हिन्दु धर्म संस्कृती र दलित महिला

नेपाल बहुल जातिय बहुल भाषा, विविध धर्म संस्कार र संस्कृतिले सु सज्जित मलूक हो । यहाँ हरेक जात जाति धर्म र समुदायका मानिसहरुको बसोबा छ । ती सवै जात–जाति धर्म र समुदायका मानिसहरुको बसोवास छ । हिमाल पहाड तराइमा बस्ने सवै समुदायको आ–आफ्नै धर्म संस्कार र परम्परा र रीति रिवाजहरु छन् अनि ती प्रचलन र संस्कारहरुले हामी सवै कुनै न कुनै रुपमा प्रभावित छौं । धर्म संस्कृतिमा जोडिएका छौं, त्यसैले नेपाली समाजका हरेक समुदायहरुले मनाउने चाडपर्वहरु सवैका साँझा जस्त ाबनेका छन् तिनै चाड पर्व मध्येको एउटा निकै महत्वपूर्ण पर्व तीज हो । आज सम्म पनि तीज पर्व भए पनि आज यो पर्व सवै धर्म संस्कृति मन्नेहरुका लागि साझा पर्व जस्तै वन्न गएको छ ।
धर्म संस्कृतिको तीज ः
तीजको बारेमा छुटै किम्वदन्ती पनि पाइन्छ प्राचिन कालमा हिमाल पर्वतकी छोरी पार्वती महादेव संग प्रेममा परेकी उनलाई महादेव असध्यै मन पथ्र्यो र उनै संग विहे गरी महादेवलाई स्वामी अर्थत श्रीमान वनाउन पाउँ भनी आफ्ना वुवासंग विलौना गरिन जिद्दी गरिन तर छोरी पार्वतीको यो विलौनालाई उनका बुवाले पटक्कै सुनेन् किन कि महादेव त्यति बेला अति उदण्ड थिए अराजक थिए अनुशासित हिन थिए भाङ धतुरो खान्थ्ये वशाको सुरमा नाङगै भएर कपडा समेत लाई हिड्थे सर्पका माला वेरेर यत्रतत्त्र हिड्थे । सरसफाई उनको थिएन वरु खरानी खरानी भएर हिड्थ्य । त्यस्ता महादेवसंग छोरी प्रेममा परेका कुरा थाहा पाएपछि तत्कालै पार्वतीलाई विष्णुसंग विहे गरिदिने सुर हिमाल पवले गरे । यो कसुार उनका साथीहरुले थाह पाएपछि भाद्र शुक्ला तृतीयका दिन पार्वतीलार्य घरवाट छुटाएछन् (हरित–हरण आलिका) र पर जङगलमा लगेर राखे छन् अनि सवै कुरा पार्वतीलाई बताएछन् । त्यस पछि पार्वतीले एउा कठोर निर्णय लिन पुगिन । पानी समेत नपिएर कष्ट साध्य भोक हड्ताल गरेर ब्रत र उपासना बसेर बुवालाई मनाएरै छाड्ने अठोट गरिछन् । अन्त्यमा केही सीप नलागे पछि हिमाल पर्वत झुकेछन् । छोरी पार्वतीलाई महादेव संग विहे गरिदिएछन् र यता महादेवले पनि पार्वतीले शिवलिङगको स्थापना गरी पूजा आचना सहितको भक्ति प्रकट गरेको देखेर प्रभावित भई तथास्तु भनेछन् भन्ने सन्र्दभ उल्लेख छ । भनिन्छ त्यस दिन देखि पार्वतीले भाद्र शुक्ला तृतीय दिन सधैं आफ्ना पतिको सुस्वास्थ्य र्दिघायुका लागि उपासना गरिने चलन छ । त्यसैलेत आजसम्म पनि खास गरि भाद्र शुक्ला तुतीयका दिन हरेक अविवाहित महिलाहरुले राम्रो श्रीमान पाँउ भनेर यस दिन व्रत वस्नुपर्ने र विवाहित महिलाहरुले आफ्ना प्रतिको सुस्वास्थ्य र र्दिघायुको कामना सहित सकेसम्म पानी पनि नपिएर व्रत बसी पूजा अर्चना गर्ने गरिन्छ ।
