जैमिनीमा एनसेल टावरमा आगजनी

बागलुङ, ३१ साउन – जिल्लाको जैमिनी नगरपालिका–७ जैदिमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको छ । जैदीको व्यार्थला मौदानमा रहेको एनसेलको रिपिटर टावरमा बिहिबार राति अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
शुक्रवार दिउँसो सम्मपनि स्थानियले प्रयोग गरेको मोवाईलमा एनसेलको नेटवर्क नदेखाएपछि टावरको खरावीका बिषयमा खोजी भएको थियो । उच्च पहडमा रहेको उक्त टावरमा पुगेको प्रहरीले टावर आगजनी भएको अबस्थामा रहेको जानकारी गराएको प्रहरी निरिक्षक नरेन्द्रजंग कार्कीले बताए । अज्ञात समूहले तेल छर्केर बिहिबार राति आगलागी भएकोे स्थनीयले बताएका छन् । टावरको व्याट्री, तारहरु जलेर नष्ट भएको कार्कीले जानकारी दिऐ ।
टावरको वरपर भने कुनै क्षती भएको छैन् । घटनाभएको स्थान नजीकै आगो लगाउनका लागि प्रयोग भएको कपडाको झुम्रा भेटीएकाले टावरमा आगजनी भएको एकिन गर्न सकिने कार्कीले बताए । आगो कसले किन लगाएको भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । टावरमा आगजनी भएपछि जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडाहरुमा एनसेलको मोवाइल सेवा अवरुद्ध भएको छ ।