रवि जी’को यति धेरै विरोध किन ?

नेपाली समाज बहकियो भन्ने जुन आरोप प्रत्यारोपमा बहस चलिरहेको छ यो बहकिएको होइन बरु राज्य, राज्यका संयन्त्र राजनीतिक दल, जनप्रतिनीधि तथा नेताहरु प्रतिको आकर्षण घटेको पक्कै हो अविश्वास बढेको हो । यि निकाय र संयन्त्रले राम्रोसंग काम गर्न नसकेका हुन् तर असफल भएका होइनन् । आम मानिस र नागरिकमा जति आशा बाँडेर चुनावमा हिडे दल र संयन्त्रले अपेक्षा पुरा गर्न सकेनन् यो गम्भीर समिक्षाको विषय हो । धेरै आशा बाँडियो उक्त अपेक्षा पुरा भएन, आफु र आफ्नो निकायले अपेक्षा पुरा गर्नतर्फ केन्द्रित हुने बेला समाज, जनता बहकियो भनेर वा रबि लामिछानेको रिहाइको निम्ति जनता सडकमा आए वा केही राजावादी नामका व्यक्तिले गणतन्त्र विरोधी नारा लगाए भन्दैमा समग्र न्यायको पक्षमा रहेका र रबिको राम्रो कामको समर्थन गर्नेहरुलाई बेठिक देख्नु विश्लेषकको ठुलो कमजोरी हो । आम मानिसले राज्यका निकायमा भनेअनुसार काम नपाउँदा र काम पारदर्शी नहुँदा भ्रष्टाचार मौलाउँदा अनि धेरै घटनामा सम्बन्धित निकायले विश्वास जित्न नसक्दा र रबि लामिछानेको कार्यक्रमले केही मानिसलाई ठुलो राहतको महसुस गराउँदा जनताले निर्दोष मानिसलाई फसाउन लाग्यो संयन्त्रले भनेर अविश्वास गर्नु र सडकमा आउनु बेठिक थिएन होइन, समाज बहकिएको हुदै होइन । सम्बन्धित शासकिय पात्रहरुले आफ्नो र आफ्ना संयन्त्रको काम बारेमा गम्भीर समिक्षा गर्नु आवस्यक छ ।
रबि व्यक्ति हुन् संस्था होइनन् कुनै पनि व्यक्ति रबिसंग डराउनु र यतिबिधी एकपछि अर्को श्रृखला उनको बिरुद्व लाग्नुको अर्थ के ? यि यावत सबालमा श्रृखला मच्चाउनेले सत्यतथ्य बाहिर ल्याउन आबस्यक छ । अनि कुनै दल वा नेता रबिसंग डराउनु पर्ने वा उसको राम्रो कामको समर्थन गर्न नसक्नुका पछाडि के छ ? के हामी राम्रोको समर्थन गर्न सक्दैनौ र ? जनता तथा नागरिक बहकिएर होइन राज्य, राज्यका संयन्त्र संगको अविश्वासले जनता सडकमा आए जुन स्वभाबिक थियो र छ । विदेशमा बेचिएको चेलिको उद्दार, अनियमितताको भण्डाफोर, देशमा नै भएका गलत कामको उजागर, भ्रष्टाचारको विरुद्व पर्दाफास, आम नागरिकको चासोको विषयको उठान, अनि राज्यका संयन्त्रप्रति विगतका कार्यले नित्याएको अविश्वासका कारण जनता सडकमा आए, न्याय मर्छ कि भन्ने अविश्वासले सडकमा आए बहकिएर होइन । व्यवस्थाविरुद्व पनि होइन, राजतन्त्रको वकालत गरेर पनि होइन । प्रश्न उठ्छ गणतन्त्र विरोधीहरुले व्यवस्था विरोधी नारा लगाए किन ? नेताहरुप्रति तथानाम गालीगलौज गरियो किन ? यसका कारण हुन हाम्रा दल र संगठन किनभने न्याय दिलाउछौ भन्ने पुर्णविश्वास दिलाउन नसक्नु, न्यायको पक्षमा उभिने कार्यकर्तालाइ वैरी जस्तो व्यबहार गर्नु, न्यायको आन्दोलनमा नेतृत्व लिन खोज्ने कार्यकर्ताहरुलाई विज्ञप्ती निकालेरै नजान आग्रह गर्नु, (जसका कारण अन्यले ठाउँ पाए र व्यवस्था विरोधीहरुले धमिलो पानीमा माछा मार्न लागे), जनतालाई भेडा सम्झनु (यसको मुल्य राम्रै चुकाए दलले), राज्य संयन्त्रले छानविन कार्यमा विश्वासनिय ढंगबाट गर्न नसक्नु, विदेशमा रहेका आम युवाहरुको रवि प्रतिको बुझाइमा निस्वार्थ भाव तथा राज्य संयन्त्रप्रति आक्रोस (आफुले भित्राएको रेमिट्यान्सको सदुपयोग भएन राज्यमा भ्रष्टहरुको बोलवाला भयो राज्य बनाउन सकेनन भन्ने धारणा जुन सत्य छ भ्रष्टाचार मौलाएकै छ ।)