हिन्दु महिलाको इतिहास
नेपाली समाजलाई फर्केर हेर्दा हिन्दु महिलाहरुको ठूलो चाड तीज परम्परागत पर्वसंगै रातो पहिरन यावत संगै मात्र सम्वन्धित नभएर महिलाको स्वतन्त्रताको इतिहाससंग जोडिएको छ । इतिहासलाई हेर्दा हाम्रो हिन्दु समान्तवादी पितृ सतात्मक समाजमा हाम्रा जिजु आमा, हजुर आमा, र आमहरु आफ्ना कुरा घरपरिवारमा जस्ताको तस्तै राख्न सक्दैनथे । मेसिन झै १८–२० घण्टा सम्म काम कजिनु पथ्यो । राम्रो लगाउन र मिठो खानलाई चाडवाड कुर्नु पथ्र्यो । कहिले चाडवाड आउला र माइति घर जाउला आरम गरौंला मिठो मसिनो खाँउला भनेर वार्षदिनमा आउने चाड तिजलाई कुरिन्थ्यो । पितृसत्ताको जालो यति बाख्लो थियो कि महिलाहरुले आफ्नो मनमा लागेको कुरा बोल्न पनि हुन्थिएन । जस्ले महिलालाई मौन रहन बाध्य बनाएको थियो । महिलाहरुको स्वतन्त्रता सार्वजनिक संसार त थिएन नै भएको परिवारमा पनि उनीहरुको हैसियत पुरुषको आदेश सुन्ने मात्र थियो । प्रतिक्रिया दिएन थिएन् । यही मौनताको इतिहासलाइ चिर्नको लागि तिज एउटा एतिहाँसिक पर्व बन्यो । जहाँ वर्ष दिनमा दाजु भाई, दिदि बहिनी, साथीसंगी भेट हुने गीत संगित मार्फत आफ्ना दुःख पिडाका कुरा सार्वजनिक रुपमा राख्ने(सुनाउने) र घरमा नभएनि खोजेर भएपनि मिठो मसिनो खाने, राम्रो लगाउने मात्र होइन महिलाले बोल्ने घर बाहिर चौतारी सम्म जम्मा भएर निर्धक्कसंग गाउने नाच्ने वर्ष भरी भोगेका दुख र पिडा बिसाउने मौनतालाई टोड्ने चाडको रुपमा पनि तिजालाई लिएको पाइन्छ ।
इतिहाँसलाई हेर्दा धर्मको नाममा होस वा सामन्ती पित्तृ सतात्मक सोचले समग्र महिलाहरुलाई नै अन्याय, दमन पिडाबाट लामो संघर्ष गर्दै गरको पाइन्छ । हाम्रो हिन्दु सामन्ती सोचले ग्रसित नेपाली समाजमा एक्काइसै शताब्दीको यो वैज्ञानिक युगमा पनि समाज भने १६ औं शताब्दीको जस्तो लौङगिक विभेद र सामाजिक विभेद विरुद्धका घट्नाहरु यत्रतत्र देख्न सकिन्छ । श्रम चल्ने, सिप चल्ने, रगत चल्ने तर उसले छोएको पानी नचल्ने छुवाछुत जस्ता घृणीत प्रथा हाम्रा समाजमा अझै जिवीत छ । समाजको चेतना स्तर अझै पनि उठ्न सकेको छैन । हाम्रो मन मस्तीसकमा डेरा जमाएर बसेको जाती वादी सोच सामान्य महिलामा मात्रै नभएर यो समाजका अगुवा महिला शिक्षित महिला, राजनितिका गर्ने हुँ भन्ने महिला पनि बसेको पाइन्छ । मनु स्मृति नामक हाम्रो धाम्रिक ग्रन्थले खिचिदिको त्यो जातीय विभेदको रेखा अझै पनि जिवीत छ ।
धर्मको नाम दलित महिलामाथि विभेद
