डेंगुको आयुर्वेदिय उपचार र रोकथाम

   शहरका विभिन्न ठाउँमा र विभिन्न अस्पतालमा समेत डेंगु भाइरसको कारण ज्वरो आइ मानिस मरेको खवले मानव समाज डराएको छ, आत्तिएको छ र तनावग्रस्त छ । कहिले स्वाइनफलु, कहिले चिकनगुनिया, कहिले डेंगु आदि नाम र उपनामले मानव स्वास्थयमा असर पार्दै आएका कुरा यत्रतत्र, सर्वत्र भइरहँदा मानव क्षमता समेत कमजोर हुँदैछ । वनको बाघले खाओस नखाओस मनको बाघले खाएजस्तै भएको छ । स्वास्थ्यमा सामान्य गडवडी हुँदै जाँदा पनि डेंगुले नै सतायो भनेर हल्ला फैलने पनि भयो जसले गर्दा मानव समाज आत्तिएको छ ।
   जव जव मानव समाजमा रोग व्याधिले सताउँछ हैरानै पार्छ तव तव मानव स्वास्थ्य संरक्षण गर्न म अवतरित हुनेछु भन्ने महानवाणी आयुर्वेदका प्रवर्तक भगवान धनवन्तरिको हो । हामी आयुर्वेद स्वास्थ्यकर्मी उनै महान चिकित्सक धनवनतरीका उत्तराधिकारी हौं । त्यसकारण डेंगु रोगलाई निस्तेज पार्न, मानव स्वास्थ्य संरक्षण गर्न आयुर्वेदका उपदेश र उपायहरु यहाँहरु समक्ष राख्न उपयुक्त ठानें ।
के हो त डेंगु ?

     Dangue एक प्रकारको Virus हो । यो एडिस एजिप्टाई (Ades Aegypti) जातको पोथी लामखुट्टेको टोकाईवाट मानिसमा सर्छ । Dengue Viru मानव शरिरमा प्रवेश गरेपछि अचानक उच्चज्वरो आउँछ । सम्पूर्ण शरीर, जोर्नी र मांशपेशी सहनै नसक्ने गरि दुख्छ । आँखा र कन्चट धेरै दुख्छ । शरीरमा स–साना विविरा आँउछ र शरीर चिलाउँछ । आँखा र घाँटी रातो हुन्छ ।
वान्ता आउँछ, रिंगटा लाग्छ, छटपटी हुन्छ । निद्रा र भोक हराउँछ । ल्याव परिक्षण गर्दा एन्टीजेन पोजेटिभ देखिन्छ । प्रेटलेर चार लाख पचास हजार (४,५०००) हुनुपर्नेमा क्रमश घट्दै जान्छ । डेंगूलाई Break bone fever पनि भनिन्छ ।
भोक, निदा हराउँदै जाँदा र प्रेटलेर घट्दै जाँदा मानिस कमजोर हुन्छ, उसको प्रतिरोधात्मक शक्ति घट्छ । बल्ड प्रेसर कम हुँदै जान्छ, नाडीको गतिमा कमी आउँछ । कलेजोका कार्यक्षमता घट्छ । परिणम स्वरुप मानिसको मृत्यु समेत हुन्छ ।
यसको उपचार कसरी तर्ने त ?
    मेडिकल साइन्स र एलोपैथिक चिकित्सा पद्दतीमा डेंगूको कुनै विशेष औषधी तथा खोप छैन । एण्टिवायोटिकले डेंगु निको हुँदैन ।
आयुर्वेद चिकित्सा पद्दती अनुसार डेंगुको उपचार तथा रोकथाम
– उच्च ज्वरोलाई महासुदर्शन चूर्ण १/१ चम्चा दिनको २ पटक उमालेर मनतातो भएको पानी संग खान दिने ।
– चन्द्र प्रभावरी २ गोली पुर्नजवादि मण्इर २ गोली विहान र बेलुका खाना पछि घिउकुमारीको स्वरस सँग खान दिने ।
– गिलयो सत्व ५०० मि.ग्राम मेवाका पातको स्वरस सँग दिनमा २ पटक खान दिने ।
– अनार १ दाना दिन भरीमा खान दिने ।
– काँचो नरिवलको पानी १/१ गिलास दिनमा ३ पटक खान दिने ।
– सावुदाना, किसमिस, दूध, मुगीको दाल खान दिने ।
– गुर्जो, अदुवा र कागतीको चिया वनाएर खान दिने ।
– उमालेर मनतातो भएको पानी प्रसस्त खान दिने ।
– लामो बाहुला भएको कपडा लगाउने ।
– सुत्दा झुलको प्रयोग गर्ने ।
– पानी जम्ने खाडलहरु पुर्ने, पुराना टायरहरु हटाउने, लामखुट्टे वाट जोगिने ।
– भीडभाडमा सकभर नजाने ।
– नरम विस्तारामा आराम गर्न लगाउने ।
   उपरोक्त उपाय अवलम्वन गर्नाले विरामी ३ दिन देखी ७ दिन भित्र ठिक हुन्छ । रोग लाग्यो भन्दैमा आत्तिनु हुदैन । आयुर्वेदमा मानिसको स्वास्थ्य संरक्षण गर्ने प्रकृतिका स्रोतहरु प्रशस्त पाइन्छन् । आयुर्वेद चिकित्सा पद्धतिले स्वस्थ्य मानिसको स्वास्थ्य रक्षा र रोगी मानिसको रोग निस्तेज पार्छ ।
   गुर्जो र मेवाको पातको स्वरसले पेल्टलेट मात्रा बढाउँछ । घ्यूकुमारी र अनारले उल्टी रोक्छ । महासुदर्शन चुर्णले असामान्य रुपमा बढेको ज्वरो घटाँउछ । जीरापानी, कागतीपानी र अदुवाले नाडीको गतिलाई नियमित राख्छ । मेवाको पातको र सेल पेल्टलेट मात्र होइन कलेजाको कार्यक्षमता पनि बढाँउछ । दुध, सावुदाना, किसमिसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । काँचो नरिवलेको पानीले शरीर चिलाउन, रिंगटा लाग्न र छटपटी हुनबाट जोगाउँछ । चन्द्र प्रभावटी र पूर्ननवादि मण्डूरले जोर्नी, माशपेशी तथा सम्पूर्ण शरीर दुखेको ठिक गर्छ । यसरी डेंगुवाट संक्रमित विरामी ३ दिन देखी ७ दिन भित्र निर्विवाद निको हुन्छ । आयुर्वेद चिकित्सा पद्दतीले स्वाइनफूलु, मलेरिया, चिकन गुनिया, डेंगु मात्र होइन तमाम रोगहरु निको पार्ने क्षमता राख्छ ।
(लेखक स्वास्थय रक्षाको लागि कृयाशिल आयुर्वेद समाज बागलुङको अध्यक्ष हुनु हुन्छ ।)