धरोग पनि यसका प्रमुख कारण हुन् । पुरुषको लिंगमा मसिना रक्तनली हुन्छन्, धूमपानले ती मसिना रक्तनलीलाई साघुरो बनाउछ । जसले लिंगमा रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । जव रक्तप्रभाव नै बन्द भयो भने लिंगमा कडापन हुन सक्दैन् । त्यस्तै मध्यपान, उच्चरक्तचाप, मधुमेह तथा छारेरोगको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ह्रास भई यौन दुर्वलताको समस्या हुने गर्छ ।पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौन इच्छा तथा कामवासना शक्तिमा समेत असर पुर्याउछ ।
लाजका कारण पालिएको रोग
   समयमै उपचार गरियो भनयौन दुर्वलता सामान्य स्वास्थ्य समस्या हो । तर यौनका बारेमा खुलस्त कुरा गर्न नसक्ने नेपाली समाज र यही समाजमा हुर्केका आमसर्वसाधारणले लाजका कारण रोग लुकाउदा समस्या बल्झिने गरेको हो । कतिपयले साह्रै समस्या भएपछि मानिसहरु छाला तथा यौनरोग, मनोचिकित्सक, यौन चिकित्सक, इन्डोक्रोनोलोजिस्ट कहाँ समस्या लिएर उपचारका लागि जाने गरेको पाइन्छ । तर पनि उनीहरुमा डर, भय, लाज र प्रतिष्ठाको विषयले जकडीरहेका हुन्छन् । अझ भनौ यसले व्यक्तिगत जीवन पारिबारिक जीवन, दाम्पत्य जीवनमा समेत ठूलो असर पारिरहेको हुन्छ । यौन दुर्बलताका कारण श्रीमान श्रीमतीबीच मनमुटाव बढ्ने, विवाह गर्ने बेलामा नगर्न खोज्ने, एक खालको आफूलाई हिनताबोध गर्ने जस्ता समस्या समेत देखिन्छ । फलस्वरूप आर्थिक उपार्जन तथा सामजिक कार्यमा समेत गहिरो प्रभाव पार्छ ।
यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ
   यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी महसुस गर्ने खालका हुन्छन् । सहबासका बेला भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् । दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ । यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज, डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपय ब्यक्तीहरूमा गम्भीर मानसिक समस्या समेत देखिन्छ ।त्यति मात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् । रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभइ बिभिन्न कारणहरु छन् ।
यौन दुर्बलता बढाउन सहयोग पु¥याउने तत्वहरु
   व्यक्तिको चेतना प्रमुख कारण हो । अनी डाक्टरहरुसंग खुलेर नबोल्ने । यदि बोले पनि झस्किने अर्को कारण हो । त्यस्तै ब्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तै मधुमेह, लिंगमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारे रोग, धुम्रपान र मध्यपानको सेवन, नशा च्यापिएको आदि पनि यौन दुर्बलताका कारक तत्व मान्न सकिन्छ । यौन शक्ति शारिरिक र मानसिक दुबैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुची नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ । तर यौन दुर्बलताको कारण थाहा पाउन सकेमा, सोही अनुसार खानपिन तथा अन्य व्यवहारजन्य कुरामा सुधार गर्ने हो भने सहज यौनजीवनमा सजिलै फर्किन सकिन्छ ।
यौन दुर्वलता हुन नदिन के गर्ने ?
   यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ । यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्चरक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात डिप्रेसनका औषधी लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुरा के हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ ।
मोटो तौललाई घटाउने, औषधी उपचार गराउने, हेपाटाइटिस बि बिरुद्ध खोप लगाउने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने, ब्यायाम गर्ने, पोसिलो खानेकुरा खाने गर्नु पर्दछ । चिकित्सकसँग नियमित परामर्श लिनाले पनि यस रोगको समाधान हुन सक्दछ । समस्याको हल नै रोगको अचुक उपाय हो । रोगलाई रोकेर, लुकाएर हुदैन । बरु समाधानतिर लाग्नुपर्छ । आफ्नो समस्या संबन्धित यौन साथी र चिकित्सकलाइ खुलेर भन्नपर्छ । यसले ब्यक्तीको आत्माविस्वस बढनुका साथै जीवन सहज हुन्छ ।
समाधानको लागी केही धरेलु उपाय ः
   सारिरिक सम्पर्कका बेला यौन उत्तेजना नभएको भन्दै धेरै दम्पतिमा खटपट हुने गरेको छ । यस्तो समस्याको समाधान अब घरेलु तरिकाबाट नै हुन्छ । यौन उत्तेजना बढाउन बिभिन्न खानेकुराहरुको प्रयोग गर्न सकिन्छ ।
मह
   आफ्नो यौन क्षमता बढाउन मह खाने गर्नुहोस् । या महबाट बनेका खानेकुराहरु पनि खान सक्नुहुन्छ । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।
लसुन
प्राचीनकालदेखि नै यौन उत्तेजकको रुपमा लिईने लसुन सधै खाने गर्नुहोस् । अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् । तर लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्याधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।
अदुवा
   यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ ।
चोरिजो,स्पेनिश पोर्क
तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । यो भिटामिन बी वानको पनि स्रोत हो जसले शरिरलाई एमिनो एसिड सोसी खानालाई उर्जामा बदल्न सहयोग पुयाउछ ।
ट्रफल (Truffle)
   दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल (एक प्रकारको फन्जी) यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस र रोममा यसको अत्याधिक प्रयोग हुन्थ्यो । यसलाई आफ्नो पार्टनरसँग रमाइलो साँझ जस्ता विशेष अवसरमा आफ्ना पार्टनरसँग बसेर खान सकिन्छ । ट्रफलले बासना पुरुषको पसिना जस्तो हुने र महिलाहरुलाई पनि आकर्षित गर्ने बताइन्छ । ऐतिहासिक पुरुष नेपोलियन बोनापार्टले ट्रफल खाँदा यौन शक्ति बढ्ने विश्वास गर्थे ।
अन्जिर (Fig)
   अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरिर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ । गार्डेन अफ इभमा भगवानले प्रतिबन्ध लगाइएको खानेकुरा अन्जिर थिए जसको भाव प्रलोभन र अपराध हुन्छ ।अन्जिरको आकार मानिसहरुका लागि उत्तेजक अर्थ राख्छ र यसको बिउ पुरुष उर्वरताको रुपमा लिइन्छ । फिगभित्रको चिजलाई महिलाको यौन अंग जस्तै भएको विश्वास गरिन्छ । पिगमा एन्टिअक्सिडियन्ट, फ्लाभोनोइड्स, फाइबर, पोटासियम र आइरन पाइन्छ । यसले मुटु र रक्त कोषिकाको कामलाई पनि सहयोग गर्छ ।
साल्मोन
   सामुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा मानिसलाई खुसी पार्ने हर्मोन सेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउछ । जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।
मेडजोल डेट्स (खजुर)
   मेडजोल डेट्स उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौन जीवनमा सुधार ल्याउने इरानी र नाइजेरियालीहरूको गहिरो विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरिरलाई उर्जा प्रदान गर्छ । एमिनो एसिडयुक्त यसले सेक्सुअल स्टेमिनालाई सशक्त बनाउछ । तसर्थ आफ्नो पार्टनरसँग रमाइलो साँझ बिताउन यो खाना उपयोगी मानिन्छ ।
लिक्वोराइस (Glycyrrhiza)
   प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ ।यसको प्रयोगले पाचन तन्त्र, कलेजो, प्रजनन स्वस्थ र स्वासप्रश्वास समबन्धि समस्या सामाधान गर्न सहयोगी हुन्छ ।