आखिर जे भए पनि जे भने तापनि बनाउने हामीले नै हो । हाम्रै पालामा हो । यहि व्यवस्थामा हो । यो व्यवस्थाको विकल्प छ भने त्यो बैकल्पिक व्यवस्था यहि व्यवस्था हो अर्को कुनै व्यवस्था हुन सक्दैन । तर यो संयन्त्र र यो प्रणाली पुनर्संरचित गर्नु आवस्यक छ । वर्तमानमा यी दलको वैकल्पिक दल भनेका यिनै दल भित्रका असल मानिसको नेतृत्व हो । तपाइ हाम्रै नेतृत्व हो । आकाश वा पातालबाट अनउदैनन् । सम्भव छैन । तत्काल अर्को शक्तिको उदयको संभावना नभएको भने होइन तर जनसमर्थन र टिकाउमा कुनै संभावना छैन । कतिपयले रबि जिको राजनीतिक यात्रालाई बढाइचढाई गरे त्यो सान्दर्भिक छैन । रवि जिको कुनै वाद छैन उहाँमा मेरो विश्वास (इमान्दारिता छ । यो भनिरहँदा रबि जि कामधेनु गाइको दुधले नुहाएको शुद्व हुनुहुन्छ भन्ने होइन । कुनै ठाउँ कुनै कुरामा जान वा अन्जानमा बेठिक कुराहरु हुन सक्छन् हरेक चिजमा राम्रा नराम्रा थुप्रै कुरा हुन्छन् । कुनै पनि व्यक्तिसंग राम्रो मात्रै पनि हुँदैन भने नराम्रो मात्रै पनि हुँदैन । चेतना होस कुन चिज वा मानिस होला यो ब्रम्हाण्डमा सबै राम्रो मात्रै भएको ? रबि जि संगका कुरामा पनि केही मानिस यति बिरोधी हुनुहुन्छ नि किन ? रबि जि को केहि व्यक्तिगत पाटाहरु खोतलेर मात्र खोइरो खन्नेहरु ज्ञान रहोस् आफ्नो अनुहार उनको भन्दा कुरुप छ पुराना नयाँ नराम्रा मात्र कुरा खोतल्ने हो भने खैर ठिकै छ ति तपसिलका कुरा भए तर रबि यो नेपाली पत्रकारिता भित्रको इन्भेष्टिकेटर पत्रकारिता भित्रका आम मानिसले रुचाएका हाम्रो पुस्ताका लोकप्रिय कार्यक्रम प्रस्तोता हुनुहुन्छ । यसमा कसैले दुख मनाउ गर्नपर्ने जरुरी छैन । अनि रबि जिलाई नेकपा वा कांग्रेसले कसैले गलत हेर्नु पनि जरुरी छैन । रबिले नराम्रा करतुत बाहिर ल्याइदिँदा वा भ्रष्टाचार व्यतिथीहरुको भण्डाफोर पर्दा चिन्ता मान्ने वा उनको पत्रकारिता र व्यक्तिगत व्यक्तित्व सखाप पार्न लाग्ने होइन हाम्रो आफ्नो कमजोरी सच्याउने हो । भ्रष्टाचार बेतिथी अविश्वासलाई त सुसंगत र सुसंस्कृत सभ्य व्यवस्थित संयन्त्र र आफ्नो जीवनशैली परिवर्तन गर्ने र रबि जि जस्ता इन्भेष्टिगेटर पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने हो । राज्यलाई चुस्तदुरुस्त पारदर्शी जवाफदेही बनाउने हो ।
रविको पक्ष र विपक्ष मात्र नभई न्याय र सुशासनको निम्ति सडकमा आएका जनतालाई भेडा भन्ने घ्वासहरुले चिन्ता अरुको भन्दा आफ्नो लिनु नै श्रेयकर देखिन्छ । यो राज्य कसैको पेवा पनि होइन त्यसैले बनाउने जिम्मेवारी पनि हाम्रै हो । दलका कोही कार्यकर्ता रविसंग डराउनु पर्ने कारण छैन छ भने एउटै कारण हो आफु भ्रष्ट हुनु । नभए रबिसंग डराउनुपर्ने केही छैन । रवि व्यक्ति हुन संस्था होइनन् । संस्था त राज्य हो राज्य सन्चालक हो । हामी हाउगुजीमा मात्र हिडिरहेका छौ तथ्यमा छैनौ जसलाई सिरोधार्य गर्नपर्छ सन्चालकले । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो नै भन्न पाउनुपर्छ कार्यकर्ताले । जिवनमा लिनुभन्दा गुमाउनु धेरै भएका कार्यकर्तालाई यति पनि छुट हुँदैन भने पार्टी र संगठन के–का लागि गहिरो प्रश्न नेतृत्वतिर सोझिने छ ।