कमजोर गणतन्त्र कि मनोबल ?

कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो रङगाउन सकिन । यो गीतमा भाग्यका ठाउँमा गणतन्त्र राख्यो भने र सिउँदोको ठाउँमा आँसु राख्यो नेपाली जनताले भोगेको स्थिती देखिन्छ । चाहेर पनि नचाहेर पनि काँग्रेस गणतन्त्रमा गयो । काँग्रेसमा गगन थापा र निलम्बर आचार्यहरूले गणतन्त्रका लागि आवाज उठाए पनि आखिर गणतन्त्र आउनुमा काँग्रेसमा गिरिजाको पदलुप्तकै कारण हो भने कम्युनिष्टमा माओबादीको हिँसाको अन्त्यका लागी एउटा ल्याण्डिङ स्पेस थियो । गणतन्त्र ल्याउका लागि लडेका भनेका माओबादी छापामार सेनामा समायोजन भएभने अयोग्य छापामार अझै आफ्नो भनाई फाटफुट राख्दै आएका छन्भने युद्धमा लडेर आफ्नो र अरू गरीबका आँखाको आँसु पुछ्न लागेका ति भयले हेलिएका र केही नभएर हेलिएका आज आफ्नै न आँसु पुछ्न सकेका छन् न त आफ्नै शरीरका गोली निकाल्न सकेका छन् । यो माथिको प्रसंग जोड्नुको कारण गणतन्त्र ल्याउनका लागि भनि लागेकाहरूको कहानी हुँदा पनि आएको गणतन्त्र किन यति कमजोर छ ? वा कमजोर सोचिएको छ वा कमजोर बनाईएको छ वा आफ्नै मनोबल कमजोर छ जसका कारण दोष अरूमा देखाईएको छ । यि प्रश्नको उत्तर ति मान्छेहरू सँग न सोध जसले खाद्यका कुहेका चामल लाईन लागेर हरेक बर्ष बुझ्छन् । जिल्लामा उनका लागि पोषणका लागी गएको रकम फ्रीज हुन्छ तर कुपोषणबाट मर्छन् । यि प्रश्नको उत्तर तिन्ले दिनुपर्छ जसलाई हिजो बाँटा र बख्खु चप्पलमा देखेको आज बिदेशी बुट र टाईमा भेटिन्छन् । तिनले उत्तर दिउन जो गाउँगाउँमा पुगेर सिल्टेका थालमा तिमी हामी एउटै हो भनेर खोले खाए तर आज एकाएक मार्सी चामलको चौरासी व्यन्जनमा डुबेका छन् ।
गणतन्त्र कमजोर साँच्चै छ भन्नेहरूको तर्क पनि बेठीक छैन । गणतन्त्र काँग्रेसले सात सालमा कल्पना गरेको थियो भनेका आधारमा बोलियो हो भनेर भन्ने हो भने स्कटल्याण्ड छुट्टिन खोजेको हेर्दा बलियो हुनुपर्ने तर छुट्टिन जनताले मानेनन् । त्यस्तै ईयूबाट छुट्टिन खोजेको बेलायत छुट्टिए हुन्छ भनेर जनताले म्यान्डेट दिएर पनि आज दुई प्रमलाई बीचैमा हिड्ने गराएर अहिले बोरिस जोनसन आएका छन् । यहाँबाट हेरौ देशको महत्वपुर्ण सवाल, जसमा धेरैको राय लिनुपर्छ र त्यसको कार्यान्वयन गर्न कति चलाख र कति गम्भीर हुनुपर्छ यही उदाहरण हेरे पुग्छ । के नेपालमा गणतन्त्रको लागि समग्र जनताको मत बुझिएको थियो ? गणतन्त्र बाहेक अन्य मुद्धा जुन गणतन्त्रको फल भनिरहेका छौं त्यसले प्रतिफल दिएको छ ? कसको आशा जगाएको छ ? कतिका आँखाका आँसु पुछेको छ ? देशमा कुनै घटना घट्यो चाहे त्यो आपराधिक होस् वा अन्य कुनै त्यसको बारेमा तात्कालिन प्रतिकृया दिईहाल्ने चलन छ जसमा भनिन्छ यो गणतन्त्र कमजोर बनाउने खेल हुँदैछ । निर्मला हत्याकाण्ड भयो गृहमन्त्रीले शुरुमै भने यस्ता घटना भईरहन्छ र यि सामान्य हुन । अलि पछि भने यो व्यवस्था र सरकार ढाल्ने षडयन्त्र हो । व्यवस्था भनेको गणतन्त्र जुन ढाल्न यस्ता घटना घटाईन्छ भन्नु कत्तिको तर्कसंगत होला । पुर्व राजा ज्ञानेन्द्र जनताको अभिमत ठूलो रहेछ भन्ने जब बुझे अनि उनी चुप लागेर बसे । उनको शासनकालमा गलत रिपोटिङले गर्दा राजाले गद्धी त्याग गर्नु पर्यो । लाखौं सडकमा आएका बेला तात्कालिन गृहमन्त्रीहरू यो केही सिमित झुण्डको विरोध हो भनेर सुनाए जसको परिणाम आज जुन अवस्थामा छन् । राजा जब हटे उनी देशमै बसे । देशमै सुरक्षित रहन सक्छु भन्ने बुझे । उनी कुनै देश गएर बस्न खोजेनन् कारण उनले गद्धी गए पनि देश त्याग्न खोजेनन् ।
