मुलुकी संहिताको एक बर्ष

बागलुङ, २ भदौ – मुलुकी कानुनी देवानी र फौजदारी संहिता लागू भएको एक बर्ष पुगेको अवसरमा डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएले अन्तरक्रिया कार्यक्रम गरेर मनाएको छ । एक बर्षको अवधिमा संहिताको सफलता र कमजोरी पक्षबारे उनीहरुले बहस पनि गरे । आइतवार आयोजित कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरलेले संघियता पछि जारी भएको कानूनमा केही जटिलता भएपनि निरन्तरको अभ्यासबाट सहज बन्ने बताए । कानून व्यवसायीले हातेमालो गरेर अगाडि बढेमा संहिता कार्यान्वयनमा सहज हुने बताए । उनले कानूनको सही कार्यान्वयनका लागि सबै कानून व्यवसायीहरु मिलेर अगाडि बढ्नुको बिकल्प नभएको समेत बताए । कार्यक्रममा सल्लाहकार अखिलनाथ शर्मा, डिएलए पर्वतका सचिव हरीनारायण रेग्मी, मानअधिकारकर्मी अमरबहादुर कार्की र एसोसिएसनका सदस्य रामराज कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । २०७५ भदौ १ गते नेपाल सरकारले नयाँ देवानी र फौजदारी संघियता काार्यन्वयनमा ल्याएको थियो ।