उत्तरगंगा सहमतिमै बन्छः तिमिल्सिना

बागलुङ, ३२ साउन – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उत्तरगंगा जलासययुक्त बिद्युत आयोजना आपसी समझदारीकै आधारमा बन्ने बताएका छन् ।
प्रभावित क्षेत्रका बासिन्दा, सरकार र आयोजनाको आपसी समझदारीमा उपयुक्त विकल्पका आधारमा उक्त आयोजना निर्माणहुने तिमिल्सिनाले बताए । बागलुङको ढोरपाटन नगरपालिका–९ ढोरमा जनैपुर्णिमाका अवसरमा प्रत्येक बर्ष आयोजना हुने पुर्णिमा मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले देशका गौरवका आयोजना सञ्चालन गर्दा जनतासँगको सहकार्यलाई निरन्तरता दिईनुपर्ने बताए । त्यस्तै सालझण्डी–ढोरपाटन सडकको लागि बर्षेनी बजेट बिनियोजन हुने भएपनि अपेक्षित काम नभएको उनको टिप्पणी छ । सालझण्डी तर्फमात्रै हरेक बर्षको बजेट खर्च भैरहेको भन्दै चालु आर्थिक बर्षको बजेट दुवै तर्फ ५०/५० प्रतिशतले खर्चहुनेगरी व्यवस्था मिलाउन आँफुले पहल थाल्ने बताए । फरक प्रसंगमा अध्यक्ष तिमिल्सिनाले ढोरपाटन शिकार आरक्ष देशकै गौरव भएको भन्दै ढोरपाटनको बिकासका लागि आँफुले पहल थाल्ने बताए ।
       आन्तरीक तथा वाह्य पर्यटकको रोजाई बनेको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पूर्वाधार बिकासमा ध्यान दिने उनको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उप–प्रमुख करमती पुन लगायतले बोलेका थिए । कार्यक्रम मेला आयोजक समितिका अध्यक्ष विरबहादुर बिकको अध्यक्षता, वडाअध्यक्ष हरी बहादुर घर्तीको स्वागत र देश सुनुवारको सञ्चालनमा सम्पन्न भएको थियो । हेलिकोप्टरबाट फर्कने क्रममा शुक्रवारै मौषम खरावीका कारण रुकुममा आकस्मिक अवतरण भएको थियो ।