तिज पछि पन्चमी वर्त र पुजा आर्चना गर्न प्रचलन रहँदै आएको छ । किशोरी अवस्थामा हुने महिना वारी भएको वेला महिलाहरु अशुद हुन्छन् । दाइ भाई संग छोइछिटो हुन्छ । छोरीले पाप गरेका हुन्छन् । त्यही पाप कटैटी गर्न पहिलो महिनावारी भएको वर्षको तिज पञ्चमीमा वर्त बसी पञ्जमीको दिन बिहानै घर नजिकैको खोला कुवामा गई ३६५ वटा दटिवनका दाँत चपाएर ३६५ पटकनै महिलाहरुको गुप्ताअंग सफा गरीनै टोलका दिदीबहिनै एउटा घरमा जम्मा भई रातो पहिरनमा ब्रहमण बोलाई पूजा गरीन्छ । यही हिन्दु सामान्ती संस्कारले गाजीएको समाजमा दलित महिलाले पञ्चमी गर्न हुँदैन वर्त बस्न हुँदैन मन्दिरमा गई पूजागर्न हुँदैन भन्ने मुल्य मान्यता चलि आएकोले दलित महिलाले कहिल्यै तिजको वर्त वस्ने र पञ्चमी गर्न पाएनन् । किनकी दलितको घरमा आएर ब्राहमणले पूजा नर्गदिने, गैर दलित महिलाहरुले समावेश नगरेको अवस्था थियो । यसरी दलित महिला माथि तिज पर्वमा हिन्दु सामान्तवादी संस्कृत संग जोडिएर अपमान गरीदै आएकोमा क्रान्तीकारी चेत विचार हावी हुन थाले पछि दलित महिलाहरुले यस्ता पराम्परा तोदिदिए । जव यो संस्कृति गलत हो भन्ने कुरा बुझ्यै तव यसलाई हामीले खारेज गरीदियौं । दलित महिलाहरु पनि वर्त बस्ने थाले । आजको दिन सम्म आईपुग्दा दलित महिलाहरुले अरुमहिलाले जस्तै तिजको वर्त वस्दै आएका छन् ।
नेपाली समाजमा सामान्तवादी सोच, चिन्तन र संस्कृती द्धारा अभ्यस्त भएको समाज हुनाले रुढिवाद द्धारा ग्रस्ति छ । हिन्दु महिलाको विषेश चाडको रुपमा स्थापित भएको तिज पर्वलाई बुज्ने सन्दर्भमा यो पर्व मनाउँदै गर्दो हामी नेपाली सचेत महिलाहरुले समाजमा स्थापित भएका तर गलत रेहेका मुल्य मान्यतालाई विस्थापित गर्नु पर्दछ । नेपाली समाजको सवैभन्दा पिधमा पारीएका र र्वगीय, जातीय र लिङगीय हिसावले तेहेरो उत्पिडनमा पारीएका दलित महिलाको मुक्तिको बारेमा छलफल बहस र रुपान्त्रण अभियानलाई केन्द्रित गर्नु पर्दछ ।
समाज रुपान्तरणमा जहिले पनि सचेत तप्काले पहल कदमीको महत्वपूर्ण भूमिका हुने गर्दछ । हाम्रा समाजमा मनोवादी चिन्तन हावी हुँदै आएको हुनाले गैर दलित महिलाहरुले पनि दलित महिलाहरुलाई हेप्ने, अपमान गर्न छुवाछुत जस्ता विभेदहरु गर्दै आएका छन् । तसर्थ दलित महिला माथि हुने सवै खाले उत्पडन र ज्यादतिका विरुद्ध समाजका सचेत तपका र मुख्यत अगुवा महिलाहरुले विषेश भूमिका खेल्नु पर्दछ । दलित महिला पनि अपसर र बातावरण पाए पछि सामाजिक जिवनमा सवै क्षेत्रमा विकास गर्दछन् भन्ने कुराको हेक्का राख्न जरुरी छ । जव दलित महिलाको शैक्षिक, राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा विकास भयो भने वल्ल समग्र महिलाको विकासको हुनेछ ।