नाबालक परिचयपत्र लिने धेरै

बागलुङ, ६ भदै – बैदेशिक रोजगारीमा जानेको संख्या बृद्धि भएसँगै बागलुङमा नाबालक परिचय पत्र लिनेको संख्यामा पनि बढेको छ । बिषेशगरी जापान, अमेरीका र अष्ट्रेलियमा रहेका अभिभावकहरुले बिदाको समयमा आफ्ना छोराछोरीलाई घुम्न लैजाने कारणले नावालक परिचयपत्रको संख्या बढेको देखिएको प्रशासनको भनाई छ । गत आर्थिक बर्षको असार मसान्त सम्ममा जिल्ला प्रसाशन कार्यालय बागलुङ र इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट नावालक परिचययपत्र लिनेको संख्या १ हजार ४० रहेको प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए । जिल्ला सदरमुकाममा रहेको प्रशासन कार्यालयबाट १ हजार १३ र इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट २७ बालबालिकाले नावालक परिचयपत्र लिएका छन् । ‘बागलुङबाट जापान अमेरीका र अष्ट्रेलिया लगायतका देशमा धेरै रोजगारी र पढाईका शिलशिलामा जानुभएको छ उहाँहरुका बालबालिकाले नावालक परिचयपत्र लिएका छन्’ पन्तले भने ‘सानो उमेरमा एसईई पास भएका भाईबहिनीलेपनि उच्च शिक्षा अध्ययनका लागि नावालक परिचयपत्र लिने गर्नुभएको छ ।’
   बिषेश गरी प्राबिधिक बिषयहरु अध्ययन गर्ने बालबालिकाले नावालक परिचय पत्र लिने गरेको पन्तको अनुभव छ । बिहिबार जिल्लामा रहेका कार्यालय प्रमुखहरुको संयुक्त पत्रकार भेटघाट कार्यक्रम मार्फत यो तथ्यांक सार्वजनिक गरीएको हो । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक बर्ष ९ हजार २ सय ७० बंशजको आधारमा नागरिकता, ४ हजार ८ सय ५५ प्रतिलिपी, १४ वटा अंगिकृत नागरिकता र २ हजार ७ सय जनाले पुरानो नागरिकता अभिलेखीकरण गरेका छन् । कार्यक्रममा केन्द्र र प्रदेश सरकार माताहतमा रहेका २३ वटा कार्यालय प्रमुखहरुले गत आर्थिक बर्षमा भएको कार्यप्रगतिको बिषयमा जानकारी गराएका थिए । जिल्ला स्थित कार्यालयहरुले गत आर्थिक बर्षमा संक्रमणकालको रुपमा काम गर्नु परेको गुनासो व्यक्त गरे । प्रदेश, केन्द्र र स्थानिय तह कस्को माताहतमा रहने भन्ने बिषयमा क्षेत्राधिकार समयमा नतोकिएका कारण कैयौं काम गर्न असहज भएको भनाई थियो । जिल्ला समन्वय समितिले कालिगण्डकी नदी दोहनको बिषयमा जिल्ला प्रसान कार्यालयमा उजुरी दिएको, निसीखोलामा भैरहेको दोहन रोक्न पहल गरेको लगायतका प्रगती सार्वजनिक गरेको थियो । घरेलु तथा साना उद्योग बिकास समितिले साउन १ गते देखि प्रदेश माताहत रहेर घरेलु् तथा साना उद्योग समितिको ठाउँमा कार्यालय रहने जानकारी गराएको थियो । निर्वाचन कार्यालय बागलुङका प्रमुख बिकासराज शर्माले जिल्लाको क्षेत्र नं २ को २ र वडिगाड गाउँपालिकाको वडा नं २ मा उप निर्वाचन हुन लागेको बिषयमा जानकारी गराएका थिए । सबै कार्यालयले प्रगती प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले गरेका थिए ।