हल्लाको पछि नलाग्न मन्त्री पण्डितको आग्रह

बागलुङ, ३२ साउन – नेकपा स्थाई समिति सदस्य तथा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले नेकपाका कार्यकर्ताहरु भिडको पछि लाग्न नहुने बताएका छन् । शनिवार बिहान बागलुङका अगुवा कार्यकर्ता भेटघाट गर्दै पण्डितले कम्युनिष्ट विचार भएका जो कोहीलाई भिडको पछि लागेको नसुहाउने जिकिर गरे ।
देश समृद्धिको बाटो अघिबढेको भन्दै पण्डितले साना तिना कुरामा भिडको पछि लाग्नुको साटो समृद्धिको सपना पुरागर्ने मार्गमा लाग्नुपर्नेमा जोड दिए । सरकारले गरेका राम्रा कामको प्रचार गर्न र नराम्रा काममा हल्ला गर्नुभन्दा सुझाव दिन उनले आग्रह गरे । अहिलेको सरकारले सबै राम्रा काम गरेको दावी गर्दै पण्डितले कुनै कमिकमजोरी भए सुधार गर्ने बताए ।
संघीयताको कार्यान्वयन सफलरुपमा हुँनु भनेको नेपाल समृद्ध तर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्ताहरुलाई सकरात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरे । ‘हाम्रा नेता तथा कार्यकर्ता साना कुरामा अल्झिने हैन’ उनले भने ‘आन्तरिक किचलो आनतरिक रुपमानै मिलाउ वाहिर नल्याउ ।’ उनले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै हटेर जाने जिकिर समेत गरे । सरकार व्यवहारिक परिवतनका लागि लागि परेको छ भन्दै मन्त्री पण्डितले परिणाम आउन केही समय लाग्ने बताए ।