रुद्रेपिपल माध्यमिक विद्यालयमा तीज गीत

बागलुङ, १३ भदौ – हरीतालिका तीजको अवसरमा जिल्ला सरमुकाममा रहेको रुद्रेपिपल माध्यमिक विद्यालयले बिभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेकोछ । विद्यालयले बिहिबार दर खाने कार्यक्रम तथा नगर स्ततरीय माध्यमिक विद्यालय तीज गित तथा नृत्य प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल बानपा–१ रामरेखा प्रथम, आयोजक रुद्रेपिपल माध्यमिक विद्यालय दोस्रो, लहरे पिपल माध्यमिक विद्यालय तेस्रो र गुराँस विद्यासदन बागलुङ सान्त्वना भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दिमायाँ रोकायाले सामुदायीक विद्यालयले दक्ष जनशक्ति उत्पादनमा मेहनत गर्नुपर्नेमा जोड दिईन् । सामुदायीक विद्यालयमा राज्यको ठुलो लगानी रहेको भए पनि एकाद विदालयले मात्रै राज्यको लगानीको महत्व बुझेको उनको भनाई थियो । विद्यार्थीमा रहेको अन्तरनिहित क्षमताको प्रस्फुटनमा केही विद्यालयले मात्रै प्रयास गरेको भन्दै उनले विद्यार्थीको भावना अनुसारको पठन पाठन हुनुपर्नेमा जोड दिईन् । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले दक्ष जनशक्ति निर्माणको लागि समुदायीक विद्यालयले मेहनत गर्नुपर्नेमा जोड दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर खड्काको अध्यक्षता शिक्षिका राधा कुमारी शर्माको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्र बहादुर थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।