अहिले राजा कतै घुम्न निस्के भने राजनैतिक दलका अधिकांश नेताहरू लौ गणतन्त्र मास्ने खेल भयो भनेका हुन्छन् । जब राजगद्धीबाट हटेपछि उनी पुर्व राजा भए र एक हिसाबले जनता सरह भए । सेवा र सुविधाका हैसियतले जनता सरह भन्न त पक्कै नमिल्ला तर उनको पहुँच भने खुम्चियो । अतः नागरिकका हैसियतले उनी हिड्न डुल्न पाउँछन् त्यो गर्दा गणतन्त्रमा खतरा कसरी भयो ? केही दिन अगी पहिलो पटक हुनुपर्छ कि यसरी सर्वदलिय बैठक बसेर गणतन्त्र माथी खतरा छ भन्ने निष्कर्ष निकालिएको । राजा केही दिनअघि भारतको भ्रमण गरे त्यसपछि केही मठमन्दिर पुगे । त्यस परिस्थितिको विश्लेषण गरेरै होला कि संधै आफ्नो मुख बिपरित तिर फर्काएर बस्ने दलहरूले एकमुखले भने गणतन्त्र माथी षडयन्त्र हुँदैछ । केही दिनअघि प्रचण्डले पुर्वराजाले यस्तै चलखेल (देश बिदेश भ्रमण) गरे उनलाई नागार्जुनबाट समेत निकालिने भनेर भाषण गर्दै थिए । नेपाली राजनीतिमा सबै भन्दा धेरै गणतन्त्रमा र आफ्नो जीवनमा खतरा र षडयन्त्र देख्ने प्रचण्ड नै छन् र बेलाबेलामा उनले भनिराखेका हुन्छन् । गत केही महिना पहिला सरकारले ल्याएको गुठी विद्येयकको विरुद्ध ठूलो रुपमा जनता सडकमा आए त्यो बेला पनि गणतन्त्र मास्न लागे भनियो । तर गुठी विद्येयकलाई सम्बन्धित पक्षसँग अलिबढी छलफल गरेर ल्याउनु पर्नेमा त्यो गरिएन बरु उल्टै यो सामान्ति प्रथा हो भनियो । यस्तै घटनामा पनि गणतनत्रको जग हल्लेको देखिन्छ ।
एक साता अघि संचारमन्त्री एवं सरकारका प्रवक्ता गोगुल बाँस्कोटाले रबी लामिछानेको मुद्धासँग जोडेर भन्दै थिए । नेपाली युटुबर र अनलाईनवालाहरूले गणतन्त्र खतरामा पार्दैछन भनेर । यो भन्दा हल्का टिप्पणी कुनै नहोला । फेसबुक, टुईटर जस्ता यिनीहरूलाई पनि कर लगाउनु पर्छ नत्र लाखौं कमाए भन्दा जाँदा उनले गणतन्त्र जोडिहाले । यि केही प्रतिनिधि घटनाहरू हुन । यस बाहेक लगभग हरेक दिन गणतन्त्र मास्ने खेल धेरैले देख्छन् । हिजै मात्र बाबुराम भट्टराई भन्दै थिए । राजा र गाई बोकेर हिड्नेहरूले सुर्खेतका गाईहरू मारे भनेर । कमल थापा र भट्टराईको जुहारी अलि बढ्दै गए गाई भीरबाट फालेर सरकार र व्यवस्थामा खतरा आई लाग्यो भनेर कसैले नभन्ला भन्न सकिँदैन । गणतन्त्र कमजोर जगमा रहेको छ । तर यसलाई दरो गरी उभाएर राख्न पाटीहरूमा कमजोर मनोबल समेत छ । अहिले काँग्रेसले खास गरी पटक पटक गगन थापाले केपी ओलीलाई गणतन्त्रप्रति प्रम गम्भीर नभएको भन्ने गर्छन् भने पाटी एकता पुर्व माओबादीको लेखाई र बोलाई केपी ओलीले बलयगाडा चडेर अमेरिका पुगिन्न भन्यो र माधव नेपालले पैसा चढाएर राजालाई ढोग्यो यिनै कुराको वरिपरी एमालेलाई खुईलाईन्थ्यो ।
राजाले प्रत्यक्ष शासन गरेका कारण प्रजातन्त्र धरापमा पर्यो भनेर गरिएको आन्दोलनको बीचमा गणतन्त्र नारा पनि घुस्यो । पछि यहि मुद्धा सशक्त रुपमा माओबादीले उठायो । पछि माओबादीसँग घिसारिँदै सबै गणतन्त्रबादी बने । कुनै बेला गणतन्त्रको कुरा उठाएको भनेर काँग्रेस गणतन्त्रको जस लिन्छ, माओबादी मुल मुद्धा नै भनेर हिडेको हुँदा उसले जस लिने नै भयो तर अहिले गणतन्त्रले दिएको विकृतिका बारे सबै जसवालाहरू मौन र सबैले खतरा मात्रै देख्छन् । गणतन्त्रबारे न जनमतै बुझे न त जनमत संग्रह नै गरे । जसका कारण कमजोर धरातलमा अडिएको गणतन्त्रमा कसैले चर्को बोले पनि, हिडे पनि खतरा मात्रै देखिनु गणतन्त्रका लागी लडेको भनिएकाहरूको आत्मबल कमजोरै भएको हुनुपर्छ । आज देशले कोल्टे फेर्यो, गणतन्त्रात्मक भयो । एउटा गरीबको छोरा राष्ट्रपति हुने व्यवस्था आए पनि हिजो राजा हुँदा जति युवा विदेशीयका थिए त्यो भन्दा कम भएको छैन बरू बढेकै छ । जबसम्म व्यवस्थाले जनताको अवस्था परिवर्तन गर्दै तबसम्म जुन व्यवस्था आए पनि हुनेवाला केही छैन ।